लिंकन युनिभर्सिटी कलेजको दीक्षान्त समारोह
लिंकन युनिभर्सिटी कलेज, मलेसियाबाट सम्बन्धन लिएर नेपालभर संचालित ११ वटा शिक्षणसंस्थाहरु बाट स्नातक र स्नाकोत्तर तहमा उत्तिर्ण बिद्यार्थीहरुलाई दीक्षान्त समारोहमा उपाधि द्वारा दिक्षित गर्ने कार्यक्रम “दीक्षान्त समारोह २०२२” २०७८ चैत्र १९ गते गोदावरी सनराइज सम्मेलन केन्द्रमा सम्पन्न भएकोे छ । युनिभर्सिटिका उप कुलपति प्रा. डा. अमिया भौमिक सभापति रहेको यस कार्यक्रममा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि माननीय देवेन्द्र पौडेल प्रमुख अतिथि रुपमा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले नेपालको शिक्षा प्रणाली समयअनुसार सुधार गर्न निजि विश्वविधालय र कलेजहरुले उल्लेख्य भुभिका खेल्नुपर्ने र यसका निम्ति मन्त्रालयको सधैँ सहयोग रहने कुरा उल्लेख गर्नुभयो । विश्वविद्यालयको सम्बन्धनमा संचालित ११ वटा शिक्षणसंस्थाहरुको साझा संस्था लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक...








