आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

उत्पादन बढेपछि अर्घाखाँचीका कृषक कफी खेतीतर्फ आकर्षित

उत्पादन बढेपछि अर्घाखाँचीका कृषक कफी खेतीतर्फ आकर्षित

आर्थिक, समाचार
अर्घाखाँची, पुस- १६ । अर्घाखाँची जिल्लाका कृषकहरु कफी खेतीमा आकर्षित हुन थालेका छन् । कफी बजारको सुनिश्चितता, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि कृषकहरु यसतर्फ आकर्षित हुन थालेका लागेका हुन् । अर्घाखाँची जिल्लाको कफीले विश्वमै उत्कृष्ट ब्रान्ड पाएको भएतापनि पछिल्लो पाँच वर्षदेखि रोग किराको प्रकोप देखिएपछि उत्पादनमा कमी आएको थियो । तर, गत बर्षदेखि कफीमा लाग्ने किरा नियन्त्रणमा आएसँगै कृषक फेरि यसतर्फ आकर्षित भएका देखिन्छन् । विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढ्दै गएकाले कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न तर्फ लागेको कृषकहरु बताउछन् । अर्घाखाँची जिल्लामा एक सय हेक्टर भन्दा बढी जमिनमा कफी खेती हुँदै आएको छ । अर्घाखाँचीमा उत्पादन भएको कफी जापान, कोरिया, अमेरीकालगायतका देशमा निर्यात हुने गरेको छ ।...
नेपाल महिला च्याम्बरका प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओली बिच भेटवार्ता

नेपाल महिला च्याम्बरका प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओली बिच भेटवार्ता

आर्थिक, समाचार
काठमाडौं, नेपाल महिला च्याम्बरको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के. पि. शर्मा ओलीसँग भेट गरेको छ । भेटका क्रममा प्रतिनिधिमण्डलले नेपाल महिला च्याम्बरका अध्यक्ष अन्जान शाक्यलाई इजरायलका लागि राजदूत नियुक्त गरेकोमा धन्यवाद ज्ञापन गरेको थियो । प्रतिनिधिमण्डलले सरकारको उक्त निर्णय ले महिला उधमी प्रतिको विश्वास प्रतिबिम्बित भएको र सम्पूर्ण महिला उधमीहरुमा उत्साह मिलेको धारणा प्रधानमन्त्री सामू राखेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले एक महिलाको क्षमता दश पुरुष बराबर हुने र नेपाली महिलाहरुमा असिम संभावना रहेको अौल्याउदै नेपाल सरकार उनीहरुलाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए । उनले अनुशाशित योग्य र संस्कारी नागरिक सिर्जना गर्न एक जना महिलाले राष्ट्र, समाज र परिवारलाई दिने योगदान अन्यको दाजोमा धेरै हुने समेत बताए । भेटका क्रममा प्रधानमन्त्री ओलीले महिला उधमीहरुबाट देशले धेरै आशा राख...
८ मिटरका कारण ८ बर्ष देखी रोकिएको अक्सबृज-थसिखेल सडक खण्डले पायो निकास

८ मिटरका कारण ८ बर्ष देखी रोकिएको अक्सबृज-थसिखेल सडक खण्डले पायो निकास

आर्थिक, समाचार
ललितपुर, मङ्सिर- ललितपुर महानगरपालिका ५ नम्बर वडा अन्तर्गतको अक्सबृज-थसिखेल सडक खण्डले निकास पाएको छ । वडा अध्यक्ष बिकासमान श्रेष्ठको नेत्रीत्वमा अाइतबार डोजर चलाइएसंगै उक्त सडकले योजना अनुरुप नै आकार ग्रहण गरेको हो । २०६८ साल मै सरकारी योजनामा परे पनि उक्त सडक खण्डलाई पूर्ण आकार दिन झन्डै ८ बर्ष नै लाग्यो, त्यो पनि करिब ८ मिटरमा कुरा बल्जिदा । महानगर अन्तर्गत रिङरोडको भित्री सडक खण्डको सरदर आठ मिटर क्षेत्र मात्रै बिगत ८ बर्ष देखी नछीचोलिदा सवारी आवागमनमा अवरोध उत्पन्न हुँदै आएको थियो । मुल सडकमा एका तर्फ सवारीको चाप अर्को तर्फ जाम, तसर्थ पनि दु:ख बिमारमा समेत घुमेर नै जानु पर्ने वाध्यता थियो । त्यसैले थुप्रैले यस बाटो कै कारण धेरै नै सकस खेपे । २०६८ सालमा नै खुल्न ठिक्क परेको सडक ८-८ बर्षसम्म रोकिइ राख्यो, कारण थियो मुद्धा र मुद्धा फैसला पस्चातको प्राविधिक नापजाचमा फरकपन । अब भने यस...
मेयर भाडाको फ्ल्याटमा, सेवाग्राही अलमलमा

मेयर भाडाको फ्ल्याटमा, सेवाग्राही अलमलमा

आर्थिक
काठमाडौँ – भूकम्प गएको साढे तीन वर्ष बित्यो । तर जीर्ण भवन पुननिर्माणको कुनै सुरसार छैन । महानगरको बुलेटिनमा नयाँ भवनको सुन्दर तस्बिरसहित महत्वाकांक्षी योजना समावेश छ । जसलाई क्लासिक, नियो क्लासिक र आधुनिक तीनवटै शैलीमा निर्माण गर्न १ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । तर भवन अलपत्र छ । भवन नबनेपछि सेवाग्राहीलाई एकै स्थानबाट सेवा दिनुपर्ने महानगरका विभागहरु ९ स्थानमा सारिए । तर मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्ष भने नजिकैको सुविधासम्पन्न जेडीए कम्प्लेक्समा स¥यो । लिफ्ट चढेर पाँचौ र छैठौँ तलमा सेवाग्राही पुग्नु परेको छ ।  सोधपुछ कक्षका कर्मचारी टेबुलमुनि हिटर राखेर कम्प्युटर चलाइरहेका हुन्छन् । सेवाग्राहीको जिज्ञासामा झर्किदै जवाफ फर्काउँछन् ।...
अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा छ गुणाले वृद्धि,हवाई दुर्घटनामा परी ज्यान गुमाएमा क्षतिपूर्ति बापत न्यूनतम १ करोड ७९ लाख रुपैयाँ प्राप्त गर्ने

अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा छ गुणाले वृद्धि,हवाई दुर्घटनामा परी ज्यान गुमाएमा क्षतिपूर्ति बापत न्यूनतम १ करोड ७९ लाख रुपैयाँ प्राप्त गर्ने

आर्थिक
नेपालको हवाई उड्डयनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ शनिबारदेखि मन्ट्रियल महासन्धि लागू हुने भएको छ । यो महासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुनेछ ।हवाई उड्डयनको माध्यमबाट हुने परिवहनबाट सिर्जित जोखिमबाट यात्रुलाई सुरक्षित गर्ने लक्ष्यका साथ महासन्धि लागू गर्न लागिएको हो । महासन्धिअनुसार हवाई दुर्घटनामा परी ज्यान गुमाएमा क्षतिपूर्ति बापत न्यूनतम १ करोड ७९ लाख रुपैयाँ प्राप्त गर्ने छन् । साविकमा हवाई यात्रुले रु २० लाख अर्थात् २० हजार डलरमात्रै प्राप्त गर्ने गरेका थिए । हवाई यात्रुको बीमामा उल्लेख्य वृद्धि गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन महासन्धि लागू गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । गत असोज ३० गते सङ्घीय संसद्ले मन्ट्रियल महासन्धि अनुमोदन गरेको थियो । यो महासन्...
नेप्से परिसूचक शून्य दशमलव ९३ प्रतिशत बढ्यो

नेप्से परिसूचक शून्य दशमलव ९३ प्रतिशत बढ्यो

आर्थिक, समाचार
नेप्से परिसूचकमा मंगलबार शून्य दशमलव ९३ प्रतिशत बृद्दि भएर बन्द भएको छ । नेप्से बिस्तारै उकालो लागे पनि यस दिनको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा निकै घटेको छ । बजार निरन्तर ओरालो लागेर निराश भएका लगानीकर्ता मंगलबार भने बजार बढेपछि उत्साहित देखिएका छन् । वाणिज्य बैंकहरूले धमाधम लाभांश बाड्ने घोषणा गर्न थालेपछि लगानीकर्ता सो तर्फ आकर्षित भएका देखिन्छन । निरन्तर बजार ओरालो लागेपछि कम्पनीहरूको सेयरमूल्य पनि निकै सस्तिएको हो। लाभांश संकलन गर्ने समयमा सस्तो मूल्यमा राम्रा कम्पनीको सेयर खरिद गर्न लगानीकर्ताहरु बजार प्रवेश गरेका कारण बजार एकाएक बढेको एक ब्रोकरले जनाए । आकर्षक लाभांश घोषणा गरेका बिभिन्न कम्पनीको बुक क्लोज मिति नजिकिएका कारण पनि बजार केही दिन देखि प्रभावित हुदै आएको देखिन्छ । अबका केही दिनमा लगानी बजारले सकारात्मक गति लिने लगानीकर्ताको अपेक्षा छ । लगानी बजार खुलेको पहिलो एक...
पूर्व क्षेत्रको पर्यटकिय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले पुसमा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु हुने

