GOLD

एक वर्षमा सुनको मूल्य ३३.७ प्रतिशतले बढेको छ । एक वर्ष पहिला सुन चाँदीको मूल्य प्रति तोला ५९ हजार ६ सय रुपैयाँ प्रति तोला थियो । एक वर्षमा सुनको  ३० हजार ३०० रुपैयाँ प्रति तोलाले सुनको मूल्य बढेर ८९ हजार ९ सय रुपैयाँ प्रति तोला भएको थियो । शुक्रबार सुन चैत महिनाकै महंगो मूल्यमा खरिदबिक्री भयो । शुक्रबार  सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ प्रति तोलामा कारोबार भएको  छ ।  

चाँदीको मूल्यमा भने ७७.७७ प्रतिशतले बढेको छ । एक वर्ष पहिला बैशाख २ गते ७ सय २० रुपैयाँ रहेको छ । २०७७ चैत २८ गते एक हजार दुई सय ८० रुपैयाँ रहेको छ । एक वर्षको बीचमा पाँच सय ६० रुपैयाँ बढेको छ ।

गत वर्षको पहिलो महिना बैंशाखमा स्थिर देखिएको सुनचाँदीको बजारमा बैखाशको अन्तिम हप्ता ६० हजार रुपैयाँ प्रति तोला पुगको थियो भने चाँदीमा भने पाँच रुपैयाँ घटेको थियो । गत वर्षको दोस्रो महिना जेठबाट सुनको मूल्यमा वृद्धि हुने थालेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । गत वर्षको जेठ महिनाको अवधिभरी ६१ हजार रुपैयाँसम्म  सुनको मूल्य पुगेको थियो त्यस्तै चाँदीको मूल्यभने १० रुपैयाँले घटेको थियो । 

गत वर्षको असारबाट सुनचाँदीको मूल्यमा धेरै वृद्धि भएको थियो । असार अन्तिमसुम्म पुग्दा सुनको मूल्यमा ५ हजारले र चाँदीको मूल्यमा २५ रुपैयाँले बढेको स्ुनचाँदी महासंघको तथ्यांकमा देखिन्छ । 
त्यस्तै यो आर्थिक वर्षको शुरु साउनमा सुनको मूल्यमा खासै वृद्धि देखिएको छैन । साउनमा सुनको मूल्यमा पाँच सयले बढेको देखिएको छ भने चाँदीको मूल्यमा भने ३० रुपैयाँ प्रति तोला बढेको छ । 

सोहि वर्षको भदौसम्म आइपुग्दा सुनका मूल्य ७१ हजार ३ सय रुपैयाँ पुगिसेको थियो भने चाँदीको मूल्य ८३० रुपैयाँ प्रति तोला रहेको थियो । गत असोजमा सुनको मूल्यमा स्थिर देखियो भने चाँदी भने प्रति तोला ३० रुपैयाँले बढ्यो । गत कात्तिकमा अमेरिका र चीनबीचको बार्ता हुने हल्लाले डलरमा देखिएको मजबुृदीका कारण सुनचाँदीको मूल्य स्थिर देखियो । त्यस्तै, गत वर्षको मंसिरमा पुन सुनको मूल्यमा अर्को उछाल आएको देखिन्छ । गत वर्षको मंसिर महिनामा सुनको मूल्य ७६ हजार प्रति तालोसम्म पुगेको थियो । 

गत वर्षको फागुनमा गएर सुनको मूल्यमा ८२ हजार ७ सय रुपैयाँ प्रति तोलासम्म पुगेको थियो  । गत वर्षको चैत महिनामा धेरै समयसम्म सुनचाँदी बजार कोभिड १९ कारण बन्द भएकाले नेपाली बजारमा सुनचाँदीको मूल्य नै सार्वजनिक भएन तर, चैतको अन्तिम हप्ता सार्वजनिक भएको मूल्य अनुसार ७७ हजार पाँच सय रुपैयाँ प्रति तोला रहेको थियो भने चाँदीको मूल्य भने ७ सयसम्म आएको थियो । सुनको मूल्य गत वर्षको साउन भदौमा भने एक लाखभन्दा माथि पुगेको थियो ।  सुन व्यापारीहरूको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले तत्कालिन १० किलोको कोटालाई बढाएर २० किलो पुर्याएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here