‘पुर्वान्चल फेस अफ मोडल’को आयोजना हुदै, आवेदन खुल्ला पौष २१ देखि दमकबाट अडिसन शुरु
काठमाडौँ – थुप्रै सफल सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको टप वान मिडियाको आयोजनामा ‘पुर्वान्चल फेस अफ मोडल’ आयोजना हुने भएको छ । उक्त प्रतियोगीताको लागी पूर्वान्चलको विभिन्न शहरबाट पहिलो अडिसन यही पौष २१ गते देखी शुरु हुने भएको छ । जस अनुसार पहिलो अडिसन दमक स्थित कस्मिक पार्टी प्यालेसमा २१ गते शनिवार, दोश्रो विर्तामोडको होटल कोहिनुरमा २२ गते, तेश्रो अडिसन ईटहरीको होटल लण्डनमा २३ गते तथा बिराटनगरस्थित वेक कप क्याफेमा २४ गते हुने जानकारी कोरियोग्राफर दिवस भट्राईले जानकारी दिए । प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको टप वान मिडियाका प्रबन्ध निर्देशक रब्स सापकोटाले बताए ।
टप वान मिडियाले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष सहभागीहरुका लागी धमाधम फ...









