नेपाली सुगम संगितको क्षेत्रमा ५० को दशकमा राष्ट्रीय बालगीत प्रतियोगिताबाट आधिकारीक गायन यात्रामा पाइला चाल्न सुरु गरेकिन सिन्धु मल्ल लोक तथा आधुनिक गितमा सुप्रसिद्द नाम हो। श्री गाउँ-४, दाङमा २०३८ साल पुस १५ गते जन्मिनुभएकी मल्ल हाल नागर्जुन-९, काठमाण्डौमा स्थायी रुपमा रहदै नेपाली संगीत साधनामा व्यस्त छिन। नेपाल ललितकला क्याम्पस साथै भारतको इलाहावादबाट संगित(भोकल)मा डिप्लोमा सम्मको अध्ययन पुरा गरेकिन मल्लले २०५४-२०५८ सम्म विभिन्न व्यावसायिक देउडा गित, भजन , लोक तथा दोहोरी गितहरुमा आफ्नो स्वर भर्दै एक उच्चस्तरको गायनकला प्रस्तुत गर्दै नेपालि संगिताकाशमा एक उज्ज्वल नक्षत्रको रुपमा चम्कन सुरु गरिन। वर्ष २०५९ मा रिलिज भएको ससुरालीमा भन्ने गित पश्चात भने व्यावसायिक तथा प्रसिद्दिको हिसावले मल्लले कहिल्यै पछि फर्केर हेर्नु परेन।उक्त गीतको प्रसिद्दि पश्चात राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा चर्चित हुनुको साथै करोडौको व्यापार गर्न सफल गितकी गायिका हुन पुगिन। त्यस पश्चात एक पछि अर्को गर्दै लगातार सुपर हिट गितहरुमा आफ्नु स्वर भर्दै नेपालि लोक तथा आधुनिक गितका पारखीहरुमाझ् हाल सम्मकै बेस्ट सेलर गिती एल्वम तथा गितहरु बजारमा ल्याउन सफल भईन।

‘सारङ्गीको तार’, ‘काफलगेडी कुटुक्कै’, ‘लाइछौ वेसन’, ‘टुङ्ना र डम्फु बजाउदै’, ‘लाठि चार्ज नगर’, ‘झल्झली आँखामा’, ‘धरानको बजारमा’ जस्ता दर्जनौ गितहरुबाट प्रसिद्दिको शिखर चुम्न सफल हुनुको साथै व्यावसायिक रुपमा करोडौंको व्यापार गर्न सफल नेपालि गायिका रुपमा आफुलाइ स्थापित गर्न सफल रहिन। मल्लका आफ्नै एल्वम ‘कहाँ’, ‘चिटिक्कै भा’छु रे भाग-१,भाग-२’, ‘लाग्योनी चक्करै व्रत वसेर’, ‘तीज आयो’, ‘अहिलेको तीज’ ले मात्र पनि करोड प्लसको व्यापार गर्न सफल रहे। देश तथा विदेशमा हुने विभिन्न सांगितिक कार्यक्रमहरुमा व्यस्त रहने मल्ल ले हालसम्म करोडौको पारिश्रमिक लिएर सांगितिक कार्यक्रमहरुमा आफ्नु प्रतिभा प्रस्तुत गर्दै आएकि छिन।

मल्ल आफु गित संगितको साथसाथै बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न रहदै आएकि छिन । क्षयरोग , एच आई भी ,एड्स, जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी चेतनामुलक कार्यक्रमहरुमा प्रभाकारी सहाभागिता तथा प्राकृतिक प्रकोप जस्तै भुकम्प पिडित तथा वाढिपिडित समुदायमा गैइ बिभिन्न माध्यमबाट् सहयोग गर्नुको साथसाथै नगदै सहयोग समेत गर्दै समाज सेवामा आफ्नु उपश्थिति देखाउदै आएकि छिन ।

देश तथा विदेशमा हुने विभिन्न सांगितिक कार्यक्रमहरुमा व्यस्त रहने मल्ल ले हालसम्म करोडौको पारिश्रमिक लिएर सांगितिक कार्यक्रमहरुमा आफ्नु प्रतिभा प्रस्तुत गर्दै आएकि छिन।। मल्ल आफु गित संगितको साथसाथै बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न रहदै आएकि छिन । बाल्यकालबाटै आफ्नु घरपरीवारवाटै सांगितिक यात्राको निम्ती साथ र सहयोग मिल्नु साथै आफ्नु जीवनसाथी संगीतकार सुदाम थापाबाट मिलेको साथ र सहयोगबाट नै आफुले प्रसिद्दिको उचाई चुम्न सफल भएको वताउछिन।

सांगितिक प्रस्तुतीको सिलसिलामा अमेरीका ,जापान, कोरीया, बेलायत, साउदी अरेबिया, क्यानडा, जर्मनी, हङकङ, मलेसिया,सिंगापुर,इटाली,स्वीजरल्याण्ड, कतार, ब्रुनाई, बहराइन, मलेसिया,थाइल्याण्ड, सिङ्गापुर,युएई, भारत लगायत बिभिन्न देशहरुको सांगितिक भ्रमण गर्दै आफ्नु प्रस्तुती दिदै आएकि छिन। बिभिन्न राष्ट्रीय तथा अन्तराष्ट्रीय सांगितिक प्रतियोगिताहरुमा निर्णायक तथा जुरी जस्तो महत्वपूर्ण भुमिका समेत निर्वाह गर्दै आफ्नु सांगितिक उचाईको छाप छोड्न सफल भैसकेकि छिन।
एकपछि अर्को गर्दै सफलताको सिंढी चुम्दै जाने क्रममा ससुरालीमा भन्ने गीतबाट २०६० सालमा हिट्स एफ् एम अवार्ड, काफलगेडी कुटुक्कै भन्ने गितको लागि २०६१ सालमा इमेज एफ एम अवार्ड, २०६३ सालमा सगरमाथा अन्तराष्ट्रीय अवार्ड ,मुम्ब ई, २००५ मा गरीमा अन्तराष्ट्रीय अवार्ड मुम्ब ई, २०७५ सालमा वावा एजुकेशन कन्सल्टेन्सी,राप्ती अन्तराष्ट्रीय अवार्ड,अष्ट्रेलिया जस्ता दर्जनौ राष्ट्रीय तथा अन्तराष्ट्रीय अवार्डहरुबाट सम्मानित हुदै आएकी छिन। वाल गायिकाबाट सुरु भएको सांगितिक यात्राको क्रममा राश्ट्रीय तथा अन्तराष्ट्रीय अवार्ड चुम्दै जाँदा २०१५ को मे १९ मा ३६५ जना गायक गायिका द्वारा एउटै सोलो सङग गएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नु नाम समेत दर्ज गराउन सफल् भईन ।

नेपालका प्रतिष्ठित म्युजिक कम्पनीहरु धौलागिरी क्यासेट सेन्टर, रिवेल कृएसन, म्युजिक नेपाल, रन्जना क्यासेट सेन्टर ,रीमा रेकर्डिङ स्टुडियोबाट रिलिज भएका मल्लका गित तथा क्यासेटहरु लाखौको संख्यामा बिक्री भै करोडौको व्यापार भएको उत्पादकहरु बताउछन। नेपालकै एक सफल व्यावसायीक गायिका रुपमा रहदै नेपालि गित संगितको क्षेत्रमा उल्लेख्य योगदान दिदै आएकिन मल्ल हाल गित संगितकै साधनामा रहदै बिभिन्न सांगितिक कार्यक्रमहरुको निर्णायक /जुरीको रुपमा प्रस्तुत हुदै आएकि छिन।
