शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आर्थिक

नेपाल चेम्बर एक्स्पो २०१८ शुरु, समुदघाटन समारोहमा सुकी सरिक

नेपाल चेम्बर एक्स्पो २०१८ शुरु, समुदघाटन समारोहमा सुकी सरिक

आर्थिक, समाचार
नेपाल चेम्बर्स अफ कमर्शको आयोजनामा भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०१८ शुरु भएको छ । विहिबार शुरु भएको एक्स्पोको समुदघाटन समारोहमा म्यानमारका स्टेट काउन्सिलर आङसाङ सुकी समेत सरिक रहिन । समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुकीले नेपाल र म्यानमारबीचको व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताएकी छिन् । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उनले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताइन् । नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गरिन् । अर्काे प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै...
लाङटाङ घुम्ने पर्यटकको संख्या बढ्यो

लाङटाङ घुम्ने पर्यटकको संख्या बढ्यो

आर्थिक, समाचार
रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जमा भ्रमण गर्नेहरुको संख्या गतबर्षको भन्दा दोब्बरले बृद्वि भएको लाङटाङ राष्ट्रिय निकुञ्ज स्रोतले जनाएको छ । निकुञ्जका अनुसार गतवर्ष कार्तिक महिनामा करिब दुई हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेकोमा यस बषर्को कार्तिक महिना सम्ममा मात्रै ४ हजार ७ सय ९८ जनाले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । घुम्नका लागि काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले बस्ती नजिकैबाट लाङटाङ ग्लासियर र हिमालको अवलोकन समेत गर्न सकिने हुँदा पर्यटकको रोजाइमा लाङटाङ पर्ने गरेको हो । भूकम्पले तहसनहस बनाएको पदमार्ग तथा होटलहरूको पुनर्निर्माण सम्पन्न भएसंगै पछिल्लो वर्ष लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक पनि बढदै गएका छन् । यस क्षेत्रमा सार्क मुलुकलगायत लाङटाङ क्षेत्र घुम्न आउने अन्य देशका पर्यटकहरूमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्र...
‘नेपाल चेम्बर एक्स्पो २०१८’ मङ्सिर १३ बाट शुरु

‘नेपाल चेम्बर एक्स्पो २०१८’ मङ्सिर १३ बाट शुरु

आर्थिक, समाचार
काठमाडौं, १2 मङ्सिर- नेपाल चेम्बर अफ कर्मसले च्याम्बरको केन्द्रिय कार्यालय भवनमा मंगलवार पत्रकार सम्मेलन गरि ‘नेपाल चेम्बर एक्स्पो २०१८’ मङ्सिर १३ बाट शुरु हुने जनाएको छ । पत्रकार सम्मेलन माझमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात प्रवद्र्धन तथा बैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यका साथ चौथो इन्टरनेशनल चेम्बर मेला गर्न लागिएको बताए । १ सय ९० वटा स्टल रहने सो मेलामा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाएन्स लगायतका स्टल रहने आयोजकले जानकारी दिएको छ । ५ दिन सम्म चल्ने सो मेलामा ब्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सुचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । उनले गुणस्तरीय सामान प्रयोग गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ मेलामा उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धिलाई प्र...
योगदानमा आधारित सामाजिक सुरक्षा, श्रमको सम्मान र श्रममा लाग्न उत्प्रेरणा दिने : प्रधानमन्त्री ओली

योगदानमा आधारित सामाजिक सुरक्षा, श्रमको सम्मान र श्रममा लाग्न उत्प्रेरणा दिने : प्रधानमन्त्री ओली

आर्थिक, समाचार
काठमाडौं, मंसिर ११ । सरकारले निजी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरणको व्यवस्थासहित ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्धावस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम लागु गरेको हो । मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमले श्रमको सम्मान र श्रममा लाग्न उत्प्रेरणा दिने जनाउनुभयो । कार्यक्रममा श्रम मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमप्रति सम्मानको भाव विकसित हुने जनाउनुभयो । उहाले बौद्धिक क्षेत्रमा काम गर्नेलाई पनि कार्यक्रमले विस्तारै समे...
नेपाल वुमन च्याम्बरको आयोजनामा बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न

नेपाल वुमन च्याम्बरको आयोजनामा बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न

Featured, आर्थिक, समाचार
 काठमाडौं, ०९ मङ्सिर- नेपाल वुमन च्याम्बरको आयोजनामा अाइतबार बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ । राष्ट्र बैंकका डिपुटि गभर्नर चिन्तामणी शिवाकोटीको प्रमुख आतिथ्यता माझ जमल स्थित च्याम्बर भवनमा अायोजित कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वुमन च्याम्बरका अध्यक्ष डा. अन्जान शाक्य लगायत उल्लेख्य संख्यामा महिला उधेमीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा बित्त साक्षरता कार्यक्रमको सान्दर्भिकता माथि प्रकाश पार्दै वित्त कारोवारमा अनुशासनहिनतालाई निरूत्साही गर्न पनि यस किसिमको कार्यक्रम आवश्यक रहेको बताए । उनले खाता, बचत र रिणका बिषयमा सबै जना सचेत रहनुपर्ने तर्फ पनि जोड दिए । कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले तुलनात्मक रुपमा महिला ब्यवसायीहरु बित्त अनुशासनमा अगाडी रहे...
स्मार्ट लाईसेन्सको टेण्डरमा अनियमितताको, बोलपत्र नखुल्दै अख्तियारमा पर्यो उजुरी

स्मार्ट लाईसेन्सको टेण्डरमा अनियमितताको, बोलपत्र नखुल्दै अख्तियारमा पर्यो उजुरी

आर्थिक, समाचार
काठमाडौं– यातायात व्यवस्था विभागबाट आह्वान गरिएको स्मार्ट लाइसेन्सको टेण्डर नै त्रुटिपूर्ण रहेको देखिएको छ । स्मार्ट लाइसेन्सको सप्लाई, डेलिभरी तथा कार्ड प्रिन्टिङ मेशिन खरिदका लागि आह्वान गरेको टेण्डरमा एउटा कम्पनीले मात्र पाउने गरी कार्ड प्रिन्टरको स्पेशिफिकेसन राखेर मिलेमतोमा टेण्डर आह्वान गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । बिहिबार आयोगमा दर्ता भएको ‘८३८३’ दर्ता नम्बरको उजुरीअनुसार विभागले टेण्डरमा उल्लेख गरेको कार्ड छपाई मेशिनको स्पेशिफिकेसन विश्वभर उपलब्ध भएका मेशिनहरु मध्ये ‘डाटाकार्ड’ नामक कम्पनीले उत्पादन गरेको कम्पनीसँग मात्र मेल खाने देखिन्छ । डाटाकार्ड कम्पनीले फ्रान्सेली कम्पनी ‘आईडिमिया’ लाई मात्र उक्त प्रिन्टर उपलब्ध गराएपछि यातायात ब्यवस्था विभागले ‘आईडिमिया’ सँगको मिलेमतोमा टेण्डर आह्वान गरेको तथ्य बाहिरिएको छ । डाटाकार्डले ‘आईडिमिया’...
नेपाल च्याम्बर अफ कमर्श र वुमन  च्याम्बरको आयोजनामा रक्तदान

नेपाल च्याम्बर अफ कमर्श र वुमन च्याम्बरको आयोजनामा रक्तदान

Featured, आर्थिक, समाचार
ललितपुर, ०५ मङ्सिर- राष्ट्रिय कर दिवसको अवसर माझ नेपाल च्याम्बर अफ कमर्श, वुमन च्याम्बरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वुमन च्याम्बरले आन्तरिक राजश्व विभागसँगको सहकार्य माझ पाटन स्थित मंगलबजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो रक्तदान कार्यक्रम माझबाट च्याम्बरका पदाधिकारी एबम कार्य समिति सदस्य, राजश्वका कर्मचारी, च्याम्बरका कर्मचारी, स्थानिय बासिन्दा लगायतले रक्तदान गरेका थिए । कार्यक्रममा संघिय संसदका साम्सद रामकाजी महर्जन, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जन ,नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, च्याम्बरका सह अध्यक्ष राजेन्द्र मल्ल, वुमन च्याम्बरका अध्यक्ष अन्जान शाक्य, वुमन च्याम्बरका सह- अध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ब्यवसायीले कर सँगसंगै सामाजिक दायित्वल...
चिनीको अनियमितता छानविन गर्न लेखासमितिको निर्देशन

चिनीको अनियमितता छानविन गर्न लेखासमितिको निर्देशन

आर्थिक, समाचार
काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिको प्रतिवेदन, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । समितिको गत असोज १८ गतेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिको सिफारिशअनुसार आज बसेको समितिको बैठकले आयोगलाई विस्तृत छानबिनका लागि निर्देशन दिने निर्णय गरेको सभापति भरतकुमार शाहले बताए। समितिले दशैँअघि चिनीको मूल्य रु ६३ गराउन दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन । बैठकले पुनः चिनीको मूल्य रु ६३ कायम गर्न निर्देशन दिने निर्णय ग¥यो । समितिले सङ्घीय, प्रदेश र स्थ...
पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक

पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक

आर्थिक, समाचार
सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो । मंगलबार कार्यालयले जारी गरेको सूचनामा सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ । यस्तै पप्पुलाई ठेक्का प्रक्रियामा सहभागी गराउँदा विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्ने सम्भावना देखिएको सूचनामा लेखिएको छ । कालोस...
बेनी–जोमसोम सडकखण्ड दैनिक आठ घण्टा बन्द

बेनी–जोमसोम सडकखण्ड दैनिक आठ घण्टा बन्द

Featured, आर्थिक, समाचार
जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बेनीदेखि लेते सडकखण्डमा दैनिक बिहान ७ः३० देखि ११ः३० बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ । बेनीबाट मुस्ताङ जाने यात्रुले बिहान साढे ७ बजे र दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म घाँसा तथा मुस्ताङबाट आउने यात्रुले गलेश्वर पार गरिसक्नु पर्ने...