काठमाडौँ – थुप्रै सफल सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको टप वान मिडियाको आयोजनामा ‘पुर्वान्चल फेस अफ मोडल’ आयोजना हुने भएको छ । उक्त प्रतियोगीताको लागी पूर्वान्चलको विभिन्न शहरबाट पहिलो अडिसन यही पौष २१ गते देखी शुरु हुने भएको छ । जस अनुसार पहिलो अडिसन दमक स्थित कस्मिक पार्टी प्यालेसमा २१ गते शनिवार, दोश्रो विर्तामोडको होटल कोहिनुरमा २२ गते, तेश्रो अडिसन ईटहरीको होटल लण्डनमा २३ गते तथा बिराटनगरस्थित वेक कप क्याफेमा २४ गते हुने जानकारी कोरियोग्राफर दिवस भट्राईले जानकारी दिए । प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको टप वान मिडियाका प्रबन्ध निर्देशक रब्स सापकोटाले बताए ।
टप वान मिडियाले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष सहभागीहरुका लागी धमाधम फर्म वितरण भईरहेको छ । प्रतियोगितामा भाग लिनको लागि १५ बर्ष माथिकाले भाग लिन सक्नेछन । यस प्रतियोगिताको बिजेताले काठमाडौ मा हुने नेपाल फेस अफ मोड्ल तथा थाईलैण्डमा हुने अन्तराष्ट्रिय फेशन शो मा भाग लिन पाउने लगायतका विभिन्न अवसर पाउने छन् भने चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक रब्स सापकोटाले गराएका छन् ।