बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नागार्जुनका घरधनी ऋषि अधिकारीले दिए घर भाडा छुट

नागार्जुन नगरपालिका एक घरधनीले आफ्नो घरमा भाडामा बस्नेहरुलाई १ महिनाको घरभाडा मिनाहा गरेका छन । काठमाडौ नागार्जुन १० घ्याम्पे टोल निवासी घरधनी ऋषि अधिकारीले आफ्नो घरमा भाडामा बस्ने सम्पूर्ण बहालवालाहरुलाई १ महिनाको भाडा नलिनुका साथै बांकी रहेको घरभाडा समेत समय अनुकुल मिलाएर तिर्न आग्रह गरेको सोही घरभाडामा बस्ने सीता खड्काले बताईन । कोराना कहरले गर्दा लकडाउन भएकोले घरमा बस्नेहरुको आम्दानीको श्रोत व्यबस्थापन गर्न कठिनाई भएको र आफु पनि पहिले घरभाडामै बसेकोले घरभाडामा बस्नेको पिडा आफुले राम्रो संग बुझेकोले उक्त निर्णय लिएको घरधनी अधिकारीले बताए ।
घरधनी अधिकारीको यस्तो निर्णयको प्रशंसा गर्दै उक्त घरमा भाडामा बस्ने किराना व्यबसायी दिपेन्द्र राज श्रेष्ठले उहांको जस्तो कार्य अन्य घरधनीले पनि गरेमा दैनीक गुजारा गरेर खानेहरुलाई ठूलो राहत हुने घरबेटी र भाडामा बस्ने बीचको सम्बन्ध सुमुधुर हुने बताए ।

अधिकांश घरधनिहरुको मुख्य आम्दानीको श्रोत घरभाडा नै रहेको यथार्थबाट हामी अनभिज्ञ छैनौं तथापी यस्तो विषम परिस्थितिमा हाम्रा घरधनीको यस्तो महान कार्यले समाजमा काठमाडौका घरबेटी प्रति हेरिने दृष्टिकोण सकरात्मक हुनेमा विश्वस्त रहेको विगत ६ बर्षदेखि सोही घरमा बस्ने राजेश मिजारकोटीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *