आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

शोनिका रोकाय, शुष्मा कार्कि र उजन नेम्बाङ फिचर्ड गायक उजन नेम्बाङको “तिमि जस्ति राम्री” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं, पुस- २६ ।

गायक उजन नेम्बाङको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली गीतसंगीतको क्षेत्रमा भिडियो निर्माणको लहर र प्रतिस्पर्धा चल्दै गएपछि नयाँ-नयाँ कन्सेप्टसँगै गुणास्तरमा पनि बृद्धि हुँदै गएसङ्गै उनले यस्तो गीत बजारमा ल्यायका हुन ।

गायक उजनको पछिल्लो गीत ‘तिमी जस्ती राम्री’को भिडियोमा नयाँ कन्सेप्ट अपनाइएको छ । हलिउड र बलिउडका लागि नयाँ नभएपनि नेपाली सांगीतिक क्षेत्रमा हाल निर्माण भइरहेका भिडियोहरु भन्दा केही फरक बनेको छ ‘तिमी जस्ती राम्री’को भिडियो ।

पप तथा -याप मिश्रित ‘तिमी जस्ती राम्री’ गीतको यस भिडियोलाई अफ्रिकन भावशैलीमा निर्माण गरिएको छ । कुनै समय अमेरिकन तथा अफ्रिकन गीतको भिडियोहरुमा निकै ग्ल्यामर्स देख्न पाइन्थ्यो ।

एबि पिक्चर्स फार्मले निमार्ण गरेको उक्त म्युजिक भिडियोलाई राजधानीमै एक नाइट क्लवमा छायांकन गरिएको हो । यस भिडियोमा पछिल्लो समय नेपाली युवापुस्तामा बढ्दै गएको रात्री क्लव क्रेजलाई दर्साइएको छ । गीतको तुलनामा भिडियो केही हद कामुक शैलीमा निर्माण गरिएको छ । तर, कलात्मक सिनेमाटोग्राफी र सम्पादनले गर्दा भिडियो सुन्दर र अन्तर्राष्ट्रियस्तरको बनेको छ ।

गायक उजनको स्वर, सुरेश राईको शव्द र संगीत तथा गोपाल रसाइलीको सगीत संयोजन रहेको भिडियोमा उजनले नै अभिनय गरेका छन् । गायक उजन आफ्नो भिडियोमा फरक लुक्समा देखिएका छन् ।

यस भिडियोलाई फराज अर्पणले खिचको हुन् भने समिर मियाको सम्पादन रहेको छ । सोभित बस्नेतले निर्देशन गरेको यस भिडियोमा गायक उजनसँगै नायिका सुष्मा कार्की र मोडल सोनिका रोकायाले अभिनय गरेका छन् । भिडियोमा सोनिकाको कामुक अवतार देख्न सकिन्छ ।

भिडियो रिलिज गरेपछि उजनले भने, ‘यसपटक केही नयाँ र फरकशैलीमा भिडियो बनाइएको छ । यो भिडियोले केही गर्ला कि भन्ने आशा गरेको छु ।’ उनले यस भिडियोका लागि निकै मिहिनेत गर्नु परेको बताए ।
भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *