बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

भारतीय सञ्चारमाध्यमको उच्छृङ्खल सामग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

२८ असार, काठमाडौंः नेपाल सरकारले भारतीय सञ्चारमाध्यमका प्रसारण भएका समाचारलाई लिएर तत्काल कदम चाल्न कुटनितिक नोट पठाएको छ ।

केही समययता भारतीय टेलिभिजन तथा अन्य सञ्चारमाध्यमले नेपाल र नेपालको विषयमा विभिन्न अतिरञ्जित र आपत्तिजनक सामग्री प्रसारण गरिरहेका थिए । यहि विषयलाई लिएर नेपाल सरकारले कुटनितिक नोट पठाएको छ ।

उक्त नोटमा भारतका केही सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्‍याएको भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *