हरेक क्षेत्रमा राम्रो गर्ने र नराम्रो काम गर्ने दुवै थरिका संस्था हुन्छन। ठूला पनि हुन्छन्, साना पनि हुन्छन्। कतिपय शैक्षिक परामर्श पारिवारिक व्यापार जस्तै छन्, त्यस्तो कन्सल्टेन्सी काे संख्या कुल कन्सल्टेन्सी काे ७०% भन्दा बढी नैछ। यो व्यवसायमा आश्रित परिवार काे संख्या लाखौंमा छ भने परामर्श सेवा लिनेको सङ्ख्या पनि लाखौं मा छ। नराम्रो गर्नेलाई दण्डित गर्न नेपालको कानून ले वर्जित गरेको छैन।

यहाँ खुलेको असंख्य कम्पनी मध्ये कैयौ विदेशको कम्पनीको शाखाको रुपमा अनाधिकृत कम्पनीहरु छन्, फेन्चाइज कम्पनीहरु भनिएका तर नियमन पुर्याई खुलेका EdUtech कम्पनी दर्ता बिना झोलामा संचालित छन, यिनीहरूलाई नियन्त्रण र कानुनको अधीनमा ल्याइदेखि अधिकांश समस्याको समाधान हुने छ।तर सो कुरामा ध्यान नदिई नीति नियम अन्यत्र मोड्न खोज्नु जायज हैन। केही नराम्रो उद्धेश्य राखेर परामर्श व्यवसायमा प्रवेश गरेका परामर्शदातालाई देखाएर यदि सही काम गर्ने व्यवसायीलाई नै क्षति पुग्ने कार्य गर्न खोजेमा नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघ (NDECA)यसको विरुद्ध आन्दोलन गर्न तयार भएको जानकारी संघका अध्यक्ष दीपक गुरुङ ले हामीलाई जानकारी दिनुभयो।

व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरुको सहमति र सहकार्य बिना ल्याउने कुनैपनि नियम लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सौन्दर्य हुन सक्दैन। एक लोकतान्त्रिक सरकारले बेलैमा सोच्नु जरुरी छ। धरौटी समस्या निम्त्याउने अर्को हतियार मात्र हो। व्यवसायीहरुलाई कसरी नैतिक व्यवसायिक उत्तरदायित्वले सज्जित बनाउने, गलत गर्नेलाई के कस्तो दण्ड र सजायको व्यवस्था गर्ने विषयमा केन्द्रित भई असल काम गर्नेलाई पुरस्कृत गर्ने भन्ने तर्फ केन्द्रित भै भन्ने हरेक नीति नियममा साथ दिन सबै तत्पर हुने देखिन्छ। कालो कोठामा केहि व्यक्तिहरू बसेर लाद्न खोज्ने व्यवसायी विरोधी नीतिको विरुद्ध हदै सम्मको संघर्ष गर्न नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघलाई साथ दिन र सबै संघ संस्था एकजुट हुन पनि हामी आह्वान गर्दछौं भनेर दीपक गुरुङ ले भन्नु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here