लिंकन युनिभर्सिटी कलेज, मलेसियाबाट सम्बन्धन लिएर नेपालभर संचालित ११ वटा शिक्षणसंस्थाहरु बाट स्नातक र स्नाकोत्तर तहमा उत्तिर्ण बिद्यार्थीहरुलाई दीक्षान्त समारोहमा उपाधि द्वारा दिक्षित गर्ने कार्यक्रम “दीक्षान्त समारोह २०२२” २०७८ चैत्र १९ गते गोदावरी सनराइज सम्मेलन केन्द्रमा सम्पन्न भएकोे छ । युनिभर्सिटिका उप कुलपति प्रा. डा. अमिया भौमिक सभापति रहेको यस कार्यक्रममा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि माननीय देवेन्द्र पौडेल प्रमुख अतिथि रुपमा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले नेपालको शिक्षा प्रणाली समयअनुसार सुधार गर्न निजि विश्वविधालय र कलेजहरुले उल्लेख्य भुभिका खेल्नुपर्ने र यसका निम्ति मन्त्रालयको सधैँ सहयोग रहने कुरा उल्लेख गर्नुभयो । विश्वविद्यालयको सम्बन्धनमा संचालित ११ वटा शिक्षणसंस्थाहरुको साझा संस्था लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान) का अध्यक्ष श्री रेश्ता झा का अनुसार विश्वविद्यालयले हाल सम्म तीन वटा दीक्षान्त समारोह सम्पन्न गरी २००० बढी बिद्यार्थीहरुलाई उपाधि द्वारा दिक्षित गरी सकेको र यस बर्षको दीक्षान्त समारोह मार्फत १५०० बिद्यार्थीहरु उपाधि द्वारा दिक्षित भएको जानकारी गराउनु भयो ।
लिंकन युनिभर्सिटी कलेज, फाइभ स्टार रेटेड युनिभर्सिटी र टाइम्स हायर एजुकेशन द्वारा इम्प्याक्ट रेटिङ अन्तर्गत गुणस्तर शिक्षामा ३५ औं स्थानमा रहेको छ । लिंकन युनिभर्सिटी कलेज सन् २०१३ देखि नेपालमा विश्वस्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्ने प्रमुख विदेशी विश्वविद्यालयहरूमध्ये एक हो । हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन र सूचना प्रविधिमा स्नातक, स्नातकोत्तर र विध्यावारीधि तहका शैक्षिक पाठ्यक्रमहरू संचालन गराउँदै आएको छ ।