काठमाडौं, पुस-१९ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति म्यानचेस्टर युनाइटेडले लगातार चौथो जित निकाल्दा न्यूक्यासललाई दुई शुन्य गोलले हराएको छ ।
न्यूक्यासलको घरेलु मैदानमा भएको रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले ६४ औं मिनेटमा गोल गर्दै पाहुना टिम युनाईटेडलाई अग्रता दिलाए । त्यसपछि लगत्तै युनाइटेडको जितमा ८० औं मिनेटमा मार्कुस रासफोर्डले दोस्रो गोल थपे ।
जितपछि युनाईटेडका प्रशिक्षक गुनरले आफु क्लव छोड्न चाहेको हल्लमात्र भएको प्रतिक्रिया दिएका छन ।
आफ्ना खेलाडीले पछिल्ला चार खेलमा जस्तो प्रदर्शन गरेका छन, त्यो आफ्ना लागि निकै उत्साहजनक रहेको जनाउदै सबै खेलाडीको खुलेर प्रंशसा गरेका छन ।
अर्को खेलमा भने चेल्सी बटम थ्री मा रहेको क्लव साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकिन पुग्यो । जितपछि युनाईटेडले २१ खेलबाट ३८ अंक बनाएको छ भने चेल्सीको ४४ अंक छ ।
गए राति नै भएको अर्को खेलमा महत्वपूर्ण जित निकाल्दै बर्नली रेलिगेशन जोनबाट माथि उक्लिन सफल भएको छ ।
अवे मैदानमा भएको खेलमा बर्नलीले पहिलो १० खेलाडीमा सीमित भएको हडर्ल्सफिल्ड टाउनलाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलमा अग्रता हडर्ल्सफिल्डले लिएको भए पनि जित बर्नलीले निकाल्यो ।
महत्वपूर्ण जितपछि रेलिगेशन जोनबाट बाहिर आएको बर्नली २१ खेलबाट १८ अंकसहित १६ औँ स्थानमा उक्लेको छ ।
पुछारको हडर्ल्डफिल्डको भने १० अंक रहेको छ ।
बुधबार राति नै भएका अन्य खेलमा क्रिष्टल प्यालेसले वुल्भ्सलाई २–० ले हराएको हराउदा चेल्सी भने साउथह्याम्पटनसँग गोलरहित तथा बोर्नमाउथ वाट्फोर्डसँग ३–३ को बराबरीमा रोकिएको छ ।