आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

कालीमाटी क्षेत्रका दुई खाद्य गोदाम सिल

कालीमाटी क्षेत्रका दुई खाद्य गोदाम सिल

आर्थिक, समाचार
काठमाडौं । वाणिज्य विभागले कालीमाटी तथा कुलेश्वर क्षेत्रमा रहेका दुई वटा खाद्य गोदाम सिल गरेको छ ।कालीमाटीको एएसएस मार्केटिङ र अर्को एक खाद्य भण्डारमा चिनी शंकास्पद भण्डारण पाईएपछि सिल गरिएको विभागले जनाएको छ । एएसएस मार्केटिङमा भेटिएको १६ क्विन्टल चिनीको खरिद गरेको विवरण र बिक्रीको बिबरण नमिलेको देखाइएको र गोदाममा हेर्दा चिनीको मात्रा नमिलेकाले प्रहरीको रोहवरमा गोदाम सिलबन्दी गरिएको विभागका निर्देशक एवम् अनुगमन शाखा प्रमुख सागर मिश्रले बताए । त्यस्तै विभागले अर्को एक गोदाममा चिनी भेटिएको तर गोदाम धनी सम्पर्कमा नआएपछि उक्त गोदामलाई पनि सिल गरेर धनीलाई कार्यालयमा सम्पर्क गर्न बोलाइएको विभागको भनाइ छ । विभागले मूल्यसूची नराखी तरकारी बिक्री गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारको दुई वटा तरकारी पसललाई पाँच पाँच हजार जरिवाना गराएको छ । मूल्य सूची नराखी मनोमानी मूल्यमा तरकारी बिक्री गर...
अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाए

अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाए

आर्थिक, समाचार
काठमाडौँ, १९ साउन – बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन् । नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्स, भारतको इण्डिगो एयर, चीनकोे एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजीरा एयर, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले निय...
चीनसँग खरिद गरेका छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’

चीनसँग खरिद गरेका छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’

आर्थिक, समाचार
काठमाडौँ – सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छ वटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने निर्णय गरेसँगै नेपाली आकाशमा चिनियाँ जहाजको उडानमा अहिलेलाई पूर्णविराम लागेको हो । आन्तरिक उडानमा पनि निगमलाई प्रतिस्पर्धी बनाउने र विकट क्षेत्रमा नियमित उडान गर्ने उद्देश्यसाथ २०७१ वैशाखमा निगमले चीनमै निर्मित ५६ सिट क्षमताका दुईवटा एमए ६० र १७ सिट क्षमताका चारवटा वाई १२ जहाज ल्याएको थियो । यसमध्ये एउटा एमए ६० र एउटा वाई १२ जहाज निगमको अनुदानमा र बाँकी चारवटा जहाज चीनकै एक्जिम बैङ्कसँग ऋण लिएर निगमले साढे चार अर्ब रुपियाँमा खरिद गरेको थियो । पहिलोपटक २०७१ वैशाखमा चिनियाँ जहाज भित्रिएदेखि नै बारम्बारको प्राविधिक समस्या र आर्थिक भारका कारण निगमले यसको...
चर्चित कलाकार किरण केसी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ‘उपभोक्ता अधिकार सद्भावनादूत’मा नियुक्त

चर्चित कलाकार किरण केसी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ‘उपभोक्ता अधिकार सद्भावनादूत’मा नियुक्त

आर्थिक, समाचार
काठमाडौं । चर्चित कलाकार किरण केसी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपभोक्ता अधिकार सद्भावनादूतमा नियुक्त भएका छन । कलाक्षेत्रमा मात्र नभै समाज परिवर्तनका लागी दृढ विश्वास सहि दिशानिर्देश र निरन्तर कार्य संचालन तथा निष्पक्ष निर्भय कानून कार्यान्वयन एवं सचेतना अभिवृद्धिमा उतिकै सक्रिय रहेका कारण केसीलाई विभागको सद्भावनादूतमा नियुक्त गरिएको छ ।मनोरन्जन क्षेत्रमा रहेर लाखौ करोडौ आमदर्शकको मन जितिसकेका कलाकार केसीको ‘असल सोच विचारले स्नेह र हितपूर्ण स्वच्छ विचार अनि मैत्रीभावले खबर आदान प्रदान गर्न महत्वपूर्ण अभिभारा वहन गर्ने हेतु आफुलाई दिएको उक्त जिम्मेवारीले थप उर्जा मिलेको र यस पुण्यकार्यलाई आफू निश्पक्ष रुपमा व्यवहारमा उतार्न सदा तत्पर रहने’ कुरा केसीले बताए । ‘अखाद्य वस्तुको प्रयोगले मानवीय स्वास्थ्यमा पर्ने नकरात्मक असरले एक व्यक्तिलाई मात्र नभई सम्पूर्ण परिवारकै स्...
मेलम्चीको पानी मङ्सिरमा आउन सक्ने

