आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

रेशम चौधरीले सांसदको सुविधा नपाउने : सभामुख

रेशम चौधरीले सांसदको सुविधा नपाउने : सभामुख

राजनीति, समाचार
काठमाडौं, पुस-२५ । प्रतिनिधिसभाको बैठकले ‘जीवनासक विषादी व्यवस्थापन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको बुधबारको बैठकमा सो प्रस्ताव प्रस्तुत् गरेका थिए । मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताए । प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाकाबारेमा सुझाव दिएका थिए । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेस गरेकी थिइन् । ‘नेपालको संविधानअनुकूल बनाउन केही न...
नेविसंघले पोखरामा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ लेखिएका ब्यानर टाँस्यो

नेविसंघले पोखरामा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ लेखिएका ब्यानर टाँस्यो

राजनीति, समाचार
काठमाडौं, पुस– २३ । नेपाल विद्यार्थी संघ पोखराले पोखराका मुख्य–मुख्य चोकहरुमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ब्यानर टाँसेको छ । ब्यानरमा भ्रष्टाचार विरोधी नाराहरु समेत लेखिएका छन । सोमबारदेखि सुरु भएको अभियानलाई देशैभर लैजाने नेपाल विद्यार्थी संघले जनाएको छ । नेपाली कांग्रेस महासमिति सदस्य गुरु बरालले ब्यानर टाँसेर अभियानको सुरुवात गरेका थिए । भ्रष्टाचार विरुद्दको यो अभियान पोखराको पीएन क्याम्पसबाट सुरु गरिएको छ । पहिलो चरणमा ४० ओटा ब्यानरलाई मुख्य चोकहरुसँगै क्याम्पसको गेट अगाडि टाँसिने नेविसंघ पोखराले जनाएको छ ।...
अन्य देशको स्वार्थको चेपुवामा नेपाल पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

अन्य देशको स्वार्थको चेपुवामा नेपाल पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

राजनीति, समाचार
काठमाडौं, पुस– २३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विभिन्न देशको स्वार्थको चेपुवामा नपर्ने भन्दै त्यसमा सरकार सचेत रहेको बताएका छन् । विभिन्न सञ्चार माध्यमका सम्पादहरुसँगको अन्तक्र्रियाका क्रममा उनले देशको बाह्य सम्बन्धको मुल आधार राष्ट्रिय हित रहेकाले राष्ट्रिय सुरक्षा र बाह्य सम्बन्धका बारेमा कलम चलाउँदा राष्ट्रहितलाई केन्द्रमा राख्न आग्रह गरे । परराष्ट्रमन्त्री ज्ञवालीले लामो आन्दोलनपछि प्राप्त भएको राजनीतिक स्थायित्वको बलमा सरकार आर्थिक सम्मृद्धिको अभियानमा लागेको बताए । अहिले सरकारको कूटनीतिक सम्बन्ध पनि आर्थिक सम्मृद्धिमै केन्द्रीत भएको भन्दै उनले हरेक देशसँगको सम्बन्ध सम्मृद्धि अभियानसँग जोडेर अगाडि बढाइने बताए । छिमेकीसँग सँधै तुष पालेर अड्किराख्न नहुने भन्दै उनले छिमेकीसँगको सम्बन्ध तुलना गर्न पनि नहुने बताए । यो देशभन्दा त्यो देश नजिक भनेर तुलना गर्न नहुने उन...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दै

राजनीति, समाचार
काठमाडौं- पुस २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुने छ । गत बिहीबार नै प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने कार्यक्रम रहेको भनिए पनि अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको थियो । प्रधानमन्त्री ओलीलेआजको बैठकमा सरकारले अहिलेसम्म गरेका कामकारबाहीबारे जानकारी दिँदै नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचार र छानबिन समिति गठनलगायतका विषयमा पनि बोल्ने सम्भावना रहेको जनाइएको छ ।...
२०७५ मा काटिएका सार्वजनिक बिदा २०७६ थपिने

२०७५ मा काटिएका सार्वजनिक बिदा २०७६ थपिने

राजनीति, समाचार
काठमाडौं—पुस २० २०७६ सालका लागि सरकारले १२ दिन सार्वजनिक बिदा थप गरेको छ । बिदा पुनरावलोकन गर्न गठित कार्यदलले सरकार समक्ष विभिन्न समुदायका गरी कुल १२ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव पेस गरेको छ । बिदा पुनरावलोकन कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई सदस्य रहेका थिए। कार्यदलले किराँत चाड उभौली (बु्द्ध पूर्णिमा ) र उधौलीका लागि २, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३, क्रिसमसमा १, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा ३, छठ पर्वमा १, ऋषि पञ्चमी (महिलालाई मात्रै) १, माघीपर्वमा १ र जनै पूर्णिमामा १ दिन गरी कुल १२ दिन विदा थप गर्न प्रस्ताव गरेका छन। केपी ओली नेतृत्वको सरकार गठन भएसँगै विभिन्न समुदायले मनाउने पर्वहरुमा गरी कुल १२ दिन सार्वजनिक बिदा कटौती गरेको ...
वाइडबडी जहाज खरिद अनियमितता प्रकरण ढाकछोप गर्न सरकारी छानबिन टोली गठन: रामचन्द्र पौडेल

वाइडबडी जहाज खरिद अनियमितता प्रकरण ढाकछोप गर्न सरकारी छानबिन टोली गठन: रामचन्द्र पौडेल

राजनीति, समाचार
तनहुँ—पुस २० नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी जहाज खरिद अनियमितता प्रकरण ढाकछोप गर्न सरकारले अलग्गै छानबिन समिति गठन गरेको बताएका छन्। गृहजिल्ला तनहुँमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले राजनीतिमा तीनतिर फर्केका नेता खान पाएपछि एकैतिर फर्कने आरोप समेत लगाए। ‘लेखा समिति अन्तर्गत उपसमितिले वाइडबडी खरिद अनियमितताबारे छानबिन गरिरहेकै अवस्थामा सरकारले छुट्टै समिति गठन गर्नु भनेको सरकारले नै अनियमितता लुकाउन खोजेको हो,’ पौडेलले भने, ‘उपसमितिको प्रतिवेदन मान्दिनँ भनेर समितिलाई नै अपमान गरिएको छ।’ वाइडबडी जहाज खरिदमा ठूला नेताहरू संलग्न रहेको हुनसक्ने समेत पौडेलले बताए। ‘राजनीतिमा तीनतिर फर्केका नेताहरू खान पाएपछि एकैतिर फर्कन्छन्,’ पौडेलले भने, ‘अहिले आएर सबै मिलि ठूला भ्रष्टाचार काण्ड त गरेका होइनन् भन्ने प्रश्न पनि उठेको छ।’ फरक प्रसंगमा...
कृषि पेशालाई सम्मानित बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

कृषि पेशालाई सम्मानित बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

राजनीति, समाचार
दमौली, पुस- १९ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिएका छन् । ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताए । उनले भने, “नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ, धेरै मिहिनेत गरेर थोरै मात्र आम्दानी हुने भएकोले कृषि पेशा अपहेलित छ ।” जुन पेशाबाट धेरै नाफा हुन्छ मानिस त्यतै आकर्षित हुने गरेको भन्दै नेता पौडेलले कृषिमा आकर्षण बढाउनुपर्नेमा जोड दिए । किसान र काङ्ग्रेसको सम्बन्ध अत्यन्त नजीकको रहेको चर्चा गर्दै नेता पौडेलले विपन्नलाई सम्पन्न गराउने पार्टी काङ्ग्रेस मात्रै रहेको दाबी गरे । नेपालमा राजनीतिक क्रान्ति सकिएको चर्चा गर्दै उनले अब आर्थिक क्रान्ति गर्ने पालो भएको र त्यो...
‘वाइडबडी’ खरिद प्रकरणमा संलग्न छैन : पूर्वमन्त्री शाही

‘वाइडबडी’ खरिद प्रकरणमा संलग्न छैन : पूर्वमन्त्री शाही

राजनीति, समाचार
काठमाडौं, पुस- १९ । ‘वाइडबडी’ विमान खरिद अनियमितता प्रकरणमा आफू निर्दोष रहेको दाबी पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले गरेका छन् । संसदको सार्वजनिक लेखा समितिअन्तर्गत् गठित उपसमितिको प्रतिवेदनमा शाहीलाई पनि दोषी ठहर गरिएकोमा बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू ‘वाइडबडी’ विमान खरिद अनियमितता संलग्न नरहेको जनाएका हुन् । आफू पर्यटनमन्त्री बन्नु अघि नै विमान खरिद प्रक्रियाको टेन्डर भइसकेको भन्दै पूर्व पर्यटनमन्त्री शाहीले आफूले बैना रकम पठाउनका लागि विदेशी मुद्रा सटहीका लागिमात्रै सिफारिस गरेको दाबी गरेका छन् ।...
कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीले लिए सांसदको शपथ

कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीले लिए सांसदको शपथ

राजनीति, समाचार
काठमाडौं, पुस- १९ । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा चौधरीलाई शपथग्रहण गराएका हुन् । चौधरीले थारु भाषामा शपथ लिए । चौधरीको शपथका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलका नेताहरु सिंहदरबार पुगेका थिए । राजपाले चौधरीलाई शपथग्रहण गराउन सरकारलाई दबाब दिँदै आएको थियो । चौधरीले सांसदको शपथ लिएपनि उनले संसदको बैठकमा भने भाग लिन पाउने छैनन् । उनी निलम्बित सांसदकारुपमा रहनेछन् । शपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिएको थियो । शपथलगत्तै उनलाई फेरि डिल्लीबजार कारागार लगिएको छ । चौधरी टीकापुर घटनाका मुख्य आरोपी हुन् । कैलालीको टीकापुरमा थारुवान आन्दोलनकाक्रममा २०७२ भदौ ७ गते एक बालक र एसएसपीसहित ९ जनाक...
वाइडबडी खरिद अनियमितता प्रकरणमा नैतिकता हुनेले राजीनामा दिउन्, नहुने गलहत्याइयून् : बाबुराम भट्टराई

वाइडबडी खरिद अनियमितता प्रकरणमा नैतिकता हुनेले राजीनामा दिउन्, नहुने गलहत्याइयून् : बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाडौं, पुस- १९ । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको ठहर गरेपछि राजनीतिक बृत्तमा यसले निकै चर्चा पाएको छ । सर्वसाधारणले समेत यो प्रकरणलाई निकै नै चासोका साथ हेरि रहेका छन् । यसबारे के–कस्ता कारवाही हुन्छ भन्नेमा जनचासो बढ्दै गएको छ । यही सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनियमिततामा संलग्न भएकाहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । उनले बिहीबार बिहान एक ट्वीट गर्दै भनेका छन्, ‘नैतिकता हुनेले राजीनामा दिउन्, नहुनेहरु गलहत्याइयून् ।’ ‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको’ बोलको जनवादी गीत उद्धृत गर्दैै उनले लेखेका छन्, ‘यो जनवादी गीतजस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजेपनि छोपिन्न । सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाट...