नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ । बुधबार ९.९४ अंकले बढेर दुई हजार ६ सय ११ दशमलब ४५ विन्दुमा पुगेको थियो । 

नेप्सेका अनुसार आज २५.२३ अंकले नेप्से बढेर दुई हजार छ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको छ भने ८ अर्ब ७६ करोड २१ लाख बरोबरको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ३ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ८ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।    

आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेपाल इन्फाइन्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्श, कर्णाली डेभलपमेन्ट बैंक, एभरेस्ट ैंक, बेस्ट फाइनान्स कम्पनी, सिभिल बैंक, समृद्धी फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here