शोनिका रोकाय, शुष्मा कार्कि र उजन नेम्बाङ फिचर्ड गायक उजन नेम्बाङको “तिमि जस्ति राम्री” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं, पुस- २६ ।
गायक उजन नेम्बाङको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली गीतसंगीतको क्षेत्रमा भिडियो निर्माणको लहर र प्रतिस्पर्धा चल्दै गएपछि नयाँ-नयाँ कन्सेप्टसँगै गुणास्तरमा पनि बृद्धि हुँदै गएसङ्गै उनले यस्तो गीत बजारमा ल्यायका हुन ।
गायक उजनको पछिल्लो गीत ‘तिमी जस्ती राम्री’को भिडियोमा नयाँ कन्सेप्ट अपनाइएको छ । हलिउड र बलिउडका लागि नयाँ नभएपनि नेपाली सांगीतिक क्षेत्रमा हाल निर्माण भइरहेका भिडियोहरु भन्दा केही फरक बनेको छ ‘तिमी जस्ती राम्री’को भिडियो ।
पप तथा -याप मिश्रित ‘तिमी जस्ती राम्री’ गीतको यस भिडियोलाई अफ्रिकन भावशैलीमा निर्माण गरिएको छ । कुनै समय अमेरिकन तथा अफ्रिकन गीतको भिडियोहरुमा निकै ग्ल्यामर्स देख्न पाइन्थ्यो ।
एबि पिक्चर्स फार्मले निमार्ण गरेको उक्त म्युजिक भिडियोलाई राजधानीमै एक नाइट क्लवमा छायांकन गरिएको हो । यस भिडियोमा पछिल्लो समय...









