शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

राजनीति

संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र)  एकीकृत

संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत

राजनीति, समाचार
माघ-७, काठमाडौं । संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत भएको छ। सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरे। गतसाता मात्रै दुुई वटा छुट्टाछुट्टै कम्युनिष्ट पार्टी फोरममा प्रवेश गरेका थिए। कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरमको विकल्प नै नरहेको दाबी गरे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकोले फोरम नेपालप्रति आम जनताको विश्वास र अपेक्षा बढ्दै गएको उनको भनाई छ। नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकोले यसमा आबद्ध भएको ...
नेपाली कांग्रेसका सांसदद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध

नेपाली कांग्रेसका सांसदद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध

राजनीति, समाचार
माघ-७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पारेका छन् । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले दुवै बैठक अवरुद्ध गरेका हुन् । प्रनिधिसभाको बैठकमा बोल्दै काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना गर्ने भनिएको अस्पताललाई सरकारले गठन आदेशमार्फत संचालनमा ल्याउने निर्णय नगरेसम्म सदन चल्न नदिने बताएका छन । त्यसलगत्तै बैठकमा काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । उता राष्ट्रिय सभाको बैठक भने आधा घण्टाका लागि स्थगित गरिएको छ ।...
नेपाली कांग्रेसका पूर्व-सांसद नेकपा प्रवेश

नेपाली कांग्रेसका पूर्व-सांसद नेकपा प्रवेश

राजनीति, समाचार
माघ—६, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाल कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भुसाललाई स्वागत गरे । भुसाल २०४९ सालमा नेपाली कांग्रेसको चितवन जिल्ला सभापति भएका थिए । त्यस्तै, २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आमनिर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए । नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए । उनले भने–‘नेपाली कांग्रेसले मुलुकको समृद्धि गर्न सकेन । सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्नसक्छ ।’ उनले कांग्रेस...
झुटा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन् , उपलब्धि थप बलियो बनेर आउँछ: प्रधानमन्त्री

झुटा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन् , उपलब्धि थप बलियो बनेर आउँछ: प्रधानमन्त्री

राजनीति, समाचार
माघ—६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताएका छन् । नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाललाई शनिबार पार्टीमा स्वागत गर्दै उनले सरकार हरेक दिन नयाँ–नयाँ काम गर्दै अघि बढेको दाबी गरे । प्रधानमन्त्री ओलीले भने–‘मुलुकले नयाँ–नयाँ उपलब्धि हासिल गरेको छ । विकास निर्माणका कामले तीव्रता पाएको छ । भौतिक संरचना धमाधम बन्न थालेका छन् ।’ देश र जनताको पक्षमा निष्ठापूर्वक अघि बढ्न आग्रह गर्दै उनले मुलुकलाई छिट्टै समृद्ध बनाउनु आफ्नो पार्टीको संकल्प भएको बताए । सरकारले अग्रगामी नीति लिएको दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले भने–‘ती परिणामले देखाएका छन् । झुटा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन् । उपलब्...
‘प्रणाली र प्रक्रिया बाहिर गएर कसैले सुप्रिम ठान्न मिल्दैन’- प्रधानमन्त्री केपी शर्मा ओली

‘प्रणाली र प्रक्रिया बाहिर गएर कसैले सुप्रिम ठान्न मिल्दैन’- प्रधानमन्त्री केपी शर्मा ओली

राजनीति, समाचार
माघ—४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानुन, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद गगन थापाले डा गोविन्द केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारका सम्बन्धमा भएको सम्झौता कार्यान्वयनबारे राखेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले संसद्को सर्वोच्चता र संसदीय विधि निर्माणप्रति आफू नतमस्तक रहेको धारणा व्यक्त गरे । 'आफूले गरेको सहमतिप्रति सरकार प्रतिबद्ध छ, संसद्को सर्वोच्चताको सम्मान गर्दछ, सरकारले सदनलाई आदेश दिन मिल्दैन' प्रधानमन्त्री ओलीले भने, 'डा केसीको अनशन संसद् र संसदीय सर्वोच्चतासँग जोडिएको प्रश्न हो, संसद्ले कानुन निर्माण, सरकार गठन र परिवर्तन गर्न सक्छ, सम्पूर्ण जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने थलो संसदीय सर्वोच्चताप्रति सरकार थिचोमिचो गर्दैन...
कांग्रेस सभापति देउवा निवासमा नेवि संघको धर्ना, देउवाले भनेः ‘नयाँ निर्णय गर्छु’

कांग्रेस सभापति देउवा निवासमा नेवि संघको धर्ना, देउवाले भनेः ‘नयाँ निर्णय गर्छु’

राजनीति, समाचार
काठमाडौँ, माघ— ३ नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थपिएको विरोधमा नेविसंघका नेता-कार्यकर्ताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकन्ठमा घेराउ तथा धर्ना दिएका छन् । मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेका नेता–कार्यकर्ताहरुले माघ २ गतेबाट सकिएको नेवि संघ केन्द्रिय समितिको कार्यकाल थप गरेकोमा विरोध जनाएका हुन । नेवि संघका नेताहरु दिपक भट्टराई, बामदेव अधिकारी, मनोज बैद्य, प्रदिप शर्मा, भोला नेपाललगायत काठमाडौं उपत्यका भित्रका क्याम्पस इकाइ सभापति, स्ववीयू सभापति साथै नेता–कार्यकर्ताहरु देउवा निवास पुगेका थिए । विद्यार्थी भीड बढेपछि देउवा निवासमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । धर्नामा पुगेका विद्यार्थी नेता कार्यकताहरु अधिकांश पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् । विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो सकिएको...
मन्त्रीहरुको कुटपिटको शृंखला

मन्त्रीहरुको कुटपिटको शृंखला

राजनीति, समाचार
काठमाडौं, माघ- १ । प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेको घटना यतिबेला चर्चामा छ । मन्त्रीहरुले कर्मचारीलाई दुर्व्यवहार गर्ने घटना भने नौलो होइन । तर, यस्ता घटनामा दोषीहरुलाई कारबाही भने कमै हुने गरेको छ । आइतबार मन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा सचिव विद्यानाथ झालाई कुटपिट गरे । संघीय सरकारले सशर्त अनुदानअन्तर्गत्को गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले दाबी गरेका छन् । सचिव झा यतिबेला मन्त्री यादवको थप्पड र लात्ती प्रहारबाट मुख र दाँतको भित्री भाग सुन्निएको तथा दायाँ हातको हाड भाँच्चिएकोजस्तो पीडा भएको भन्दै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । यो प्रकरण छानबिन ...
नेपालको शान्ति क्षेत्र प्रस्ताव फेरि अघि बढाउनुपर्छ : डा.बाबुराम भट्टराई

नेपालको शान्ति क्षेत्र प्रस्ताव फेरि अघि बढाउनुपर्छ : डा.बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाडौं, पुस-३० । तत्कालीन राजा वीरेन्द्र शाहले ४४ वर्षअघि बढाएको शान्ति क्षेत्र नेपालको प्रस्तावलाई नयाँ शक्ति पार्टी नेपालले दोहोर्‍याएको छ । नयाँ शक्ति पार्टीले सोमबार राजधानीमा गरेको कार्यक्रममा सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाललाई अन्तर्राष्ट्रिय खिचातानीबाट जोगाउन शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउनुपर्ने बताए । राजा वीरेन्द्रको पालामा लोकतन्त्रको अभावमा प्रस्ताव सफल नभएको भन्दै उनले राष्ट्रिय हीतका लागि शान्ति क्षेत्र आवश्यक रहेको बताए । भारत, चीन र अमेरिकासित अब देशको हीत र स्वार्थअनुसार सम्बन्ध सुधार्नुपर्ने भन्दै डा. भट्टराईले कसैसँग बढी नजिक हुन नहुने बताए । यी तीनओटा शक्ति देशहरुको रणनीतिमा नेपाल रहेकाले नेपालले सम्भावना र अवसरलाई सदुपयोग गर्नुपर्ने उनले उल्लेख गरे । सन् २०५० सम्ममा चीन विश्व शक्ति राष्ट्र हुने भएकाले अमेरिका भारतलाई आफ्नो साथमा लि...
सरकार सुशासानको कुरा गर्दै भ्रष्टाचारलाई बढावा दिदैछ : प्रकाशमान सिंह

सरकार सुशासानको कुरा गर्दै भ्रष्टाचारलाई बढावा दिदैछ : प्रकाशमान सिंह

राजनीति, समाचार
कैलाली,पुस- २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्न वर्तमान सरकार असफल रहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सिंहले वर्तमान सरकार सुशासानको कुरा गर्दै काममा भने भ्रष्टाचारलाई बढावा दिदै आएको आरोप लगाए । वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिले प्रतिवेदन नै नदिइ सरकारले संसदको क्षेत्राधिकारलाई हस्तक्षेप हुनेगरि रातारात छुट्टै छानविन समिति गठन गर्नुले सरकारको नियत ठिक नदेखिएको उनले जनाए । सुशासन, विकास र समृद्धिको नारा अगाडि सारेको सरकार्को काम कारवाही र गतिविधि भने भ्रष्टाचारलाई प्रोत्साहन गर्ने किसिमको देखिएको सिंहको भनाइ रहेको थियो ।...
वाईडबडी विमान खरिदमा मन्त्री अधिकारीको प्रष्टीकरण– ९ अर्ब डुबाउन चाहिनँ

वाईडबडी विमान खरिदमा मन्त्री अधिकारीको प्रष्टीकरण– ९ अर्ब डुबाउन चाहिनँ

राजनीति, समाचार
काठमाडौं, पुस- २६ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्रगतिसहित विमान खरीदबारे उठेका प्रश्नको जवाफ दिँदै आज उनले अनियमितताका विषयमा छानविनका लागि आफूले पनि सघाउने बताए । मन्त्री अधिकारीले आफू मन्त्री हुनुपूर्व नै खरीद सम्झौतामा भुक्तानीको कार्यतालिका नेपाल वायुसेवा निगमबाट तय भएको स्थितिमा तेस्रो किस्ता रकम दिन रोक्का गरेको भए समयमा जहाज नआउने र हालसम्म भुक्तानी गरिएको रु नौ अर्ब जोखिममा पर्नसक्ने उल्लेख गरे। मन्त्रालयका सचिव तथा जिम्मेवार पदाध...