शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

चर्चित कलाकार किरण केसी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ‘उपभोक्ता अधिकार सद्भावनादूत’मा नियुक्त

काठमाडौं । चर्चित कलाकार किरण केसी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपभोक्ता अधिकार सद्भावनादूतमा नियुक्त भएका छन । कलाक्षेत्रमा मात्र नभै समाज परिवर्तनका लागी दृढ विश्वास सहि दिशानिर्देश र निरन्तर कार्य संचालन तथा निष्पक्ष निर्भय कानून कार्यान्वयन एवं सचेतना अभिवृद्धिमा उतिकै सक्रिय रहेका कारण केसीलाई विभागको सद्भावनादूतमा नियुक्त गरिएको छ ।
मनोरन्जन क्षेत्रमा रहेर लाखौ करोडौ आमदर्शकको मन जितिसकेका कलाकार केसीको ‘असल सोच विचारले स्नेह र हितपूर्ण स्वच्छ विचार अनि मैत्रीभावले खबर आदान प्रदान गर्न महत्वपूर्ण अभिभारा वहन गर्ने हेतु आफुलाई दिएको उक्त जिम्मेवारीले थप उर्जा मिलेको र यस पुण्यकार्यलाई आफू निश्पक्ष रुपमा व्यवहारमा उतार्न सदा तत्पर रहने’ कुरा केसीले बताए ।


‘अखाद्य वस्तुको प्रयोगले मानवीय स्वास्थ्यमा पर्ने नकरात्मक असरले एक व्यक्तिलाई मात्र नभई सम्पूर्ण परिवारकै स्वास्थ्य र दैनिक जीवनयापनमा असर पार्ने र अखाद्य मिसावट जस्तो गम्भिर अपराधमा संलग्न नाफा खोर तथा राजनैतिक पहुंचवालाहरुको संरक्षण र दण्ड सजाय नभई खुलेआम यस्ता निन्दनीय कार्यहरुलाई निरुत्साहित र न्यूनिकरण गर्दै भविष्यमा त्यस्ता कुकृत्यको समाप्ति गर्ने कार्यमा आफु अग्रसर रहने’ समेत केसीले बताए ।
‘विशेषतः आफु सिने उद्योग लगायत हांस्य व्यङ्ग मनोरन्जनात्मक क्षेत्रमा लामो समय रहेर सोही सिलसिलामा विश्वका ३८ मुलुकमा कार्यक्रम प्रस्तुती, देशभित्रका सवै व्यवसायिक स्थलमा भ्रमणको अनुभवको आधारमा देशको आन्तरिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निकासी बढाउन विषयमा विभिन्न अन्तरक्रिया गरी यसका लागि अन्र्तराष्ट्रियस्तरबाट सहयोग तथा लगानीको उपयुक्त वातारण सृजना गर्न आफ्नो तर्फबाट सक्रिय रहने’ कुरा उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *