४४ विधाको युनीभर्सल डेन्टल सगरमाथा म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न, क -कसले हात पार्न सफल भए अवार्ड (नामावली सहित)
“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न भएको छ । रेस्पोन्सिभ मिडियाको आयोजनामा मंसिर ३ गते राजधानी स्थित नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सम्पन्न अवार्ड कार्यक्रममा कला संगीत एवम सामाजिक क्षेत्रका दिग्गज व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
अवार्ड कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सगरमाथाको नामबाट सुरुवात भएको अवार्डले नेपालको कला र संस्कृतीको सम्वद्र्धन गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । नेपाली पत्रकारीता जगतमा रंग पत्रकारीता गरिहेका सात जना पत्रकारहरुलाई सम्मानित गरिएको छ भने कुल ४४ वटा विधामा प्रतिस्पर्धामा आएका कलाकर्मीहरु अवार्डेड भएका थिए ।
अवार्ड निर्णायक र एसएमएस भोटिङको आधारमा निर्णय गरि...







