लम्जुङमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रीन सिटी हस्पिटलका २२ जना डाक्टर र आयोजक लायन्स क्लब अफ काठमाडौं बिहानी, लायन्स क्लब अफ काठमाडौं बुढानिलण्ठ ,लायन्स क्लब अफ लम्जुङ ग्लोबल सिटीसहित ४५ जनाको टिमले दुईदिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

सो शिविरमा करिव एक हजार दुईसय महिला, बालवालिका तथा बृद्ध बृद्धाहरूको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविर जनकल्याण माबिमा सम्पन्न भएको थियो ।