मेलम्चीको पानी मङ्सिरमा आउन सक्ने

आर्थिक, समाचार
काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वारको संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते हुने गरी भएको घटनाको प्राविधिक अध्ययन समितिले डिजाइनिङ र जडानमा पुनः समीक्षा गर्नुपर्ने सुझाव दिएको छ । यसका कारण मेलम्ची खानेपानी आयोजनाले पानी आपूर्ति दिने समय कम्तीमा थप दुई महिना ढिला हुने देखिएको छ । पूर्वनिर्धारित समयअनुसार आगामी असोजमा आउने भनिएको मेलम्ची अब कम्तीमा दुई महिना पर धकेलिएको छ । समितिले अकस्मात् खुलेको गेटसँगै थप दुईवटा गेटको समीक्षा गर्न सुझाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए । उनका अनुसार गेटको ‘नटबोल्ट फेल’ भएर खुल्यो । त्यस कारण डिजाइन र जडानको प्राविधिक पक्षलाई समीक्षा गर्नुपर्ने भएको छ । ...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको  रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रबृहत्तर गुरुयोजना

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रबृहत्तर गुरुयोजना

आर्थिक, समाचार
काठमाडौं । रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजनमा जमलस्थित यसअघि परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौँको मौलिकता झल्काउने र खुला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रङ्गशालासम्मलाई समावेश गरेर गुरुयोजनाको प्रस्ताव तयार पारेको छ । जसमा शुरुआती चरणमा घण्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवनलाई प्रवलीकरण गरी जस्ताको जस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घण्टाघरतर्फ रहेको भवनको प्रवलीकरणका लागि गत वर्ष विस्तृत परियोजना प्रस्ताव ...
पारिश्रमिकको विषयमा रोजगारदाता र ट्रेड युनियनबीच ७ बुँदे सहमति

पारिश्रमिकको विषयमा रोजगारदाता र ट्रेड युनियनबीच ७ बुँदे सहमति

आर्थिक, समाचार
लकडाउनको समयमा दिने पारिश्रमिकको विषयमा रोजगारदाता र ट्रेड युनियनबीच सहमति भएको छ । काममा नजाने श्रमिकले चैतको पुरा तथा वैशाख र जेठ महिनाको आधा तलव पाउने भएका छन्। नेपाल रोजगारदाता परिषद र श्रमिक संगठनहरुबीच भएको ७ बुँदे सहमति अनुसार लकडाउनको अवधिमा काममा नगएका श्रमिकहरुलाई तलब उपलब्ध गराइने भएको हो। रोजगारदाताको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा श्रमिकका तर्फबाट संयुक्त ट्रेड युनियन सहित ८ वटा मजदूर संगठनले सम्झौतामा हस्ताक्षर गरेका छन्। उद्योग व्यवसाय क्षेत्रको प्रकृति फरकफरक हुने भएकोले व्यवसायको प्रकृति र अवस्था अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लकडाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित वस्तुगत संघ तथा सो क्षेत्रसँग सम्बन्धित उद्योग प्रत...
४ जनामा कोरोना संक्रमण पुष्टि पछि जगदम्बा इन्टरप्राइजेज सिल

४ जनामा कोरोना संक्रमण पुष्टि पछि जगदम्बा इन्टरप्राइजेज सिल

आर्थिक, समाचार
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो । स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना अर्को सूचना जारी नभएसम्म उद्योग प्रवेशमा प्रशासनलेले रोक लगाइएको हो । जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गत साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयूमा कक्षमा उपचाररत छन् । सीमावर्ती भारतीय राज्य बिहारमा संक्रमितको संख्या बढ्दै गइरहेको अवस्था र नेपालमा लकडाउनकै समयमा जगदम्बाले भारतबाट लुकाइ छिपाई मजदुर ल्याएर काम गराइरहेको सूचना प्रशासनसम्म पुगेको थियो । ...
बिराटनगर भन्सारबाट २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन

बिराटनगर भन्सारबाट २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन

आर्थिक, समाचार
विराटनगर । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६÷७७ मा कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ। सो अवधिमा कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा २१ अर्ब २८ करोड २६ लाख १७ हजारले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरको छ। कार्यालयबाट प्राप्त जानकारी अनुसार आव २०७४÷७५ मा ३२ अर्ब ८१ करोड ३० लाख ८३ हजार राजश्व सङ्कलन भएको थियो भने सो अवधिमा ३१ अर्ब २४ कारेड ४८ लाख ८१ हजार लक्ष्यमा एक अर्ब ५६ करोड ८२ लाख दुई हजारले बढी अर्थात १०५ दशमलव शूल्य दुई प्रतिशत प्रगति गरेको थियो। यस्तै, आव २०७५÷७६ मा कूल ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार मात्र राजश्व सङ्कलन गरेको थियो । आव २०७४÷७५ मा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गर्न सफल सो कार्यालयले आव २०७५÷७६...
सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ,एकै दिन ७ सय बढ्यो

सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ,एकै दिन ७ सय बढ्यो

आर्थिक, समाचार
सुन प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ कायम भएको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९७ हजार ५ सय रुपैयाँ रहेको सुन एकै दिन ७ सय रुपैयाँ बढेको हो। चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ। मंगलबार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ। ...