शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

शिक्षा

शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि परीक्षा सञ्चालन गर्ने तयारीमा

शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि परीक्षा सञ्चालन गर्ने तयारीमा

शिक्षा, समाचार
 शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ। छ/छ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन। सोही कारण शिक्षण अनुमति अध्यापनपत्र लिएर बसेका सात लाख १७ हजार एक सय पाँच नयाँ जनशक्ति प्राथमिक तहदेखि माध्यमिक तहसम्म विद्यालय शिक्षण प्रवेश गर्नबाट रोकिएका छन्। आयोगका पदाधिकारी नियुक्ति भएसँगै आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको प्रमुख दायित्व नयाँ शिक्षक स्थायी दरबन्दीमा विज्ञापन खुलाउनु रहेको छ। अध्यक्ष रेग्मीले आयोग एक वर्षयता पदाधिकारीविहीन अवस्थामा रहेकाले थुप्रै पुराना काम बाँकी रहेको कारण समग्र विद्यालय शिक्षालाई नै नकारात्मक असर परिरहेको बताउँछन्। शिक्षण अध्यापन अनुमतिपत्र लिएका थुप्रै जनशक्ति विद्यालयबाहिर छन् भने अर्कोतर्फ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार प्राथमिकदेखि माध्यम...
एसईई को परीक्षाफल प्रकाशन ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४

एसईई को परीक्षाफल प्रकाशन ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४

शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरुले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएका पाइएको छ । यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४ छ । गत वर्ष ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा विद्यालयहरुले ९ हजार ३१९ जनाले ४ जीपीए ल्याएका थिए । जबकि बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा १ सय ६ र २०७४ मा ७४ जनाले मात्रै ४ जीस्पीए पाएका थिए । विद्यालययले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन सकेन । बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित एसईईको विद्यार्थी मूल्याकंन नतिजा प्रकाशन तथा प्रमणीकरण कार्यविधि २०७८ जारी गरेको थियो । ...
हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थाले

हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थाले

शिक्षा, समाचार
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन्। ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन्। बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन्। गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिए। “हामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ”, उनले भने। कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको उनको भनाइ थियो। लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णयानुसार अगाडि बढाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए। ...
त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि शुरु

त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि शुरु

शिक्षा, समाचार
त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि शुरु भएका छन् । कोरोना महामारीका कारण स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो। कोरोनाका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएका कारण प्रवेशपत्र र विषय नमिले पनि समन्वय गरी परीक्षा दिन मिल्ने गरी व्यवस्था मिलाईएको त्रिविले जनाएको छ । ...
सरकारले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने

सरकारले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने

शिक्षा, समाचार
सरकारले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने भएको छ। साउन मसान्तदेखि सुरु हुने परीक्षा सुरक्षका मापदण्ड पालना गर्दै भौतिक रुपमै सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। विद्यार्थीको भौतिक उपस्थितीमा परीक्षा संचालन हुने र विगतको जस्तै १०० पूर्णाङ्कको लिखित परीक्षा लिइने बोर्डले जनाएको छ । कोरोना संक्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो। ...
कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को  नतिजा साउन मसान्तमा

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन मसान्तमा

शिक्षा, समाचार
कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिनुभयो । यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण आउनुपर्ने उहाँको भनाइ छ । समन्वय एकाइलाई बोर्डले असार मसान्तसम्म विवरण पठाउन समयसीमा दिए पनि हालसम्म एउटा जिल्लाबाट मात्रै विवरण आएको र त्यो पनि अमिल्दो भएका कारण फर्काइएको जानकारी बोर्डले दिएको छ । समन्वय एकाइको तयारी हेर्दा केही ढिला हुनसक्ने आकलन गरिएको छ तर अब बोर्डले समन्वय एकाइलाई विद्...
सरकारले शिक्षकलाई खोप उपलब्ध नगराउँदासम्म कक्षाकोठामा भौतिक उपस्थितिसहित पठनपाठन गराउन नसकिने

सरकारले शिक्षकलाई खोप उपलब्ध नगराउँदासम्म कक्षाकोठामा भौतिक उपस्थितिसहित पठनपाठन गराउन नसकिने

शिक्षा, समाचार
सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्रीसमेत भए पनि खोप अभियानमा आफूलाई प्राथमिकतामा नराखेको शिक्षकको गुनासो छ । नेपालमा पहिलोपटक ८ माघ २०७७ मा भारत सरकारमार्फत १० लाख मात्रा कोभिसिल्ड खोप भित्रिएको थियो । खोप अभियान सुरु भएको १ सय ५८ दिन बितिसक्दा पनि शिक्षकलाई खोप लगाउन सरकारले कुनै ठोस जवाफ दिएको छैन ।’ १ असारबाट शैक्षिकसत्र सुरु भएको छ । सरकारले जारी गरेको निषेधाज्ञासमेत खुकुलो हुँदै गएको छ । तर, यो बेलामा शिक्षकलाई खोप लगाएको भए भौतिक उपस्थितिसहित पठनपाठन गराउने विक...
एसइईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दिय कारण खुलाउनुपर्ने

एसइईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दिय कारण खुलाउनुपर्ने

शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए। ‘गत वर्ष एसइई विद्यालयले मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको थियो,’ प्रवक्ता अर्यालले नागरिकसँग अनुभव सुनाए, ‘हामीले गुरुहरूमाथि विश्वास गरेर मूल्यांकन गर्न दियौँ। तर वहाँहरुले मर्यादा कायम गर्नुभएन,’ उनले थपे, ‘कहिले जिपिए चार नल्याउने पनि चार ल्याएका पनि उदाहरण पाइयो।’ परीक्षाको मर्याद...
भारत अध्ययनबारे सम्पूर्ण जनकारी स्टडि इन इन्डिया एक्सपोमा

भारत अध्ययनबारे सम्पूर्ण जनकारी स्टडि इन इन्डिया एक्सपोमा

शिक्षा, समाचार
काठमाडौं –भारत अध्ययन विशेष स्टडि ईन ईन्डिया भर्चुअल एक्सपोले विद्यार्थीलाई भारतमा हुने विभिन्न विषयको अध्ययनको विषयमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सम्पूर्ण जानकारी प्रदान गर्ने भएको छ । आयोजक संस्था अफेयर्स एक्जिविसन एण्ड मिडियाले एक्सपो विश्वका ४५ राष्ट्रका विद्यार्थीलाई भारतको शिक्षा प्रणाली, अध्यापन हुने विषय, विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति, भौतिक शैक्षिक वातावरणको विषयमा जनकारी दिने उद्देश्यले शुक्रवार देखी ५ दिन सम्म भर्चुअल रुपमा सञ्चालन भईरहेको आयोजकले जनाएको हो । एक्सपोमा ४० भन्दा बढि विश्वविद्यालय, २ सय भन्दा बढि विषय र सत प्रतिशत सम्म छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।यो एक्सपोले विद्यार्थीलाई भारतमा अध्ययनको विषयमा एउटा माइन्डसेट तयार गर्न सहयोग पुग्ने र विद्यार्थीले विश्वविद्यालयकै प्रतिनिधीबाट घरमै बसेर आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले यो एक्सप...
विश्वविद्यालयले स्नातक तह परीक्षाको नतिजा यसै साताभित्र प्रकाशन गर्ने

विश्वविद्यालयले स्नातक तह परीक्षाको नतिजा यसै साताभित्र प्रकाशन गर्ने

शिक्षा, समाचार
विश्वविद्यालयले स्नातक तह परीक्षाको बाँकी नतिजा पनि यसै साताभित्र प्रकाशन गर्ने जनाएको छ । स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजा प्रकाशित हुन बाँकी छ । अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन । त्रिविमा हाल स्नातक तहमा तीनवर्षे र चारवर्षे कार्यक्रम सञ्चालनमा छन् । शिक्षाध्यक्ष भुसालले नतिजा प्रकाशनका लागि काम भइरहेको जानकारी दिए । उत्तरपुस्तिका परीक्षण सकिएको र उपत्यका बाहिरबाट उत्तरपुस्तिका आउने क्रममा रहेको उनले जानकारी दिए । उत्तरपुस्तिका परीक्षणको काम सकिएकाले अब केही दिनमा नतिजा प्रकाशन गरिने उनको भनाइ छ । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा पाल टाँगेर भए पनि प्राध्यापकलाई काम पूरा गरिदिन आग्रह गरिएको छ । कोरोना भाइरस महामारीका कारण विश्वविद्यालयका प्राध्यापकहरू डराएकाले परीक्षण ...