आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

लिलेन्द्र प्रधान नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विजयी

लिलेन्द्र प्रधान नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विजयी

आर्थिक, समाचार
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा पुनः लिलेन्द्रप्रसाद प्रधान विजयी हुनु भएको छ । काठमाडौंमा सम्पन्न एशोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान पुनः अध्यक्षमा निर्वाचित हुनु भएको हो । नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिनु भएको थियो। प्रधान ३०२ मतसहित विजयी हुँदा श्रेष्ठले ४३ मत मात्रै पाउनुभयो । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार गुरुङ, प्रथम उपाध्यक्षमा ई. विनोद कुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिल कुमार बिड्ला निर्वाचित हुनु भएको छ । यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी हुनु भएको छ । ...
लक्ष्यराइज सहकारीको आयोजनामा रक्तदान

लक्ष्यराइज सहकारीको आयोजनामा रक्तदान

आर्थिक, समाचार
६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंकाे गोंगबुमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीसँगै किवानिज क्लब अफ काठमाडौं भ्याली र लायन्स क्लब अफ काठमाडौं मनास्लुकाे संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा १३७ जनाले रक्तदान गरे । किवानिज इन्टरनेसनलका नेपाल डिस्ट्रिक्ट गभर्नर मोहन लम्साल लगायत डिस्ट्रिक्ट पदाधिकारीहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सहकारीका अध्यक्ष सहदेव तिमल्सिनाले बताए । आयोजकहरूको समूहले तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ । तीन महिनाअघि चावहिल गणेशस्थानमा रक्तदान गरिएको थियो । तिमल्सिनाका अनुसार, तीन महिनापछिको रक्तदान कलंकीमा गर्ने तय भएको छ । ...
देशमा देखिएको बेरोजगारी समस्या

देशमा देखिएको बेरोजगारी समस्या

आर्थिक, समाचार
डा.डिआर उपाध्याय, अव सवैले देशका बारेमा सोच्ने बेला आयो । देश बनाउन सवै एकजुट हुनु पर्छ । हामी नेपाली जनता एक जुट नभए सम्म देशको बिकासले गति लिन सक्दैन । देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढदै गएको छ । यसको समाधान नै अहिलेको प्रमुख आबश्यकता हो । बेरोजगारी समस्याले सवैलाई पिरोलेको छ । बेरोजगारी समस्या गम्भिर चुनौतिको रुपमा खडा भएको छ । यो चुनौतिलाई पार गर्न जरुरी छ । अहिले देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ , यसको छिटो हल गरिनु पर्छ । बेरोजगारी समस्या समाधान गर्नु पर्ने दायित्व सरकारको हो । सरकारलाई सवै नेपाली जनताले सहयोग गर्नु पर्छ । सरकारको एकल प्रयासले मात्र केही हुदैन । सरकारलाई गाली गरेर मात्र हुदैन । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार छन । यो समस्या गम्भिर हो । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन छन । युवा जनशक्तिहरुलाई बि...
बागमती प्रदेश सरकारले वातावरणमैत्री विद्युतीय बस खरिद प्रक्रिया शुरु

बागमती प्रदेश सरकारले वातावरणमैत्री विद्युतीय बस खरिद प्रक्रिया शुरु

आर्थिक, समाचार
बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया शुरु गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको हो । वातावरणमैत्री विद्युतीय बस खरिद प्रक्रिया चालू आर्थिक वर्षमा शुरु गरी आगामी वर्षको पुस–माघमा बस आइसक्ने छ । प्रदेश सरकारको अघिल्ला आर्थिक वर्षमा नै विद्युतीय बस सञ्चालन गर्ने नीति र कार्यक्रममा घोषणा गरिए पनि बोर्ड गठन र खरिद प्रक्रियामा भएको ढिलाइले बस खरिद र सञ्चालनमा ढिलाइ भएको थियो । बोर्डको निर्देशक जगदीशचन्द ढुङ्गानाले ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदका लागि ४५ दिनको म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरिएको बताए ।उनका अनुसार ८.५ मिटर देखि ९.४ मिटर लम्बाइको कोच सिटी मिनी बस १० वटा र १०.५ मिटर लम्बाइको सिटी मिनी बस २० वटा खरिद योजन...
उपभोक्ता र किसानबीचको यही दूरी घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा

उपभोक्ता र किसानबीचको यही दूरी घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा

आर्थिक, समाचार
कालीमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी नौलो होइन । बिचौलियाकै कारण किसानले मूल्य नपाउने र उपभोक्ताले महँगोमा तरकारी किन्नु परिरहेको छ । उपभोक्ता र किसानबीचको यही दूरी÷तह घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा ल्याएको छ ।स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताए । कान्तिपुरमा खबर छ । ...
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाड शुक्रबार  गर्ने

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाड शुक्रबार गर्ने

आर्थिक, समाचार
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाड हुने मिति सार्वजनिक भएको छ। सो कम्पनीको बिक्री प्रबन्धकले आगामी हप्ताको शुक्रबार बाँडफाँड गर्ने जनाएको छ। कम्पनीले निष्कासन गरेको आईपीओको बाँडफाँट आगामी साता अर्थात् चैत २७ गते शुक्रवार हुने छ। कम्पनीले चैत ६ गते देखि १० गतेसम्म सर्वसाधारणको लागि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि र १ लाख ४५ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी रहेको २६ लाख ९७ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो। ...
आज नेप्से ३२.१५ अंकले बढेर दुई हजार पाँच सय ७५ दशमलब ६७ विन्दुमा

आज नेप्से ३२.१५ अंकले बढेर दुई हजार पाँच सय ७५ दशमलब ६७ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) दोहोरो अंकले बढेको छ । हिजो सोमबार नेप्से नेप्से ५.४५ अंकले घटेर दुई हजार पाँच सय ४३ दशमलब ५२ विन्दुमा थामिएको थियो ।  नेप्सेका अनुसार आज नेप्से ३२.१५ अंकले बढेर दुई हजार पाँच सय ७५ दशमलब ६७ विन्दुमा पुगेको छ भने आज ६ अर्ब १८ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।     आज कारोबार भएका एउटा समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि ६ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।  ...
‘स्किल्ल वीक २०२१’को समापन समारोहमा ४ बिधामा नबिल स्किल्ल हिरोको घोषणा

‘स्किल्ल वीक २०२१’को समापन समारोहमा ४ बिधामा नबिल स्किल्ल हिरोको घोषणा

आर्थिक, समाचार
मार्च २९, २०२१ काठमाडौं , स्किल वीक २०२१, दोस्रो संस्करण समापन समारोह सोमबार सोल्टी क्राउन प्लाजामा आयोजित विशेष जमघटको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरुको उपस्थितिमा भब्यताका साथ समापन गरियो । स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम २१ मार्च देखी २९ मार्चसम्म सन्चालन भएको थियो । स्किल लाई बिकास गर्ने लक्ष्यका साथ “सिपले सम्मान सिपको सम्मान”...
नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गरेको विदेशी विनिमयदर

नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गरेको विदेशी विनिमयदर

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले आज (मंगलवार) को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ९३ पैसा रहेको छ । यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६० रुपैयाँ १ पैसा र बिक्रीदर १ सय ६० रुपैया ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । ...
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना बल्ल पुरा भयो

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना बल्ल पुरा भयो

आर्थिक, समाचार
डा.डिआर उपाध्याय, काठमाडौंवासीको घरघरका धारामा मेलम्चीको पानी लामो प्रतिक्षा पछि मेलम्चीको खानेपानी काठमाडौंवासीको धारामा आएको छ । मेलम्चीको पानी धारामा आइसकेपछि काठमाडौंका जनता खुसी हुनु स्वभाविक हो । साँढे दुई दशकको प्रतीक्षापछि बल्ल मेलम्चीको पानी काठमाडौं भित्रिएको छ । काठमाडांैवासीका लागि यो खुसिको कुरा हो । पानी मानिसका लागि नभई नहुने चिज हो । पानी जीवन हो । काठमाडौंमा पानी आइपुगेकाले अब काठमाडौंवासीले खानेपानीको हाहाकार भोग्न नपर्ला । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना देखनु भएको थियो । अहिले हाम्रो सामु भट्टराई हुनुहुन्न तर पनि उहाँले देखेको सपना पुरा भएको छ । यस ऐतिहासिक क्षणमा उहाँलाई स्मरण गर्नुपर्ने हुन्छ । भट्टराईको अधुरो सपनालाई केपी शर्मा ओली नेतृत्वको सरकारले पुरा गरेकोमा हामी सवै काठमाडौवासीले धन्यवाद दिनुपर्छ । प्र...