बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

ग्यापु अनलाइन व्यापारलाई ५० हजार जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन व्यापार कम्पनी ग्यापु मार्केट प्लेस प्रालिलाई जरिवाना गरेको छ। अनलाइन व्यवसाय दर्ता नगरी व्यवसाय संचालन गरेको भन्दै विभागले आइतबार कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

विभागका अनुसार अनलाइन व्यापारका लागि वाणिज्य विभागमा दर्ता हुनुपर्ने कानुनी प्रावधान रहेपनि उक्त कम्पनीले दर्ताबिनै कारोबार गरिरहेको भेटिएको हो। ‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० ९२० बमोजिम अनलाइन व्यवसाय दर्ता नगरी व्यवसाय संचालन गरेकोले दफा ३८ (ट) को कसुरमा सोही ऐनको दफा २९ उपदफा १ को घ अनुसार कारबाही गएिको’ विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *