सोम, असार ३१, २०८१
Mon, July 15, 2024
Shadow

‘वाइडबडी’ खरिद प्रकरणमा संलग्न छैन : पूर्वमन्त्री शाही

काठमाडौं, पुस- १९ ।

‘वाइडबडी’ विमान खरिद अनियमितता प्रकरणमा आफू निर्दोष रहेको दाबी पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले गरेका छन् ।

संसदको सार्वजनिक लेखा समितिअन्तर्गत् गठित उपसमितिको प्रतिवेदनमा शाहीलाई पनि दोषी ठहर गरिएकोमा बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू ‘वाइडबडी’ विमान खरिद अनियमितता संलग्न नरहेको जनाएका हुन् ।

आफू पर्यटनमन्त्री बन्नु अघि नै विमान खरिद प्रक्रियाको टेन्डर भइसकेको भन्दै पूर्व पर्यटनमन्त्री शाहीले आफूले बैना रकम पठाउनका लागि विदेशी मुद्रा सटहीका लागिमात्रै सिफारिस गरेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *