अर्थ मन्त्रालयले आगामी आर्थिक २०७७/७८ मा प्रदेश र स्थानीय तहमा सहलगानीमा सञ्चालन गरिने आयोजनाको सूची माग
सरकारले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने आयोजनाको सूची माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक २०७७/७८ मा प्रदेश र स्थानीय तहमा सहलगानीमा सञ्चालन गरिने आयोजनाको सूची माग गरेको हो । सहलगानीका आयोजनाहरू छनोट गर्दा प्रदेशस्तरको आयोजनाको हकमा एक अर्ब रुपैयाँ र स्थानीय तहका हकमा बढीमा २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हुनुपर्नेछ । सहलगानीमा छनोट भएका आयोजना कार्यान्वयनको क्रममा बजेट अपुग देखिएमा प्रदेश र स्थानीय तहबाट थप लगानी माग गरि पठाउनु पर्नेछ ।
नेपाल सरकारको सहलगानीमा प्रदेश तथा स्थानीय सरकारले आवास योजना, स्मार्ट सिटी, सिटी हल तथा प्रर्दशनी केन्द्र निर्माण गर्न सकिने छ । जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा तथा अन्य वैकल्पिक ऊर्जा उत्पादन तथा वितरणm भूमी बैंक स्थापनार सञ्चालन, खानीजन्य वस्तुको उत्खनन् तथा प्रशोधन, कृषि तथा वनजन्य वस्तुहरूको व्यावसायिक उत्पा...









