शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

(नेप्से)ले रोक्का गरेको ७ कम्पनीको शेयर कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रोक्का गरेको ७ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । कारोबार फुकुवा हुने कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक, गुँरास लाइफ इन्स्योरेन्स, पाँचथर पाावर कम्पनी, राधी जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी र नेशनल माइक्रोफाइनान्स रहेका छन् ।  
 
नेप्सेले यी कम्पनीले नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले कारोबार रोक्का गरेको थियो । ति कम्पनीले कम्पनी लगइनमार्फत उल्लेखित विवरण सबैले हेर्न सक्ने गरि नेप्सेको वेबसाइटमा अपलोड गरी कारोबार फुकुवा गरिदिन आग्रह गरेकोले सोहि अनुसार कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *