काठमाडौं — १५, माघ ।
काठमाडौंस्थित त्रिचन्द्र कलेज अगाडि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गर्दै उनीहरुले पुत्ला जलाएका हुन् ।
प्रहरीले उनीहरुले जलाएको पुत्ला नियन्त्रणमा लिएको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बिहान प्रधानमन्त्री ओली निवास बालुवाटारमा आन्दोलन गरेको थियो । सो आन्दोलनमा नेविसंघका केही
विद्यार्थी नेता पक्राउ परेका थिए ।