आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

मंगलबार ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण, २६४ जना नेपाल आए

मंगलबार ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण, २६४ जना नेपाल आए

आर्थिक, समाचार
 मंगलबार त्रिभुवन विमानस्थलमा ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण भएका छन् । यी उडान-अवतरणबाट २६४ जना यात्रु नेपाल आएका छन् । एक यात्रु भने विदेशिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले दोहाबाट आज १२६ यात्रुलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले समेत दोहाबाटै १३८ जनालाई काठमाडौं ल्याएको हो । आज नेपाल एयरलाइन्सको जहाज कुवेत उड्दा एक यात्रु लगेर गएको छ । आजै एयर अरेवियाको जहाज कार्गो बोकेर काठमाडौं आएको छ । आज राति एक बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिता जाँदैछ । यो उडान नियमित उडान अन्तर्गत भएको हो । यो जहाज बुधबार काठमाडौं फर्कनेछ । आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि कुनमिङ जाँदैछ । बुधबार भने माल्दिम्भमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज त्यता जाने कार्यक्रम छ । कतार एयरवेज दोहाबाट काठमाडौं आउँदैछ । ...
अनलाईन सपिङ्ग सेवा दिने ८० जना पक्राउ

अनलाईन सपिङ्ग सेवा दिने ८० जना पक्राउ

आर्थिक, समाचार
निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा दिइरहेका ८० जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले बिहीबार राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। निषेधाज्ञा जारी भएसँगै सरकारले यी सेवा पनि बन्द गरेकाले उनीहरुलाई नियनत्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सबैभन्दा धेरै फुडमाण्डुका छन्। फुडमाण्डुका मात्रै २९ मोटरसाइकलसहित २९ जना पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। यस्तै फुडल्याण्ड, दराज अनलाइन, अनलाइन केक, नयाँ डटकम, भोजविल, स्वादिष्ट फुड, भ्यालि कम्प्लेक्स, डल्ले रेष्टुरेन्ट, स्वादिष्ट होम डेलिभरी, सोचेको डटकम, राशन मार्ट केकमाण्डु, केकमाण्डु लगायतका कर्मचारी पक्राउ परेका छन्। होम डेलिभरी सेवा दिइरहेका राजधानिका २५ वटा कम्पनीका ८० जना पक्राउ परेका हुन्। उनीहरुको साथबाट एउटा गाडी र ५९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। ...
तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगर्न कुलमान घिसिङ्गको आग्रह

तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगर्न कुलमान घिसिङ्गको आग्रह

आर्थिक, समाचार
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय प्राधिकरणमा उनको पुनर्नियुक्तिको विषयलाई लिएर बिभिन्न भ्रामक समाचार आएको भन्दै तथ्यहीन समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई समेत जोडेर सामाजिक संजालमा गलत एकाउन्ट समेत खोली त्यस्ता समाचार प्रवाह गरिएको भन्दै त्यसो नगर्न अनुरोध गरेका छन्। कुलमान घिसिङद्वारा जारी प्रेस विज्ञप्तिनेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९को निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो । मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय श्री वर्षमान पुनज्यूलाई जोडेर...
साल्ट ट्रेडिङ्ग मार्फत  ३२ हजार ५०० मेट्रिक टन युरिया भित्रन शुरु,एक हप्ताभित्र वितरण सहज हुने

साल्ट ट्रेडिङ्ग मार्फत ३२ हजार ५०० मेट्रिक टन युरिया भित्रन शुरु,एक हप्ताभित्र वितरण सहज हुने

आर्थिक, समाचार
सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ। साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई)बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै मल ल्याउन थालिएको हो। कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए। अहिले मल युएइबाट ल्याई भारतको कोलकत्तास्थित बन्दरगाहमा राखिएको छ। सो मललाई कोलकत्ताबाट वीरगञ्ज र विराटनगर हुँदै नेपालमा ल्याउन थालिएको हो। उनका अनुसार मङ्गलबारदेखि नेपालमा मल नेपाल आउन थालेको छ। हिजोमात्र तीन हजार मेट्रिकटन मल नेपाल भित्रिएको हो। वीरगञ्जबाट दुई हजार ५०० मेट्रिकटन र विराटनगरबाट ५०० मेट्रिकटन नेपाल आएको उनले बताए। उक्त मल प्रदेश नंं १ बाहेक सबै प्रदेशमा वितरण गरिने उनले जानकारी दिए। वीरगञ्जमा रेलमार्फत २७ हजार ५०० मेट्रिकटन र विराटनगर ट्रकमार्फत पाँच हजार मेट्रिकटन मल कोलकत्ताबाट आउँदैछ । ...
अत्यावश्यक खाद्य वस्तु घुम्ती सेवामार्फत बिक्री हुने:उर्मिला श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत-साल्ट ट्रेडिङ

अत्यावश्यक खाद्य वस्तु घुम्ती सेवामार्फत बिक्री हुने:उर्मिला श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत-साल्ट ट्रेडिङ

आर्थिक, समाचार
काठमाडौं । निषेधाज्ञाका बेला अत्यावश्यक खाद्य वस्तु अभाव भए सम्पर्क गर्न साल्ट ट्रेडिङले सर्वसाधरणलाई आग्रह गरेको छ । काठमाडौं उपत्याकाभरि जुन सुकै स्थानमा खाद्यवस्तु र ग्यास अभाव भए कम्पनीले घुम्ती सेवामार्फत बिक्री गर्ने साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले जानकारी दिइन् । सहुलियत दरमा दाल, चामल, चिनी, तेल, गेडागुडी तथा एसटीसी ग्यास सर्वसाधरणको आवश्याकताअनुसार बिक्री गरिने श्रेष्ठले जानकारी दिइन् । ‘आफ्नो टोल क्षेत्रमा खाद्यवस्तु अभाव भए स्थानीय जनप्रतिनिधि वा टोलका मानिसहरुले सामूहिक रुपमा साल्ट ट्रेडिङमा सम्पर्क गर्न सक्नेछन्,’श्रेष्ठले भनिन् । यसअघि लकडाउनको समयमा घुम्ती सेवामार्फत सहुलियतको खाद्यवस्तु बिक्री गरेको कम्पनीले यसपटक भने ग्राहकको माग बमोजिम मात्रै बिक्री थाल्ने तयारी गरेको जनाएको छ । ...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आर्थिक, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताए । नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए । मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्याविधि अनुसार नै भएको उनको दाबी छ । ...
भर्जिनिया ग्रीन गार्डेन संचालनमा, खाद्य र पेय पदार्थ आयात गर्ने

भर्जिनिया ग्रीन गार्डेन संचालनमा, खाद्य र पेय पदार्थ आयात गर्ने

आर्थिक, समाचार
काठमाडौँ — आयात/नियार्तकर्ता कम्पनी भर्जिनिया ग्रीन गार्डेन प्रा.ली. मंगलबार देखी संचालनमा आएको छ । कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले एक सामन्य औपचारिक कार्यक्रम माझ राजधानीको डिल्लिबजार पिपलबोट स्थित कार्यालयमा उद्घाटन समारोह सम्पन्न गरेको हो । उक्त कम्पनीले दुवईस्थित भर्जिनिया ग्रीन गार्डेन फुड एण्ड बेभरेजका सम्पूर्ण सामाग्रीहरु आयात गर्ने कार्य गर्ने कम्पनीका सिईओ उमेश कुमार न्यौपानेले जनाएका छन । स्तरीय सेवा सहित गुणस्तरीय फुड एण्ड बेभरेजहरु उपभोक्तामाझ पुर्याउने उद्देश्यका साथ भर्जिनिया ग्रीन गार्डेन संचालनमा ल्याईएको कम्पनीका अपरेसन डाईरेक्टर अनिता लामाले जनाएकी छिन । ...
सौर्य एयरलाइन्सको नयाँ जहाज काठमाडौंमा

सौर्य एयरलाइन्सको नयाँ जहाज काठमाडौंमा

आर्थिक, समाचार
सौर्य एयरलाइन्सको नयाँ जहाज काठमाडौं आइपुगेको छ। कम्पनीले बम्बार्डियर कम्पनीको एउटा सीआरजे २०० जहाज थप गरेको हो। सौर्यले ल्याएको जहाज ५० सिट क्षमताको जहाज हो। कम्पनीसँग यस्तै दुई जहाज रहेका थिए। ‘बम्बार्डियर सीआरजे २०० जहाज सोमबार काठमाडौंमा आइपुगेको छ’, कम्पनीका म्यानेजिङ डाइरेक्टर गोपाल भट्टराईले भने, ‘सौर्यले यसअघि उडान गरिरहेको ट्रक रुटमै जहाज चल्छ।’ उनका अनुसार कम्पनीले करिब ५० करोड रुपैयाँमा यो जहाज खरिद गरेको हो। सौर्यले एटीआर ७२ जहाज ल्याउने योजना समेत भएको जानकारी दिएको छ। ...
लकडाउनका कारण २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाए

लकडाउनका कारण २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाए

आर्थिक, समाचार
काठमाडौं। कोरोना (कोभिड—१९)को महामारी र संक्रमण रोक्न गरिएको लकडाउनका कारण साढे २२ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन्। कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा उद्योग/व्यवसायहरुले २२.५ प्रतिशत कर्मचारी/कामदार कटौती गरेको तथ्य सार्वजनिक गरेको छ। होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको र कटौती भएका मध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै रहेको छ । यस अवधिमा घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी/कामदार कटौती गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। लकडाउनको अवधिमा उद्योग/व्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेका छन्। यसैगरी प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधाहरुमा समेत उल्लेख्य रुपमा कटौती गरेका छन्। लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग मात्र पूर्ण क्...
पुराना थोत्रा सवारीसाधन हटान माग गर्दै सर्वोच्च अदालतमा रिट

पुराना थोत्रा सवारीसाधन हटान माग गर्दै सर्वोच्च अदालतमा रिट

आर्थिक, समाचार
सर्वोच्च अदालतमा नेपालभरका पुराना थोत्रा गाडी हटाई सफा गरी हरेक कार्यालय स्वच्छ तथा वातावरणमैत्री कार्यालय बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयसहित १४ लाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा आज दायर गरेको निवेदनमा पुराना प्रयोगमा नआउने सवारी साधनमा तत्काल आर्थिक क्षति तथा वातावरणमा प्रदूषण भएको हुँदा रोक्न माग गरिएको हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाअन्तर्गत सबै कार्यालय, संवैधानिक निकाय, आयोग, सचिवालय र सबै पदाधिकारी तथा कर्मचारी, स्वायत्त संस्था लगायतमा पुराना सवारी साधन जताततै राखिएका हुँदा जनताले तिरेको करको ठूलो मात्रामा आर्थिक क्षति तथा वातावरण्मा असर परेको उल्लेख छ । वर्षौंदेखि खुला घामपानीमा राखिएका सवारी साधन हाल कवाडी, फोहर र स्थान ओगटेका कारण दिनानुदिन जनताको कर...