आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

(एसईई)परीक्षा यो वर्ष पनि आन्तरिक मूल्याङ्कनबाट हुने

यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गतवर्ष झैँ यसपटक पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने छ ।

उक्त विवरण शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । सोही विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।

यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो ।

कोरोना महामारीका कारण यो वर्ष पनि परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएपछि सरकारले गएको वर्षकै विधि अपनाउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *