माघ-७, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पारेका छन् ।
कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले दुवै बैठक अवरुद्ध गरेका हुन् ।
प्रनिधिसभाको बैठकमा बोल्दै काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना गर्ने भनिएको अस्पताललाई सरकारले गठन आदेशमार्फत संचालनमा ल्याउने निर्णय नगरेसम्म सदन चल्न नदिने बताएका छन ।
त्यसलगत्तै बैठकमा काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
उता राष्ट्रिय सभाको बैठक भने आधा घण्टाका लागि स्थगित गरिएको छ ।