काठमाडौं । नेपालको विकट मेलुंग गाउँपालिका – ७, कातिके, ओखलढुंगास्थित श्री जनकल्याण आधारभूत विद्यालयमा स्थानीय निकायका बीच  वडा अध्यक्ष  हेम बहादुर सुनुवार, विद्यालय संस्थापक अध्यक्ष नवाङ्ग छिरिङ्ग शेर्पा, प्रधानाध्यापक सुनिता माया तामाङ, शिक्षिका  रत्ना पहारी, शिक्षकहरु तथा स्थानीय जनताका बीच विद्यार्थीहरुका लागि न्याना कपडा, स्टेशनरी एबम खेलकुदका सामान, प्राथमिक स्वास्थ्य सामाग्री, फर्निचर, खाना तथा बन्दोबस्तीका सामानहरु एउटा भव्य कार्यक्रमका बीच किवानिज क्लब अन्तर्राष्टिय (K69) अन्तर्गत नेपालमा रहेका १३ वटा डिभिजन मध्य ३ नर्थ भित्र रहेका ६ वटा क्लब हरु, किवानीज़ क्लब अफ बागमती नेपाल, किवानिक क्लब अफ बुढानिलकण्ठ, किवानिज क्लब अफ हेरिटेज , किवानिज क्लब अफ काठमाडौँ महानगर नेपाल , किवानिज क्लब अफ काठमाडौँ सनसाइन, किवानिज क्लब अफ तारकेश्वर नेपाल, सहित क्लबहरुको संयुक्त सहयोगमा  वितरण गरेको छ ।

यस क्लबहरुले  यस अघि पनि यस्ता सहयोग गर्दै आइरहेको छ । बालबालिकाहरुको पठन–पाठनमा कुनै असर नगरोस् भनी विद्यार्थीको लागि चाहिने  शैक्षिक सामग्री,खाद्यान्न र लताकपडा  वितरण गर्दै आएको शिवराम फुयालले  बताउनुभयो । उनले भने आर्थिक अभाबकै कारण कुनै पनि विद्यार्थी पठन–पाठनबाट बञ्चित नहोस् भनि सहयोग गरेको बताए । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने बताउनुभयो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here