पूर्व क्षेत्रको पर्यटकिय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले पुसमा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु हुने

आर्थिक, समाचार, समाज
काठमाडौं, मंसिर १८ । पूर्व क्षेत्रको पर्यटकिय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ शुरु हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई समेटेर मेची अञ्चलस्तरीय पर्यटन महोत्सव गर्न लागिएको जानकारी दिएको छ । आगामी पुस ५ गतेदेखि पुस १५ गतेसम्म महोत्वस आयोजना गरिने बताइएको छ । सिक्किम र पश्चिम बंगालसहितका लगभग १ लाख आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तथा २ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य आयोजकको रहेको छ । मेची अञ्चलको सम्पुर्ण जिल्लको सांस्कृतिक, आर्थिक र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मेची पहाडि क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौलारीले जानाए । ‘समृद्धिको आधार हाम्रो पर्यटन...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आर्थिक मस्यौदा समितिले आज प्रतिवेदन पेश गर्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आर्थिक मस्यौदा समितिले आज प्रतिवेदन पेश गर्ने

आर्थिक, समाचार
काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज चलिरहेको छ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पाँच दिनदेखि जारी बैठकमा प्रस्तावित विधान मस्यौदामाथि विस्तृत छलफल चल्दै छ । विधान मस्यौदामाथि केन्द्रीय सदस्यहरुले विभिन्न सुझाव दिने कार्यक्रम जारी छ । यही आउँदो मंसिर २८ गतेबाट काठमाडौंमा बस्ने महासमितिको बैठकमा पेश गरिने पार्टीको विधानलाई एकमत बनाउनको निम्ति केन्द्रीय सदस्यहरुले विभिन्न सुझाव दिइरहेका छन् । कांग्रेस महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले फरक मतसहितको विधान मस्यौदा मंसिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए । मस्यौदामाथि टिप्पणी गर्ने सदस्यहरुको संख्या बढ्दै गएपछि छलफल पनि लम्बिँदै गएको छ । आज बस्ने केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको आर्थिक मस्यौदा समितिले प्रतिवेदन पेश गर्...
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

आर्थिक, समाचार
काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए । भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ । यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १२.३२ रुपैयाँ प्रतिलिटरले र डिजेलमा १५.७१ रुपैयाँले सस्तो हो । निगमलाई यो आथिर्क वर्षमा मात्र ३ अर्व ८४ करोड घाटा भइसकेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । खरिद मूल्य अत्याधिक बढेको बखतमा पनि नेपाल स...
पर्यटन ऐनको मस्यौदा चालीस वर्षपछि तयार गरिदै

पर्यटन ऐनको मस्यौदा चालीस वर्षपछि तयार गरिदै

आर्थिक, समाचार
काठमाडौं, मंसिर १६। आफ्नो होटेल परिसरमा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनुपर्ने जुनसुकै प्रकारको राजस्व नतिरेमा सम्बन्धित होटेलले बेहोर्नुपर्ने प्रावधानसहित नयाँ पर्यटन ऐनको मस्यौदा तयार गरिएको छ । सरकारले पहिलोपटक क्यासिनोलाई समेत ऐनमा समेटेर नयाँ ऐनको प्रारम्भिक मस्यौदा बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘संघीय पर्यटन विधेयक, २०७५’ संसदको यहि अधिवेशनमा प्रस्तुत गर्ने योजना भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जनाए । सरकारले ४० वर्षपछि पुरानो पर्यटन ऐन विस्थापित गरी नयाँ ऐन ल्याउन लागिरहेको छ । आज सम्म पर्यटन ऐन २०३५ ्नै कार्यान्वयनमा छ । उक्त ऐन हालसम्म ५ पटकसम्म संशोधन भइसकेको छ । अहिले देशभर सञ्चालित क्यासिनोहरूको क्यासिनो नियमावली,२०७० मार्फत मात्रै नियमन भइरहेको छ । पछिल्लो समय क्यासिनोले नियमसंगत राज्यलाई कर त...