Juna shrestha

काठमाडौं, पुस- १२ ।

पोख्रेली दिदिबहिनी समुहमा विगत अठार वर्ष देखि आवद्द हुदै ट्रेजरको रुपमा रही विभिन्न समाजसेवामुलक कार्यमा अग्रसर जुना श्रेष्ठ समाज सेवाको क्षेत्रमा चिरपरिचित नाम हो ।
नयाँवजार, पोखरामा जन्मिएकि श्रेष्ठ विगत लामो समयदेखि काठमाडौंको चावहिलमा स्थायी रुपमा रहदै आएकि छिन ।

juna shrestha
२०४३ सालमा विश्वकै उत्कृष्ट नोटको सुचीमा सुचीकृत नेपाली नोटका डिजाईनर सुन्दर श्रेष्ठसंगको बैवाहिक सम्बन्धमा गाँसिन पुगेकी श्रेष्ठ पेशाले एक सफल महिला व्यवसायीको रुपमा समेत चिनिन्छिन । श्रीमान संसारकै उत्कृष्ट भनिएको नेपाली नोटहरुको डिजाईनर भए संगै काठमाडौको बागबजारस्थित आईडल डिजाईनिङ सन्चालनमा आवद्दभए पछि उनी समेत त्यसैमा आवद्द हुन पुगिन ।

Juna shrestha

आईडल डिजाईनिङ नेपालमै फिल्मि क्षेत्रको पोस्टर डिजाईनिङमा सु-प्रसिद्द रहदै आएको छ । त्यसैगरी राजधानी तथा राजधानी बाहिर हुने विभिन्न इभेन्थरुको पोस्टर तथा अवार्ड डिजाईनिङमा विगत लामो समयदेखि एकछत्र राज गर्दै आएको छ ।

juna shrestha

सफल व्यवासायी हुदै समाजसेवामा समेत त्यतिकै सक्रिय श्रेष्ठ क्यान्सर रिलिफ सोसाईटिको वोर्ड मेम्बर रहनुको साथै लायन्स क्लव अफ काठमाडौं युनाईटेड, कालिमाटीको ट्रेजरको रुपमा समेत रहदै आएकि छिन । सामाजिक कार्य गर्दा आफुलाई ज्यादै खुसी मिल्ने बताउने श्रेष्ठ पोख्रेली दिदिबहिनी समुहबाट सामाजिक कार्यमा सरिक रहँदै आएकि छिन । विपन्न गाउँ तथा समुदायहरुमा गएर क्यान्सर पिडित महिलाहरु (विशेष गरेर इटाभट्टामा कार्यरत)लाई लक्षित गरी स्वास्थ्य शिविर सन्चालन गर्ने देखि लिएर काठमाडौंको कुपण्डोलस्थित प्रकृति स्कुलमा २५ जना बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने जस्ता विभिन्न किसिमका सामजिक कार्यहरुमा पोख्रेली दिदिबहिनी समुहको तर्फवाट महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकि छिन ।

juna shrestha

समाजसेवामा पुर्याएको योगदानको कदर स्वरुप श्रेष्ठ विभिन्न राष्ट्रियस्तरका सम्मानहरुबाट सम्मानित भै सकेकि छिन । विभिन्न संघसंस्थामा अवद्द हुने क्रममा श्रेष्ठ महिला चलचित्र संघको ट्रेजरको रुपमा समेत अवद्द रहँदै आएकि छिन । स्कुल स्तरमा नृत्यमा निकै नै रुची राख्ने श्रेष्ठले विभिन्न भजनहरुमा अभिनय समेत गरिसकेकी छिन ।

juna shrestha

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here