बन्द भयो श्रीराम सुगर मिल्स
श्रीराम सुगर मिल्स सधैँका लागि बन्द भएको छ । मिलले औपचारिक रुपमै सधैँको लागि बन्द भएको घोषणा गरेको हो । मिलको सञ्चालक समितिले २ अर्ब १७ करोड रुपैयाँ घाटा देखाएर बन्द गरेको छ । कम्पनीको जर्जर आर्थिक अवस्था र पुँजीको अभावको कारण कम्पनी व्यवस्थापन पक्षले विगत चार महिनादेखि उद्योगमा कार्यरत श्रमिकहरुको कर्मचारी संञ्चयकोष बापतको रकम र पारिश्रमिकसमेत भुक्तानी गर्न सकेको छैन । गत आर्थिक वर्षमा पनि कम्पनीले जम्मा १३ दिनमात्र क्रसिङको लागि खुलेको जनाएको छ । गत फागुन १३ गतेदेखि मिल्स पूर्ण रुपमा बन्द रहेको कम्पनीले जनाएको छ ।
सञ्चालकहरु करौडौँ खर्च गरेर मिललाई बचाउन खोजेपनि नसकेपछि अन्नतः बन्दको घोषणा गर्नु परेका जनाएको छ । हरेक वर्ष कम्पनी करोडौं रुपैयाँको घाटामा जान थालेपछि बाध्य भएर बन्द गर्नु परेको उसले एक सूचनामार्फत भनेको छ ।
कम्पनीले उखु किसानलाई करोडौं रुपैयाँ भुक्तानी गर्न सकेको छैन।...









