आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

यसरी विकास र समृद्धिको आधार तय गरौँ

यसरी विकास र समृद्धिको आधार तय गरौँ

आर्थिक, समाचार
डा.डिआर उपाध्याय विकास र समृद्धि आजको आवश्यकता हो । विकास र समृद्धिको बाटोमा सबै नेपाली जनता एक ढिक्का भएर अघि बढ्नु पर्दछ । आमनागरिकले विकास र समृद्धि चाहेका छन् ।अहिले जनता दलहरु बिचको झगडा देख्दा वाक्क दिक्क छन् । यसरी विकास र समृद्धि हुँदैन । समृद्धिले भौतिक विकासका साथै आमनागरिकमा हर्षोल्लास, उमङ्ग र उत्साहको खुसी ल्याउन सक्नु पर्छ । मुलुकको आर्थिक, सामाजिक तथा भौतिक विकास सँगसँगै आमनागरिकको जीवनस्तर उकासिनुपर्छ यसलाई नै वास्तविक समृद्धि भनिन्छ । जबसम्म भौतिक विकासलाई अघि बढाउन सकिँदैन तबसम्म समाज तथा मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिँदैन । अब नेपाललाई अल्पविकसित तथा गरिब मुलुकको स्तरबाट माथि उकास्ने कार्यमा सरकार दृढसङ्कल्पसहित अघि बढ्नु पर्छ । अहिले देशमा तीन तहका सरकार छन् ।तिनै तहका सरकारले विकास र समृद्धिमा जोड दिनु पर्दछ । स्थानीय समस्याको स्थानीयस्तरबाटै पहिचान र...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक अध्ययन प्रतिवेदनमा ६७.५६ प्रतिशत उद्योग व्यवसायन नोक्सानमा रहेका

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक अध्ययन प्रतिवेदनमा ६७.५६ प्रतिशत उद्योग व्यवसायन नोक्सानमा रहेका

आर्थिक, समाचार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ को प्र्रभावले अधिकांश उद्योग व्यवसाय नोक्सानमा रहेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले गरेको एक अध्ययन प्रतिवेदनले ६७.५६ प्रतिशत उद्योग व्यवसायन नोक्सानमा रहेका छन् । अध्ययनमा सहभागी उद्योगहरूमध्ये १६.२२ प्रतिशतहरू मात्रै नाफामा गएका छन् । नाफामा रहेका उद्योगमध्ये ६६.६७ प्रतिशत ठूलो उद्योग रहेका छन् । मन्त्रालयले गरेको एक अध्ययनले कोभिड–१९ को प्र्रभावका कारण अझै १०.८१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा बन्द भएको देखाएको छ । बजेट मध्यवधि समीक्षामा राष्ट्र बैंकले मंसिरसम्म गरेको अध्ययनको आधारमा तथ्यांक प्रस्तुत गरेपनि उद्योग मन्त्रालयले त्यसको भोलिपल्ट माघ २८ गते देशमा सञ्चालित ३७ वटा उद्योगको अध्ययन गरेर सो तथ्यांक सार्वजनिक गरेको हो । मन्त्रालयले गरेको अध्ययनले कोभिडका नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी र त्यसप...
नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो

नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो

आर्थिक, समाचार
शेयर लगानीकर्ता बैंक तथा विकास बैंकका शेयरमा आकर्षित भए पनि कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्सेले आज पनि सोही लय समातेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६.११ ले घटेर दुई हजार ५२६.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ बिन्दुले घटेर ४६३.४७ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर रु आठ अर्ब ४१ करोड १७ लाख ३२ हजारमा कारोवार भए । नेप्से ओरालो लाग्दा बजार पूँजीकरणमा समेत प्रभाव परेको छ । साताको अन्तिम दिन आज कूल रु ३४ खर्ब छ अर्ब १७ करोड ४९ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ । कारोवार भएकामध्ये कूल तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १०.७९, विकास बैंक २०.१४ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ । यस...
सुवोध कुमार गुप्ता बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित

सुवोध कुमार गुप्ता बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित

आर्थिक, समाचार
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य सुवोध कुमार गुप्ता महासंघ अन्तर्गत बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित भएका छन् । महासंघले सोमबार उनलाई सो समितिको उपसभापतिमा मनोनित गरेको हो ।महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाद्वारा जारी विज्ञप्तीमा गुप्तालाई बित्तिय समितिको उपसभापतिमा मनोनित गरिएको उल्लेख गरिएको छ । महासंघका कार्यकारिणी समिति सदस्य शाहिल अग्रवाल उक्त समितीको सभापति छन् । यस समितिले नेपालका बैंक, वित्तीय संस्था, विमा कम्पनी लगायतका वित्त क्षेत्रसँग सम्बन्धित रहेर देशको वित्त, उद्योग, व्यवसाय आदी उकास्न भूमिका खेल्ने गर्छ । महासंघ भित्रको एक प्रमुख समितीका रुपमा रहदै आएको उक्त समितीले सभापति र उपसभापति दुवै काबिल पाएको महासंघ भित्र चर्चा हुन थालेको छ । महासंघले गठन गरेको अन्य कमिटीमा पनि गुप्तालाई सदस्यका रूपमा मनोनित गरिएको छ । सुबोध कुमार ग...
(नेप्से)ले रोक्का गरेको ७ कम्पनीको शेयर कारोबार फुकुवा

(नेप्से)ले रोक्का गरेको ७ कम्पनीको शेयर कारोबार फुकुवा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रोक्का गरेको ७ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । कारोबार फुकुवा हुने कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक, गुँरास लाइफ इन्स्योरेन्स, पाँचथर पाावर कम्पनी, राधी जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी र नेशनल माइक्रोफाइनान्स रहेका छन् ।   नेप्सेले यी कम्पनीले नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले कारोबार रोक्का गरेको थियो । ति कम्पनीले कम्पनी लगइनमार्फत उल्लेखित विवरण सबैले हेर्न सक्ने गरि नेप्सेको वेबसाइटमा अपलोड गरी कारोबार फुकुवा गरिदिन आग्रह गरेकोले सोहि अनुसार कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।  ...
नाडा प्रतिनिधि मण्डल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल

नाडा प्रतिनिधि मण्डल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल

आर्थिक, समाचार
नाडा प्रतिनिधि मण्डल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ। अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले बुधवार अर्थमन्त्री पौडेलसंग भेटी अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेकोे नाडाले जनाएको छ । अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको बताउंदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेका थिए । यस्तै नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आधिकारिक विक्रेता नभएका कम्पनीले सवारी पैठारी गरेमा त्यस्ता सवारी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिने नयाँ व्यवस्थाले उत्पादक कम्पनीको कुनै दायित्व नै नरहने अवस्था उत्पन्न भएको बताए । त्यसैगरी छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु ब...
यती एअरलाईन्स आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने

यती एअरलाईन्स आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने

आर्थिक, समाचार
निजी क्षेत्रमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाईन्सले आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को बन्दाबन्दीपछि आन्तरिक उडानमा यतीले ३ वटा ‘एटीआर–७२’ र दुईवटा जेट स्ट्रिम विमानमार्फत उडान सञ्चालन गर्दै आएको यतीले आगामी मार्चदेखि पाँचैवटै एटिआर विमानलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको हो । एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यतीको बजार हिस्सा कायम राख्दै आगामी दिनमा बजारलाई थप विस्तार गर्दै लैजान लागिएको जानकारी दिए । “यती एअरलाइन्स प्रति यात्रुको विश्वास कायम राख्दै उडान सेवा र सञ्जाल विस्तार गर्न हामीले चाँडै नै ‘एटीआर–७२’ विमानसमेत थप गर्न लागेका छौँ ”–प्रवक्ता बर्तौलाले भने । यो संगै यती संग ६ वटा एटीआर–७२ र ५ वटा जेट स्ट्रिम विमान हुनेछ । पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको यतीले दैनिक पोखरा ७, विराटनगर ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार सुरु गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार सुरु गर्ने

आर्थिक, समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार सुरु गर्ने तयारी गरेको छ । माघ १६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरी सम्बन्धित शेयरधनीहरुको डिम्याटमा जम्मा गरिसकेको शेयर सूचीकरणको प्रकृया अन्तिम चरण रहेको कम्पनीले जानकारी गराएको छ ।   यसै साताभित्र नेप्सेमा शेयर सूचीकरणको काम सम्पन्न गर्ने गरी काम अघि बढाएकाले आगामी सातादेखि कारोबार गर्न सकिने कम्पनीको भनाई छ । यस कम्पनीले धितोपत्र बजारकै इतिहासमा सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।   कम्पनीले माघ २ देखि ६ गतेसम्म रू. ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो । कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्...
नेप्से लगातार उकालो लागेर हालसम्मकै उच्च विन्दुमा

नेप्से लगातार उकालो लागेर हालसम्मकै उच्च विन्दुमा

आर्थिक, समाचार
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७.४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६.६० मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत उच्च वृद्धि देखिएको छ । कूल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता शेयर रु १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ बराबरको कारोवार भएको छ । आज सोमवारको कारोवारपछि बजार पूँजीकरण बढेर साढे ३४ खर्ब बराबर भएको छ । नेप्सेका अनुसार  ३४ खर्ब ५२ अर्ब ७५ करोड ८० लाख २५ हजार १२२ बराबर पुगेको छ । लगानीकर्ता बैंक, विकास बैंक र जीवन बीमा उपसमूहको शेयरमा आकर्षित भएको आजको कारोवारले देखाएको छ । कारोवार भएका कूल १२ उपसमूहम...
साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त

साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त

आर्थिक, समाचार
काठमाडौं, २३ माघ- नेपाली राजदूतावास, तेलअबिबको सिफारिसमा नेपाल चेम्बर अफ कमर्शले साइप्रस निवासी रञ्जित महतोलाई साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधि नियुक्त गरेको छ । उनलाई नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले आज आयोजित भर्चुअल कार्यक्रमका बीच उक्त जिम्मेवारी प्रदान गरेका हुन । अवैतनिक व्यापार प्रतिनिधिमा नियुक्त महतोलाई शुभकामना दिँदै राजदूत डा. अन्जान शाक्यले नेपाल-साईप्रस कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भइसक्दा समेत अत्यन्तै सानो आकारमा व्यापार रहेकोले द्विदेशीय व्यापार बढाउन भूमिका खेल्न आग्रह गरिन । साथै उनले अधिकांश मुलुकसँग जस्तै साईप्रससँग समेत नेपालको व्यापार घाटा रहेको परिप्रेक्ष्यमा साईप्रसबाट नेपालमा लगानी भित्र्याउँदै नेपालको निर्यात व्यापार बढाउन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखिन् । कार्यक्रममा चेम्बरका अध्यक...