आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

तिर्न सक्ने व्यवसायीले ऋणको सावाँ र व्याज तिर्न एफएनसीसीआईको आग्रह

तिर्न सक्ने व्यवसायीले ऋणको सावाँ र व्याज तिर्न एफएनसीसीआईको आग्रह

आर्थिक, समाचार
काठमाडौं। बैंकको ऋण तिर्ने विषयलाई लिएर उद्योगी र बैंकहरुबीच विवाद भइरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सहज अवस्थामा भएका व्यवसायीलाई ऋणको किस्ता तथा ब्याज तिर्न आग्रह गरेको छ। महासंघले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै तिर्न सक्ने हाल तिर्न सक्ने उद्योगी व्यापारी र व्यवसायीलाई ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न आग्रह गरेको हो। तिर्न नसक्नेहरुका लागि भने नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी मौद्रिक नीतिले सम्वोधन गर्ने महासंघले जनाएको छ। ‘हाल तिर्नसक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन आग्रह गर्दछौं’, महासंघको सूचनामा भनिएको छ, ‘तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्ने आगामी मौद्रिक नीतिमा व्यवस्था हुन महासंघ सम्ब...
कार्यक्रम व्यबस्थापन संघ ‘ईमान’ले घरधनीसंग माग्यो घरभाडामा ५० प्रतिशत छुट

कार्यक्रम व्यबस्थापन संघ ‘ईमान’ले घरधनीसंग माग्यो घरभाडामा ५० प्रतिशत छुट

आर्थिक, समाचार
काठमाडौं , असार :  ‘कार्यक्रम ब्यबस्थापन संघ’ले घरधनिसँग घरभाडा छुट मागेका छन् । कार्यक्रम व्यबस्थापन संघ (ईमान)ले एक विज्ञप्ति जारी गरी कोरोना माहामारीका कारण मनोरन्जन क्षेत्रमा लामो समय देखी विभिन्न टाईटलका सौन्दर्य प्रतियोगिता,फेशन शो, अवार्ड समारोह लगायत मनोरन्जनका साथसाथै व्यक्तित्व विकासका लागी प्रत्यक्ष रुपमा काम गर्दै आईरहेको ईभेन्टस व्यवसाय विस्थापित हुने अवस्थामा पुगेकाले घरभाडामा ५० प्रतिशत छुट गरी सहयोग गर्न आग्रह गरेको छ । ईमानले लकडाउन सुरु भएको चैत्र देखि यो असार मसान्त सम्मको घरभाडामा न्यूनतम ५० प्रतिशतसम्म वा पूर्ण छुटको लागि घरधनिलाई आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ , अधिकांश घरधनिहरुको मुख्य आम्दानीको श्रोत घरभाडा नै रहेको यथार्थबाट हाम्रा व्यबसायीहरु पनि अनभिज्ञ छैनौं तथापी यस्तो विषम परिस्थितिमा व्यवसायीहरुलाई आत्मविश्वासका साथ व्यवसायमा टिकिरहन घरभा...
अवैध मृगौला प्रत्यारोपणको आरोपको मेडिकल कलेज चिवतनद्वारा खन्डन

अवैध मृगौला प्रत्यारोपणको आरोपको मेडिकल कलेज चिवतनद्वारा खन्डन

अपराध, आर्थिक, समाचार
चितवन । पूरानो मेडिकल कलेज चितवनले अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपको खन्डन गरेको छ । मृगौला पीडित बिरामीको जीवन रक्षाका लागि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले तयार गरि प्रमाणित तथा प्रमाणिकरण गरेका कागजपत्रका आधार र विश्वास एबम् प्रत्यारोपण स्वीकृती समितीको सिफारिस बमोजिम कलेजले प्रत्यारोपणको कार्य गर्दै आएको जनाएको छ । कलेजले आज एक विज्ञप्ती जारी गर्दै जिम्मेवार चिकित्सिकहरू, प्रमुख सञ्चालन अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र एक जना अधिवक्तासमेतलाई मानव बेचविखन अनुसन्धान ब्यूरो काठमाडौंले सोधपुछ लागि उपस्थित गराई थप अनुसन्धान गरिरहेको पनि बताएको छ । कुनै पनि घटनाका विषयमा राज्यका अंगहरूले प्रश्न उठाएपछि त्यस सम्बन्धी जानकारी गराउनु, छानविनका लागि सहयोग गर्नुलाई यस स्वास्थ्य संस्थाले आफ्नो दायित्व सम्झेको छ । कलेजभन्दा बाहिर अंग ग्रहणकर्ताको परिवार वा दा...
भारतीय सञ्चारमाध्यमको उच्छृङ्खल सामग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

भारतीय सञ्चारमाध्यमको उच्छृङ्खल सामग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

आर्थिक, समाचार
२८ असार, काठमाडौंः नेपाल सरकारले भारतीय सञ्चारमाध्यमका प्रसारण भएका समाचारलाई लिएर तत्काल कदम चाल्न कुटनितिक नोट पठाएको छ । केही समययता भारतीय टेलिभिजन तथा अन्य सञ्चारमाध्यमले नेपाल र नेपालको विषयमा विभिन्न अतिरञ्जित र आपत्तिजनक सामग्री प्रसारण गरिरहेका थिए । यहि विषयलाई लिएर नेपाल सरकारले कुटनितिक नोट पठाएको छ । उक्त नोटमा भारतका केही सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्‍याएको भनिएको छ । ...
सनराइज बैंकको काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा सञ्चालनमा

सनराइज बैंकको काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा सञ्चालनमा

आर्थिक, समाचार
सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा चारवटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको हो। शाखा कार्यालयहरुको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोभिड १९ को असरका कारण खर्च कटौतिमा ध्यान दिनुपर्ने अवस्था आए पनि पूर्व निर्धारित योजना अनुसार शाखा कार्यालयहरु सञ्चालनमा ल्याइएको बताए। उनले शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरुका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे। सनराइज बैंकको नयाँ शाखा कार्यालयहरु स्थापना भएसँगै शाखा कार्या...
साझा बस उपत्यकामा छिट्टै चल्ने

साझा बस उपत्यकामा छिट्टै चल्ने

आर्थिक, समाचार
काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने भएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने बताएका छन् । सरकारले तोकेको मापदण्ड पालना गर्दै बस सञ्चालन हुन लागेको हो । सार्वजनिक यातायात व्यवसायीले सरकारले आफ्नो माग पूरा नगरे बस सञ्चालन नगर्ने बताइरहेका बेला साझाले सिमित स्थानमा बस सेवा सञ्चालन गर्न लागेको हो । साझाले ४ महिनादेखि पार्किङ गरेर राखेका बस मर्मतको काम थालेको छ । सरकारले ५० प्रतिशत यात्रु बोक्न पाउने, ५० प्रतिशत बढी भाडा लिन पाउने र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने सर्तमा बस सेवा सञ्चालन गर्न दिने निर्णय भएको छ । ...
नेपालमा कार्यरत विदेशीलाई आउन स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सीसीएमसीको निर्णय

नेपालमा कार्यरत विदेशीलाई आउन स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सीसीएमसीको निर्णय

आर्थिक, राजनीति, समाचार
काठमाडौं- कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले नेपालमा लगानी गरेका लगानीकर्ता वा तिनका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय निगमका व्यवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरुलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ। सीसीएमसी निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिएका छन्। यसका साथै  प्रदेश र जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरुलाई समावेश गर्ने निर्णय गरेको छ। बैठकपछि उनले भने, ‘प्रदेश र जिल्ला स्तरिय सीसीएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेश गर्ने प्रस्ताव मन्...
भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द

भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द

आर्थिक, समाज
काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए । ...
“कोभिड–१९ को प्रभाव कम आय भएका र अल्पविकसित राष्ट्रमा अधिक परेको छ”:प्रधानमन्त्री केपी शर्मा ओली

“कोभिड–१९ को प्रभाव कम आय भएका र अल्पविकसित राष्ट्रमा अधिक परेको छ”:प्रधानमन्त्री केपी शर्मा ओली

आर्थिक, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभाव कम गर्न असुरक्षित वर्गका साथै आप्रवासी कामदार र अनौपचारिक क्षेत्रका मजदुरको सुरक्षा महत्वपूर्ण भएको  बताएका छन् ।अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)द्वारा आज आयोजित ‘कोभिड–१९ र श्रमको संसार ः उन्नत श्रमको निर्माण’ विश्व सम्मेलनलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्र्दै उहाँले पर्याप्त सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको प्रावधान पनि उनीहरुको सुरक्षाका निम्ति उत्तिकै महत्वपूर्ण हुने बताए ।  प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा लगानी र व्यापारमा भएको गिरावट तथा यात्रा उद्योगमा उत्पन्न व्यवधानले विश्व अर्थतन्त्रलाई ठूलो आघात पुगेको बताउँदै त्यसबाट दशौँ लाख श्रमिक र उद्योग प्रभावित भएको यथार्थ प्रस्तुुत गर्नुभयो । “कोभिड–१९ को प्रभाव कम आय भएका र अल्पविकसित राष्ट्रमा अधिक परेको छ”, उनले भने ।प्रधानमन्त्री ओलीले मानव केन्द्रित सम्मानजनक श...
रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थाले

रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थाले

आर्थिक, समाचार
२२,असार- रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पु¥याई दिएको सीमाक्षेत्रका सरकारी अधिकारीले बताएका छन् । मध्याह्न १२ बजे अगावै दुई ट्रकमा जुुत्ता, चप्पल, कपडालगायत मालवस्तु भन्सार हातामा पुगिसकेको र आउने क्रम जारी रहेको प्रनाउ थापाले ताउनुभयो । कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले दुुई देशका सीमा अधिकारीबीच गत हप्ता भएको सहमतिअनुरूप रसुवागढीस्थित मितेरी पुलमा चिनियाँ व्यवसायीले सामग्री ल्याएको बताइएको छ । रासस ...