आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

महंगीले धेरै मान्छेलाई तनाव

महंगीले धेरै मान्छेलाई तनाव

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, कोरोनाका कारणले नै अझै देशको अर्थतन्त्र माथि उठन सकिरहेको छैन । कोरोनाकै कारण धेरैले जागीर गुमाए । स्कुलमा पढाउने शिक्षक , शिक्षिकाहरु आधा तलवमा काम गर्न बाध्य भए । अझै पनि त्यहि स्थिती छ । निजी कम्पनीमा काम गर्ने कामदारहरुको पनि अवस्था यस्तै छ । कोरोना कहरको वहानामा श्रमजीविहरु मर्कामा परेका छन । व्यापार, व्यवसाय गर्नेहरूको आफनै पीडा छ । उनीहरु सटर , कोठाको भाडा तिर्न नसकेर रुदै हिडेको हामीले देखिरहेका छौ । कोरोनाका कारण सवै क्षेत्रको भविष्य डामाडोल बनेको छ । धेरै मान्छेको आम्दानी घट्दो छ । त्यसकारणले उनीहरुलाई बाँच्न धौ धौ छ । महंगीले धेरै मान्छेलाई तनाव बनाएको छ । महंगीले श्रमजीवी वर्ग शहरमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन । मूल्यवृद्धि कसले रोक्ने ? जनता मार्कामा परे । कोरोनाले आम्दानीको बाटो हराएकाहरू पनि भौतारी रहेका छन । बिहान खाए बेलुकी र बेलुकी खाए बिहान...
एक वर्षमा सुनको मूल्य ३३.७ प्रतिशतले बढ्यो

एक वर्षमा सुनको मूल्य ३३.७ प्रतिशतले बढ्यो

आर्थिक, समाचार
एक वर्षमा सुनको मूल्य ३३.७ प्रतिशतले बढेको छ । एक वर्ष पहिला सुन चाँदीको मूल्य प्रति तोला ५९ हजार ६ सय रुपैयाँ प्रति तोला थियो । एक वर्षमा सुनको  ३० हजार ३०० रुपैयाँ प्रति तोलाले सुनको मूल्य बढेर ८९ हजार ९ सय रुपैयाँ प्रति तोला भएको थियो । शुक्रबार सुन चैत महिनाकै महंगो मूल्यमा खरिदबिक्री भयो । शुक्रबार  सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ प्रति तोलामा कारोबार भएको  छ ।   चाँदीको मूल्यमा भने ७७.७७ प्रतिशतले बढेको छ । एक वर्ष पहिला बैशाख २ गते ७ सय २० रुपैयाँ रहेको छ । २०७७ चैत २८ गते एक हजार दुई सय ८० रुपैयाँ रहेको छ । एक वर्षको बीचमा पाँच सय ६० रुपैयाँ बढेको छ । गत वर्षको पहिलो महिना बैंशाखमा स्थिर देखिएको सुनचाँदीको बजारमा बैखाशको अन्तिम हप्ता ६० हजार रुपैयाँ प्रति तोला पुगको थियो भने चाँदीमा भने पाँच रुपैयाँ घटेको थियो । गत वर्षको दोस्रो महिना जेठ...
नेपाल राष्ट्र बैंकको आजको  विदेशी विनिमयदर

नेपाल राष्ट्र बैंकको आजको विदेशी विनिमयदर

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले आज (शनिवार) का लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८८ रहेको छ । त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ५३ पैसा रहेको छ । यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ६४ रुपैया २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । ...
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट

आर्थिक, समाचार
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भएको बाँडफाँटमा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने १५ लाख ६५ हजार ५३० जनालाई बाँडफाँटमा सहभागी गराईएको थियो । यी आवेदकहरुबाट २ करोड २८ लाख ४९ हजार ६७० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकको भनाई छ । योग्य आवेदकमध्यबाट १२ लाख ९५ हजार ८३० जनाको हात खाली भएको छ । कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कास मार्फत विक्री गरेको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको शेयर कम्पनीले बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य कम्पनीले ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगा...
धेरै जसो मानिसको आयस्रोत भन्दा खर्च बढ्यो

धेरै जसो मानिसको आयस्रोत भन्दा खर्च बढ्यो

आर्थिक, समाचार
डा.डिआर उपाध्याय, आज महंगीले बजार भाउ आकासिएको छ । केही चिज छोइसक्नु छैन । आज जुन ढंगले महंगी बढिरहेको छ , त्यसले धेरै मानिसलाई समस्यामा पारेको छ । धेरै जसो मानिसको अहिले आयस्रोत भन्दा खर्च बढेको छ । यो समस्या शहरमा बढि छ । घरको कोठा भाडाले नै धेरैको ढाड सेकाएको छ । कमाएको पैसा जति घर भाडामा जान्छ । थोरै आम्दानी हुनेको यो पीडा छ । सानोतिनो कमाइले शहरमा टिक्न नसक्ने अवस्था छ । सवैलाई शहरमा बस्ने रहर छ । आज धेरै जसो ग्रामिण भेगतिरको कुरा गर्ने हो भने छोरो खाडी मुलुक तिर बुहारी नाती नातीना बोकेर उनीहरुलाई पढाउने निहुँमा शहर पसेका छन । बाँकी बृद्ध बुवा आमा मात्रै गाउँमै यो छ देशको अवस्था । धेरैका खेतवारी बाँझा छन । सवैलाई सुखसयल चाहिएको छ । आफनो देशमा उत्पादन कम भएकोले नै महंगी बढेको हो । त्यसैले अव हामी सवै उत्पादनमा लागौं । अवको आर्थिक क्रन्ति भनेको जति सक्यो उत्पादन बढाउने हो । खे...
सुन-चाँदीको मूल्य घट्यो

सुन-चाँदीको मूल्य घट्यो

आर्थिक, समाचार
आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार तोलामा २ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ८७ हजार ४ सय र तेजाबी सुनको मूल्य ८६ हजार ९ सय ५० रुपैयाँ थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन (चैत २० गते, शुक्रबार) तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको सुनको मूल्य यो साताको पहिलो कारोबार दिन (चैत २२ गते, आइतबार) भने स्थिर रहेको थियो । सोमबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । सोमबार तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ कायम भएक...
काम गरे के हुदैन, चटपटे बेच्नेले दिनमै चटपटे बेच्नेले दिनमै कमाउँछन ३, ४ हजार

काम गरे के हुदैन, चटपटे बेच्नेले दिनमै चटपटे बेच्नेले दिनमै कमाउँछन ३, ४ हजार

आर्थिक, समाचार
डा.डिआर उपाध्याय, आज देश जुन किसिमले बिकासको गतिमा अघि बढनु पर्ने थियो त्यो हुन सकेन । कारण के हो भने हामी कृषिमा ध्यान दिन सकेनौं । हाम्रो देश कृषिमा आत्मनिर्भर हुनु पर्छ भन्ने कुरामा धेरै पहिले देखि मैले जोड दिदै आएको छु । अव सवैले कृषिमा लगानी गरेर कृषि क्रन्ति गरौं । कृषि क्रान्तिले नै देशको बिकास हुन्छ । यो बाहेक अर्को कुनै बिकल्प छैन । अव सवै कृषि कर्ममा लागौन अनि देश बन्छ । कुराले मात्र देश बन्दैन देश बनाउन काम गर्नु पर्छ खै काम गरेको ? धेरै नेपालीको काम गर्ने बानी बिग्रिएर गएको छ । काम गर्ने बानी सवैले बसाल्नु पर्छ । अव नेपाल सरकारले कुनै ढिलाई नगरिकन कृषिमा लगानी बढाएर जाने बातावरण मिलाउनु पर्छ । यो आजको आबश्यकता हो । कृषि क्रान्ति गर्ने भनेर कुरा धेरै भए तर काम भने हुन सकेको छैन । अव कुरा मात्र गर्ने की काम पनि गर्ने ? अव सवैले कृषि क्रान्तिका लागी कुरा मात्र गरेर होइन, का...
हालसम्मकै उच्च २ हजार ६५० दशमलव ९५ विन्दुमा कायम नेप्से परिसूचक

हालसम्मकै उच्च २ हजार ६५० दशमलव ९५ विन्दुमा कायम नेप्से परिसूचक

आर्थिक, समाचार
आइतवार नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । यस दिन २ बजेर ३० मिनेटसम्मको कारोबारमा नेप्से परिसूचक शून्य दशमलव ७२ प्रतिशत बढेर २ हजार ६५० दशमलव ९५ विन्दुमा पुगेको हो ।  यस अघि गत फागुन ९ गते नेप्से परिसूचकले २ हजार ६४० दशमलव ३४ विन्दु कायम गरेको थियो । उक्त दिनको उच्च विन्दुलाई आइतवार नेप्सेले पार गरेको हो । यस अवधिसम्म २१० कम्पनीको रू. ७ अर्ब ३७ करोड ६० लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७३ प्रतिशत बढेको छ । ...
रु रु जलविद्युत परियोजनाको आइपीओमा ९ लाख ३५ लाख ४८७ हजारको आवेदन

रु रु जलविद्युत परियोजनाको आइपीओमा ९ लाख ३५ लाख ४८७ हजारको आवेदन

आर्थिक, समाचार
 रु रु जलविद्युत परियोजनाको आइपीओमा ९ लाख ३५ लाख ४८७ हजारले आवेदन गरेका छन् । १ करोड ३६ लाख ४५ हजार ६७० किक्ताका लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।  कम्पनीले चैत २० गते शुक्रबार देखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको हो ।पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको रू रू जलविद्युत परियोजनाले आज शुक्रबारदेखि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनिले सर्वसाधारणमा  प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका ला...
विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउदै नेपाल विद्युत् प्राधिकरण

विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउदै नेपाल विद्युत् प्राधिकरण

आर्थिक, समाचार
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ। विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो। गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो। मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो। धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ३८८ ग्राहकले महसुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए। व्यक्तिगत र व्यावसायिक प्रतिष्ठानमा बाँकी रहेको ४० लाख ९९ हजार रुपैयाँ बक्यौता रकम उठेको गोशलीले बताए। लाइन काटिएकामध्ये २९ ग्राहकले अझै महसुल बुझाउन बाँकी छ। विद्युत् महसुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउ...