काठमाडौं — १५, माघ ।
एसियन कप फुटबलको आयोजक युनाईटेड अरब ईमिरेट्स युएईलाई हराउँदै कतार फाइनलमा प्रवेश गरेको छ ।
गएराति युएईको आबुधाबीमा भएको दोस्रो सेमिफाइनलमा कतारले युएईलाई ४–० को फराकिलो गोल अन्तरमा पराजित गर्यो ।
फाइनलमा प्रवेश गरेसंगै सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले आफुलाई कमजोर नठान्न विश्व फुटबललाई चुनौती समेत प्रस्तुत गरेको छ ।
कतारले अब एसियन कपको उपाधिको लागि जापानसँग प्रतिस्पर्धा गर्ने छ ।
पहिलो सेमिफाइनलमा ईरानलाई पराजित गर्दै जापान फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल भने आगामी शुक्रबार हुनेछ ।
