आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

कञ्चनपुरको भीमदत्तनगर क्षेत्रको जनजीवन बन्दले प्रभावित

कञ्चनपुरको भीमदत्तनगर क्षेत्रको जनजीवन बन्दले प्रभावित

राजनीति, समाचार, समाज
कञ्चनपुर— १५, माघ । कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि विद्यार्थी सङ्गठनले मङ्गलबारदेखि कञ्चनपुर बन्द गर्दै आएका हुन् । बन्दका कारण बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन् भने भीमदत्तनगर बजार, शैक्षिक सङ्घसंस्था, उद्योग कलकारखानालगायतको कामकाजसमेत प्रभावित बनेको छ । महेन्द्रनगर नगर विकास समितिबाट भाडाका नाममा बजारको गुरुयोजना नै मिचेर सयौँ पक्की संरचना बनेपछि यहाँका विद्यार्थी र युवा सङ्घ÷सङ्गठन त्यसको विरोधमा उत्रेका हुन् । अवैध संरचना भत्काउन नमानेपछि आन्दोलन गर्नु परेको नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले बताउनुभयो । बन्दका कारण सयौँ यात्रु...
शहीदको योगदानको सम्मान गरौँ– मुख्यमन्त्री पौडेल

शहीदको योगदानको सम्मान गरौँ– मुख्यमन्त्री पौडेल

राजनीति, समाचार
हेटौँडा— १५, माघ । मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको बताउनुभएको छ । प्रदेश सरकारको आयोजनामा आज प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले निरङ्कुश व्यवस्था स्वीकार गरेर माफी माग्नुभन्दा प्रजातन्त्रका लागि हाँसीहाँसी जीवन त्याग गर्ने शहीदको योगदान अमूल्य भएकाले सम्मान गरिनुपर्ने उल्लेख गर्नुभयो । हेटौँडाको चर्चित शहीद स्मारकका संस्थापकसमेत रहनुभएका पौडेलले नेपाल निर्माण अभियान तथा नेपाल अङ्ग्रेज युद्धमा योगदान दिने भक्ति थापा एवं विभिन्न समयमा शहीद भएकाप्रति सम्मान व्यक्त गर्न स्मारक स्थापना गरिएको स्मरण गर्दै आज आफू मुख्यमन्त्री हुँदासमेत स्मारक व्यवस्थापनको जिम्मेवारी छाड्न मन नलागेको बताउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले नेपालमा स...
अब अधिकारका लागि कसैले शहीद हुनु पर्दैन: प्रधानमन्त्री ओली

अब अधिकारका लागि कसैले शहीद हुनु पर्दैन: प्रधानमन्त्री ओली

राजनीति, समाचार
काठमाडौं — १५, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताउनुभएको छ । प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि सङ्कल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौँ ।” मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गर्ने शहीदलाई सम्मान गर्न प्रधानमन्त्री ओली ल...
कांग्रेसको भातृ संगठन नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

कांग्रेसको भातृ संगठन नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

राजनीति, समाचार
काठमाडौं — १५, माघ । काठमाडौंस्थित त्रिचन्द्र कलेज अगाडि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गर्दै उनीहरुले पुत्ला जलाएका हुन् । प्रहरीले उनीहरुले जलाएको पुत्ला नियन्त्रणमा लिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बिहान प्रधानमन्त्री ओली निवास बालुवाटारमा आन्दोलन गरेको थियो । सो आन्दोलनमा नेविसंघका केही विद्यार्थी नेता पक्राउ परेका थिए ।...
प्रधानमन्त्री निवास अगाडी नेविसंघको नारा जुलुस, कार्यकर्ता पक्राउ

प्रधानमन्त्री निवास अगाडी नेविसंघको नारा जुलुस, कार्यकर्ता पक्राउ

राजनीति, समाचार
काठमाडौं — १५, माघ । प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेट अगाडि नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार बिहान सिठ्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् । अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन, निर्मला पन्तको हत्यारालाई कारवाही गर्नुपर्ने लगायतका माग राख्दै विरोधमा उत्रिएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा सुशील भट्ट, गणेश सापकोटा, निरन्जन थापा, रमेश बस्ताकोटी लागयतका रहेका छन् । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) का लगभग २० जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर ट्रकमा हालेर लगेको थियो।...
कांग्रेसका भ्रातृ संगठन सरकारविरुद्ध सडकमा

कांग्रेसका भ्रातृ संगठन सरकारविरुद्ध सडकमा

राजनीति, समाचार
काठमाडौं — १३, माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन भ्रातृ संगठन सरकारविरुद्ध संयुक्त रुपमा सडकमा उत्रिएका छन् । सरकार संसदीय मर्यादा विपरीत चलेको आरोप लगाउँदै नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आज काठमाडौंमा सरकारको विरोध गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुले चिकित्सा शिक्षा विधेयक खारेज गर्नु पर्ने, आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न नहुने, अनसनरत डा.गोविन्द केसीको माग पुरा गर्नुपर्ने लगायतका माग राखेका छन् । विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ताले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । प्रदर्शनलाई ध्यानमा राखी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । (ईमेज खबर)...
चिकित्सा शिक्षा विधेयक, ‘पहाड खनेर मुसा निकालेजस्तै’: विवेकशील साझा

चिकित्सा शिक्षा विधेयक, ‘पहाड खनेर मुसा निकालेजस्तै’: विवेकशील साझा

राजनीति, समाचार
काठमाडौं — १३, माघ । विवेकशील साझा पार्टीले चिकित्सा शिक्षा विधेयक ‘पहाड खनेर मुसा निकालेजस्तै’ भएको बताएको छ । राजधानीमा आइतबार सो पार्टीले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौताविपरीत विधेयक पारित भएको भन्दै विरोधस्वरुपद्ध प्रदर्शन र सभा आयोजना गरेको थियो । सभामा सो पार्टीका प्रवक्ता डा. सुर्य आचार्यले भने, ‘चिकित्सा शिक्षा विधेयक पहाड खनेर मुसा निकालेजस्तै छ, संसदीय सर्वोच्चता जनताको हितमा वा सीमित व्यापारीको हितमा प्रयोग गर्ने हो ? यो आजको यक्ष प्रश्न हो ।’ सभामा मुगुको विकट मुर्मा गाविसमा स्वास्थ्य चौकी स्थापनाका लागि अगुवाई गरेका समाजसेवी एवं अभियन्ता बिर्खबहादुर रोकायाले कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँच नहुँदा आफ्ना तीन छोरा गुमाउनु परेको पीडा सुनाए । राजधानीको माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । (इमेज खबर)...
कांग्रेसद्वारा संसद अवरुद्ध

कांग्रेसद्वारा संसद अवरुद्ध

राजनीति, समाचार
माघ—८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार बसेकाे संसद बैठक अवरुद्ध गरेकाे छ । कांग्रेस संसदीय दलको बैठकले माग पूरा नभएसम्म संसद अवरुद्ध गर्ने निर्णय गरे अनुसार आज पनि संसद अवरूद्ध गरेकाे हाे । कांग्रेसका पूर्वसभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा तनहुँ र बाँकेमा सञ्चालित दुई अस्पताललाई सरकारले केन्द्र सरकारको मातहतमा नराखी विघटनको प्रक्रियामा अघि बढाएपछि प्रमुख विपक्षी दलले विरोध गर्दै सोमबारको बैठक अबरुद्ध गरेको थियो। त्यसपछि आज दिउँसो ३ बजेका लागि तय भएको बैठक सभामुख कृष्णबहादुर महराले सुरू गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू उभिएर विरोध जनाएका थिए। सभामुख महराले कांग्रेसका नेता प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए। उनले सरकारको निर्णय नसच्याएसम्म सदन चल्न नसक्ने अडान लिँदै कांग्रेसले आजको बैठक बेल घेराउ गरेको छ। ...
स्ववियु निर्वाचन आउनलाग्दा समेत केही रौनक देखिएन

स्ववियु निर्वाचन आउनलाग्दा समेत केही रौनक देखिएन

राजनीति, समाचार
माघ—८, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउन एक महिना बाँकी हुँदासमेत विद्यार्थी संगठनबीच अझै निर्वाचन हुने वा नहुने भन्नेमा अन्योल छ । १० वर्षपछि हुन लागेको यो निर्वाचनले विद्यार्थी संगठनमा जुन उत्साह देखिनुपर्ने हो, त्यो देखिएको छैन । विद्यार्थी वृत्तमामात्र हैन, राष्ट्रियस्तरमै महत्वका साथ हेरिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दासमेत यसपटक कुनै रौनक देखिएको छैन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते गर्ने निर्णय गरेको छ । तर, अहिलेसम्म समय तालिका भने सार्वजनिक गरेको छैन । कुनैबेला आन्दोलनको संवाहककारुपमा हेरिने गरिएको स्वतन्त्र विद्यार्थी युनियनको भूमिका पछिल्लो समय निस्कृय देखिन थालेको छ । नेपाल विद्यार्थी संघ पनि आन्तरिक किचलोको कारण आफैं थलिएको छ भने अनेरास्ववियु र क्रान्तिकारीको एकीकर...
अनशनरत प्रा.डा. केसीलाई सांसद योगेश भट्टराईको जवाफ

अनशनरत प्रा.डा. केसीलाई सांसद योगेश भट्टराईको जवाफ

राजनीति, समाचार
माघ—८, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित हुँदा अनसनरत डाक्टर गोविन्द केसीले उत्सव मनाउनु पर्ने बताएका छन्। मंगलबार बिहान डा केसीले सांसदहरूलाई जनतामुखी ऐन बनाउन गरेको अनुरोधको जवाफमा सांसद भट्टराईले केसीको अनुरोधलाई स्वागत र सम्मान गर्ने बताएका हुन्। ‘चिकित्सा शिक्षा विधेयकलाई विद्यार्थी र जनतामुखी बनाउन भर्खरै यहाँले गर्नु भएको अपिललाई हार्दिक स्वागत र सम्मान गर्दछु । चिकित्सा शिक्षाको सुधारका लागि यस् अघि बनेका विभिन्न आयोग, समिति तथा कार्यदलका सुझाव, विभिन्न राजनीतिक दल तथा संघ/ संगठनका सुझाव र माननीय सदस्यहरुका संशोधन प्रस्ताव अनि तपाईंले गर्नुभएको आन्दोलनसमेतका आधारमा चिकित्सक शिक्षा विधेयक राष्ट्र, जनता र विद्यार्थीको हितमा रहेको कुरा यहाँलाई विश्वाश दिलाउन चाहन्छु,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ...