आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

बन्द भयो श्रीराम सुगर मिल्स

बन्द भयो श्रीराम सुगर मिल्स

आर्थिक, समाचार
श्रीराम सुगर मिल्स सधैँका लागि बन्द भएको छ । मिलले औपचारिक रुपमै सधैँको लागि बन्द भएको घोषणा गरेको हो । मिलको सञ्चालक समितिले २ अर्ब १७ करोड रुपैयाँ घाटा देखाएर बन्द गरेको छ । कम्पनीको जर्जर आर्थिक अवस्था र पुँजीको अभावको कारण कम्पनी व्यवस्थापन पक्षले विगत चार महिनादेखि उद्योगमा कार्यरत श्रमिकहरुको कर्मचारी संञ्चयकोष बापतको रकम र पारिश्रमिकसमेत भुक्तानी गर्न सकेको छैन । गत आर्थिक वर्षमा पनि कम्पनीले जम्मा १३ दिनमात्र क्रसिङको लागि खुलेको जनाएको छ । गत फागुन १३ गतेदेखि मिल्स पूर्ण रुपमा बन्द रहेको कम्पनीले जनाएको छ । सञ्चालकहरु करौडौँ खर्च गरेर मिललाई बचाउन खोजेपनि नसकेपछि अन्नतः बन्दको घोषणा गर्नु परेका जनाएको छ । हरेक वर्ष कम्पनी करोडौं रुपैयाँको घाटामा जान थालेपछि बाध्य भएर बन्द गर्नु परेको उसले एक सूचनामार्फत भनेको छ । कम्पनीले उखु किसानलाई करोडौं रुपैयाँ भुक्तानी गर्न सकेको छैन।...
ग्यापु अनलाइन व्यापारलाई ५० हजार जरिवाना

ग्यापु अनलाइन व्यापारलाई ५० हजार जरिवाना

अपराध, आर्थिक, समाचार
काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन व्यापार कम्पनी ग्यापु मार्केट प्लेस प्रालिलाई जरिवाना गरेको छ। अनलाइन व्यवसाय दर्ता नगरी व्यवसाय संचालन गरेको भन्दै विभागले आइतबार कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो। विभागका अनुसार अनलाइन व्यापारका लागि वाणिज्य विभागमा दर्ता हुनुपर्ने कानुनी प्रावधान रहेपनि उक्त कम्पनीले दर्ताबिनै कारोबार गरिरहेको भेटिएको हो। ‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० ९२० बमोजिम अनलाइन व्यवसाय दर्ता नगरी व्यवसाय संचालन गरेकोले दफा ३८ (ट) को कसुरमा सोही ऐनको दफा २९ उपदफा १ को घ अनुसार कारबाही गएिको’ विभागले जनाएको छ। ...
नागार्जुनका घरधनी ऋषि अधिकारीले दिए घर भाडा छुट

नागार्जुनका घरधनी ऋषि अधिकारीले दिए घर भाडा छुट

आर्थिक, समाचार
नागार्जुन नगरपालिका एक घरधनीले आफ्नो घरमा भाडामा बस्नेहरुलाई १ महिनाको घरभाडा मिनाहा गरेका छन । काठमाडौ नागार्जुन १० घ्याम्पे टोल निवासी घरधनी ऋषि अधिकारीले आफ्नो घरमा भाडामा बस्ने सम्पूर्ण बहालवालाहरुलाई १ महिनाको भाडा नलिनुका साथै बांकी रहेको घरभाडा समेत समय अनुकुल मिलाएर तिर्न आग्रह गरेको सोही घरभाडामा बस्ने सीता खड्काले बताईन । कोराना कहरले गर्दा लकडाउन भएकोले घरमा बस्नेहरुको आम्दानीको श्रोत व्यबस्थापन गर्न कठिनाई भएको र आफु पनि पहिले घरभाडामै बसेकोले घरभाडामा बस्नेको पिडा आफुले राम्रो संग बुझेकोले उक्त निर्णय लिएको घरधनी अधिकारीले बताए ।घरधनी अधिकारीको यस्तो निर्णयको प्रशंसा गर्दै उक्त घरमा भाडामा बस्ने किराना व्यबसायी दिपेन्द्र राज श्रेष्ठले उहांको जस्तो कार्य अन्य घरधनीले पनि गरेमा दैनीक गुजारा गरेर खानेहरुलाई ठूलो राहत हुने घरबेटी र भाडामा बस्ने बीचको सम्बन्ध सुमुधुर हुने बताए । ...
जापानमा बसी व्यापार व्यबसाय गर्दै आएका समाजसेबी तथा व्यवसायी केशब अधिकारीको चौतारो रेष्टुरेन्ट संचालनमा

जापानमा बसी व्यापार व्यबसाय गर्दै आएका समाजसेबी तथा व्यवसायी केशब अधिकारीको चौतारो रेष्टुरेन्ट संचालनमा

आर्थिक, समाचार
बिगत २२ बर्ष देखि जापानमा बसी व्यापार व्यबसाय गर्दै आएका समाजसेबी तथा व्यवसायी केशब अधिकारी अहिले जापानमा नेपाली व्यावसायिहरु मध्येमा अग्र स्थानमा रहेका छन । जापानिज वाइनबार जापानीज रेस्टुरेन्ट (इजागया) बाट व्यवसाय सुरु गरेका अधिकारीले अहिले जापानको अन्तर्राष्ट्रिय विमान स्थल हानेदा एयरपोर्ट बाट दस मिनेटको दुरिमा रहेको कामता स्टेसनमा जापानमै नेपाली रेस्टुरेन्टहरु मध्ये हाल सम्मकै सबैभन्दा ठुलो २५० भन्दा बढी क्षमता रहेको चौतारो रेस्टुरेन्ट संचालनमा ल्याएका छन । उनले ५० / ६० जना नेपाली तथा जापानीजहरुलाइ समेत रोजगारी दिदै आएका छन, उक्त रेस्टुरेन्टमा नेपाली कला संस्कृती तथा विश्व सम्पदा सुचिमा परेका सांस्कृतिक सम्पदा झल्किने खालका चित्रहरुलाइ भित्तामा चौतारो सङगै चित्रण गरिएको छ ,नेपालमै रहेको अनुभुती दिलाउने रेस्टुरेन्टका संयोजक बिनय श्रेष्ठले बताए । विशेष गरि नेवारी खानाका साथमा थकाली खा...
‘कोभिड–१९ फोटो प्रतियोगीता’ हुदै विजेताले २५ हजार पाउने

‘कोभिड–१९ फोटो प्रतियोगीता’ हुदै विजेताले २५ हजार पाउने

आर्थिक, मनोरन्जन, समाचार
काठमाडौं– विश्व फोटो दिवस अगस्ट १९ लाइ मध्ये नजर गरेर फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । आम नेपाली नागरिकले यस प्रतियोगिमा सहभागि भै पुरस्कार र प्रमाण प्रत्रप्राप्त गर्न सक्ने उक्त संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता दिदै आइरहेको छ भन्ने कुराको संहग्र गर्ने उद्देश्यले वर्तमानमा यसले पारेको असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेजका रुपमा प्रस्तुुत गरी कोभिड १९ फोटो प्रतियोगिता फोटो पसल प्रालिले गर्न लागेको प्रतियोगिता संयोजक हरी पाण्डेले जानकारी दिए । यसका साथै अगस्ट १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर फोटोग्राफी सम्बन्धी व्यवसाय एवं यस सम्वन्धि रुची राख्ने नेपाली नागरिकहरुलाई सम्मान गर्नु पनि रहेको संस्थाका प्रबन्ध नि...
चीनद्वारा पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण

चीनद्वारा पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण

अन्तराष्ट्रिय, आर्थिक, समाचार
 साउन – अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ । चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (“स्वर्गको जिज्ञासा”) राखेको छ । चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका थिए । साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गर्नु भएको थियो । पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअ...
सनराइजन बैंकले २४ घण्टामै १ करोडसम्मको एसएमइ सस्तो कर्जा दिने

सनराइजन बैंकले २४ घण्टामै १ करोडसम्मको एसएमइ सस्तो कर्जा दिने

आर्थिक, समाचार
काठमाडौं । सरनराइज बैंकले सस्तो ब्याजदरमा २४ घण्टामै १ करोड रुपैयाँ एसएमई कर्जा दिने घोषणा गरेको छ । बैंकले “सन्राइज सरल एसएमई कर्जा” नामक कर्जा ९.९५५ वार्षिक ब्याज दरमा दिने भएको हो । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्वेश्यले सो योजना ल्याएको बैंकले जनाएको छ । उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ । जस अन्र्तगत ग्राहकले १ करोड रुपैयाँसम्मको कर्जा सहुलियत ब्याजदरमा ग्राहकले प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्य...
साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष तथा बरिष्ठ उद्योगपति लक्ष्मीदास मानन्धर अस्पताल भर्ना

साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष तथा बरिष्ठ उद्योगपति लक्ष्मीदास मानन्धर अस्पताल भर्ना

आर्थिक, समाचार
काठमाडौं, पूर्व सांसद एवम् प्रतिष्ठित उद्योगपति लक्ष्मीदास मानन्धरलाई अस्पताल भर्ना गरिएको छ । आफ्नै निवासमा लडेर घाईते भए पछि मानन्धरलाई उपचारका लागि बागबजार स्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको छ । आंगनमा ओर्लने क्रममा खुट्टा चिप्लिएर उनी लडन पुगेका थिए । उनको दायाँ खुट्टाको हडडी भांचिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन । ९३ वर्षिय मानन्धरलाई थप उपचारका लागि आजै नेपाल मेडिसिटी अस्पताल लैजाने तयारी पनि गरिएको छ । हाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड का संचालक समिती अध्यक्ष समेत रहेका मानन्धर तत्कालिन एमालेबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । उनी उद्योग वाणिज्य समितीको सभापती समेत थिए । ...
एक जिल्लाबाट अर्को जिल्लामा छोटो दूरीका बस चलाउन दिने सरकारको निर्णय

एक जिल्लाबाट अर्को जिल्लामा छोटो दूरीका बस चलाउन दिने सरकारको निर्णय

आर्थिक, समाचार
सरकारले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसबारे निर्णय गरेको हो । सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यस अघि सरकारले एउटा जिल्ला भित्र मात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो नियम उपत्यकाको हकमा भने लागू थिएन ।यस्तै आगामी भदौ १ गतेदेखि सरकारले हवाई उडान पनि थाल्ने भएको छ । यसैबीच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन् । ...
भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु हुने

भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु हुने

आर्थिक, समाचार
सरकारले भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुला गर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको हो। ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान भदौ १ देखि सुरु गर्ने निर्णय भएको छ,’ पर्यटनमन्त्री योगेश भट्टराइले भने, ‘त्यसका लागि आवश्यक प्रोटोकल (कार्यबिधि) बनाउने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ।’ ...