अतिक्रमित ७ लाख ९५ हजार बढी वर्गमिटर जग्गा फिर्ता
काठमाडौं। सरकारले देशका विभिन्न स्थानमा व्यक्तिले अतिक्रमित गरेकाे करिव ७ लाख ९५ हजार ५ सय ६६.७३ वर्गमिटर जग्गा फिर्ता ल्याएकाे छ भने २०७६ असारदेखि हालसम्म ९४ हजार ३ सय २३.०७ वर्गमिटर जग्गा रोक्का गरेकाे छ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका अनुसार विभिन्न जिल्लाहरुमा गरी ९ सय ४६ रोपनी ७ आना २ पैसा पहाडी क्षेत्रको जग्गा र १ सय २५ विगाह, १६ कठ्ठा, १६.५८ धुर तराई क्षेत्रको जग्गा व्यक्तिको नामबाट सरकारको नाममा ल्याइएको छ।
यस्तै, मन्त्रालयका अनुसार पहाडी क्षेत्रमा ६ रोपनी १ आना ४ पैसा ३.९३ दाम जग्गा र तराई क्षेत्रमा १३ विगाह ९ कठ्ठा ७.७५ धुर जग्गा सरकारले रोक्का गरेर राखेको छ।भूमि व्यवस्था मन्त्रालयको २०७६ माघ १२ गतेको निर्णय अनुसार काठमाडौं जिल्लाको गोठाटार ३ मा रहेको कित्ता नं. २९१ को ५ हजार ७ सय ९१ वर्ग मिटर र कित्ता नं. ८० को ३२१.५७ वर्गमिटर जग्गा मन्त्रालयको चलानी न...









