आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

नेप्से आज २५.२३ अंकले  बढेर दुई हजार छ सय ३८ दशमलब ६८ विन्दुमा, ८ अर्ब ७६ करोड २१ लाख बरोबरको कारोबार

नेप्से आज २५.२३ अंकले बढेर दुई हजार छ सय ३८ दशमलब ६८ विन्दुमा, ८ अर्ब ७६ करोड २१ लाख बरोबरको कारोबार

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ । बुधबार ९.९४ अंकले बढेर दुई हजार ६ सय ११ दशमलब ४५ विन्दुमा पुगेको थियो ।  नेप्सेका अनुसार आज २५.२३ अंकले नेप्से बढेर दुई हजार छ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको छ भने ८ अर्ब ७६ करोड २१ लाख बरोबरको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ३ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ८ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।     आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेपाल इन्फाइन्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्श, कर्णाली डेभलपमेन्ट बैंक, एभरेस्ट ैंक, बेस्ट फाइनान्स कम्पनी, सिभिल बैंक, समृद्धी फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् ।   ...
सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न  (स्टार) चिन्ह निर्धारण गर्ने

सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न (स्टार) चिन्ह निर्धारण गर्ने

आर्थिक, समाचार
सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ। होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए। संकेत चिन्हमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिन्ह रहने छ भने सबैभन्दा तल होटलको नाम रहने छ । यस्तो संकेत चिन्न निस्चित साइजको हुने र उक्त चिन्हलाई होटल, रिसोर्ट तथा बुटिक होटल लगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ । सबैस्तरका रिसोर्ट, तरास्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्धारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटल/रिसोर्टको बनौट अनुस...
नेप्से आज ९.९४ अंकले  बढेर दुई हजार छ सय ११ दशमलब ४५ विन्दुमा

नेप्से आज ९.९४ अंकले बढेर दुई हजार छ सय ११ दशमलब ४५ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकले बढेको छ । मंगलबार १५.५० अंकले बढेर दुई हजार ६ सय एक दशमलब ११ विन्दुमा पुगेको थियो ।  नेप्सेका अनुसार आज ९.९४ अंकले नेप्से बढेर दुई हजार छ सय ११ दशमलब ४५ विन्दुमा पुगेको छ भने ८ अर्ब ३ करोड ५५ लाख बरोबरको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ५ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज कारोबार भएका ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।   ...
नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण प्रभावित भएका ऋणीलाई ऋण पुर्नतालिकीकरण गर्न समय थप

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण प्रभावित भएका ऋणीलाई ऋण पुर्नतालिकीकरण गर्न समय थप

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण प्रभावित भएका ऋणीलाई ऋण पुर्नतालिकीकरण गर्न समय थप गरेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थाले पिडामा परेका आम ऋणीलाई राहत पुगेको छ । राष्ट्र बैंकले हालै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले विषेशष्तः पर्यटन क्षेत्रका उद्योग व्यवसायहरुका लागि राहत उपलब्ध गराएको छ । प्रयाप्त मात्रामा पर्यटन क्षेत्र अझै संचालन हुन नसकेकाले यस क्षेत्रले अझै लय लिन सकेको छैन । त्यसैले राष्ट्र बैंकले यस क्षेत्रको थप राहतका लागि २०७८ साल असार मसान्तसम्मका लागि लागि पुनर्तालिकीकरण गर्ने सुविधा उपलब्ध गराएको हो । पुनर्तालिकीकरण गर्दा ऋणीले कुल ब्याज बक्यौताको ५ प्रतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि कुल ब्याज बक्यौताको १० प्रतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस...
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको प्रि अलोटमेण्ट फागुन ४ गते

ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको प्रि अलोटमेण्ट फागुन ४ गते

आर्थिक, समाचार
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको प्रि अलोटमेण्ट फागुन ४ गते हुने भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलले शुक्रबार अन्तिम बाँडफाँट गर्ने तयारी स्वरुप मंगलवार प्रि अलोटमेण्ट गर्न लागेको हो । कम्पनीको आईपीओमा १३ लाख ३७ हजार ९४२ जनाको आवेदन परेको छ । यी आवेदकहरुबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताको लागि खरिद आवेदन परेको हो । जुन मागभन्दा ७ दशमलव ३७ गुणा बढी हो ।       कम्पनीले माघ २३ गतेदेखि सर्बसाधरणको लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियोे । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत जोडेर ३४ लाख ९६ हजार ४०० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।        कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र...
नेप्से आज ९२.४२ अंकले  बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा

नेप्से आज ९२.४२ अंकले बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । आइतबार ३३.३३ अंकले घटेको शेयर बजार आज कारोबार शुरु भएदेखि नै उछाल आएको हो ।    नेप्सेका अनुसार आज ९२.४२ अंकले नेप्से बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७७ माघ २७ गते मंगलबार नेप्से ३७ अंकले बढेर दुई हजार पाँच सय ८५ दशमलब १५ विन्दुमा पुगेको थियो ।    त्यस्तै, नेप्सेमा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बरोबरको कारोबार भएको छ भने आज कारोबार भएका सबै समूहहरुमा हरियाली छाएको छ । आज कारोबार भएका ४२ भन्दा बढी कम्पनीको शेयर मूल्य सर्बाधिक बढेका छन् ।  आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले पूँजीबजारमा बाधा पर्ने कुनै विषय सम्बोधन नभएकाले लगानीकर्ताहरु उत्साहित भएर लगानी गरेको देखिन्छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले लघुवित्त कम्पनीहरु...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा  ८ लाख २६ हजार ३६० जनाको आवेदन

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ८ लाख २६ हजार ३६० जनाको आवेदन

आर्थिक, समाचार
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आइतवार अपरान्ह १२ बजेसम्म ८ लाख २६ हजार ३६० जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट १ करोड २६ लाख ७४ हजार ६७० कित्ता शेयर खरिद माग भएको हो । कम्पनीले माघ ३० गते (शुक्रवार) देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । सार्वजनिक विदाका विच अनलाईन मार्फत आवेदन दिन सकिने भएकाले विक्री खुला भएको यो आईपीओमा छिटोमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।  कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आउन लागेको हो । सार्वजनिक निष्कासनमा ...
(नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट

(नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट आएको छ ।  नेप्सेका अनुसार आज ३३.३३ अंकले नेप्से घटेर दुई हजार चार सय ९३ दशमलब ५९ विन्दुमा पुगेको छ भने नेप्सेमा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बरोबरको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका १२ समूह मध्ये म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । बजार घटेपनि नेपाल इन्फाइन्ट्रक्चर बैंकको शेयरमा भने पोजेटिभ सर्किट लागेको छ ।    त्यसैगरी, आज कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ५२ करोड ३३ लाख ६७ हजार ४ सय २४ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । ...
नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द

नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द

आर्थिक, समाचार
 नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द भएको छ । चिनियाँ भन्सार र्‍याडका श्रमीकहरु ल्होसारको छुट्टीमा गएपछि यो व्यापारिक नाका ठप्प भएको हो । ‘०७६ माघ १५ देखि २०७७ असार २७ सम्म पूर्णरुपले बन्द भएको यो नाका गत १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।पूर्णरुपमा संचालन हुँदा यो नाका भएर दैनिक २ सयवटा सम्म गाडी आउँथ्यो तर पछिल्लो समय आंशिकरुपमा खुलेको यो नाकाबाट बढीमा ५ वटा चिनियाँ कन्टेनरले रसुवागढीसम्म आएर सामान ल्याइदिने गरेको थियो । तर अहिले त्यो पनि ठप्प भएको छ । ...
चक्रपथ स्थित अरिकल इभेन्टको ‘भ्यलेन्टाइन डे’ अफर

चक्रपथ स्थित अरिकल इभेन्टको ‘भ्यलेन्टाइन डे’ अफर

आर्थिक, समाचार
‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ । अरिकल इभेन्टले फेब्रुअरी १४ मा पर्ने प्रेमदिवसको अवसरमा २५०० रुपैयाँमा रेड वाईन सहित बिबिक्यु अफर ल्याएको हो । प्रेम दिवसलाई प्रेमिल र सौहार्दपूर्ण वातावरण माझ मनाउन क्याण्डल लाइटस् डिनरको रोमान्टिक अफर ल्याएको संचालक होम बुढाथोकी जानकारी दिए । अरिकल इभेन्टको संक्षिप्त परिचय काठमाडौ स्थित चक्रपथमा अवस्थित अरिकल इभेन्ट बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरिय नेपालको पहिलो पाँचतारे ब्यान्केट हो । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट आकर्षक पनि छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु धेरैको रोजाइमा पर्न थालेको छ । विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु बाहेक म्युजिक भिडियो सुटका लागि पनि अरिकल इभेन्ट उपर्युक्त छ । लोकेसन र यसको इन्टेरियर डिजाईनले जो कोहीलाई लो...