बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आर्थिक

कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो

कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो छ । बिश्वमानचित्रमा नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । तर अझै हामी कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । नेपाल जलस्रोतको धनी देश हो । कृषियोग्य जमिन पनि पर्याप्त छ । अव केवल कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो छ । वैदेशिक रोजगारमा हिँड्नेको लस्करलाई स्वदेशमै रोकेर रोजगारको अवसर सृजना गर्न सक्ने सम्भावना पनि छ । अव कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन बलियो इच्छाशक्ति, स्पष्ट नीति, प्रभावकारी कार्यान्वयनको खाँचो देखिन्छ । यसतर्फ सरकारको ध्यान पुग्न आवश्यक छ । कृषि पेसालाई हामी सवैले सम्मानको पेसाको रुपमा हेर्नु पर्छ । पछिल्लो समयमा आएर युवाहरु कृषि पेसा तर्फ आर्कर्षित बनेको पनि देखिन्छ । केहि युवाहरु बिदेशवाट स्वदेश फर्किएर कृषि पेसा तर्फ पनि लागेका छन । पछिल्लो समयमा आएर कुखुरा पालन , बाख्रा पालन , गाई पालन , बुंगुर पालनका स...
ज्योति लाईफको आईपीओको  नतिजा चार माध्यबाट हेर्न सकिने

ज्योति लाईफको आईपीओको नतिजा चार माध्यबाट हेर्न सकिने

आर्थिक, समाचार
पछिल्लो समय सार्वजनिक निष्कासनमा आएका शेयरको बाँडफाँटको नतिजा चार माध्यबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ । यस अघि विभिन्न सञ्चार माध्यमलाई पनि उपलब्ध गराउँदै आईएको आईपीओ नतिजा लगानीकर्ताकै आग्रहमा सम्बन्धीत निकायको वेवसाइटमार्फत मात्र हेर्न सकिने व्यवस्था गरिएको हो ।  लगानीकर्ताहरुले आईपीओ बाँडफाँटको नतिजा विभिन्न सञ्चार माध्यमहरुलाई उपलब्ध गराएर गोपनियता भंग भएको गुनासो गरेपछि सिडिएससीले सञ्चार माध्यमहरुलाई उपलब्ध गराउँन छोडेको हो । अब सम्बन्धित कम्पनीको र विक्री प्रबन्धकको वेवसाइट र सिडिएससीको मेरो शेयरसँगै सिडिएससीले निर्माण गरेको नयाँ वेवसाइट आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपी (www.iporesult.cdsc.com.np) बाट आईपीओ बाँडफाँटको नजिता हेर्न सकिने भएको हो ।   ज्योति लाईफ इन्स्योरेन्सको लागि सिडिएससीको नयाँ व्यवस्था अनुसार कम्पनीको वेवसाइट, विक्री प्रबन्धक एनएमबि क...
ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ चैत १३ गते भोली (शुक्रवार) बाँडफाँट हुने

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ चैत १३ गते भोली (शुक्रवार) बाँडफाँट हुने

आर्थिक, समाचार
ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ चैत १३ गते भोली (शुक्रवार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ  बाँडफाँड गर्ने तयारी गरेको हो ।  यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन् । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।   कम्पनीको आईपीओमा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । यी आवेदकहरुबाट ३ करोड ८९ लाख ९६ हजार ५५० कित्ता ...
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा ९ दशमलव १६ गुणा बढी आवेदन

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा ९ दशमलव १६ गुणा बढी आवेदन

आर्थिक, समाचार
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा ९ दशमलव १६ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन चैत १० गते साझ ५ बजेसम्म १६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो । कम्पनीले चैत ६ गतेदेखि आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासन गरेको हो ।  आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी...
आज नेप्से २१.२९ अंकले घटेर दुई हजार पाँच सय ४८ दशमलब ९७ विन्दुमा

आज नेप्से २१.२९ अंकले घटेर दुई हजार पाँच सय ४८ दशमलब ९७ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) दोहोरो अंकले घटेको छ । हिजो बुधबार नेप्से नेप्से ४१.३६ अंकले बढेर दुई हजार पाँच सय ७० दशमलब ३१ विन्दुमा पुगेको थियो ।  नेप्सेका अनुसार आज नेप्से २१.२९ अंकले घटेर दुई हजार पाँच सय ४८ दशमलब ९७ विन्दुमा थामिएको छ भने आज ६ अर्ब ४० करोड ३३ लाख बराबरको कारोबार भएको छ ।   आज कारोबार भएका एउटा समूहमध्ये तीन समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सर्वाधिक शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागीरी हिल्स, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था र वोमी लघुवित्त वित्तिय संस्था रहेका छन् ।    ...
महिला रेस्लर मुना श्रेष्ठलाई बरिष्ठ सौन्दर्यविज्ञ सुष्मा महराको सम्मान

महिला रेस्लर मुना श्रेष्ठलाई बरिष्ठ सौन्दर्यविज्ञ सुष्मा महराको सम्मान

आर्थिक, समाचार
 नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुष्मा महराको फेसियल हाउसले  रेस्लर मुना श्रेष्ठलाई   सम्मान गरेको छ । मंगलबार सिटीसी मलमा एक कार्यक्रमकोबीच फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले साम्मान पत्र सहित सम्मान गर्नुभएको हो । श्रेष्ठले गत फागुननमा काठमाडौंमा आयोजित इन्डिया र नेपालको रेस्लिङ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै विजयी हुनु भएको थियो । भारतिय खेलाडी लाई हराउँदै रेस्लिङमा  उक्त बेल्ट हात पार्नु भएको थियो । सम्मान कार्यक्रममा सौन्दर्यविज्ञ महराले रेस्लिङले महिलाको आत्म विश्वास बढाउने जानाकारी दिनुभयो ।   आफू  सौन्दर्यसँगै समाज सेवामा लाग्दै गर्दा गुण्डाशैलीमा आफूमाथि भएको सांघातिक हमलाको सम्झना गर्दै आफूपनि कराँते वा अन्य खेलमा संलग्न भएको भए प्रतिकार गर्न सक्ने क्षमता , विश्वास रहन्थो भन्दै कार्यक्रममा भन्नु भयो । तिनै गुण्ड...
आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा

आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको  थियो ।  नेप्सेका अनुसार आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा थामिएको छ भने आज ५ अर्ब ३५ करोड १३ लाख  बराबरको कारोबार भएको छ । आज बजार घटेपनि दुई कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । आज अप्पर तामाकोशी र चन्द्रागिरी हिल्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो ।  ...
(नेप्से)मा साताको पहिलो दिन आज  उत्साहप्रद बृद्धि

(नेप्से)मा साताको पहिलो दिन आज उत्साहप्रद बृद्धि

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) उत्साहप्रद बृद्धि देखिएकोे छ । नेप्सेका अनुसार आज नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको छ ।  आज करिब ६ अर्ब बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये १० कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । ...
आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

आर्थिक, समाचार
मार्च २०  मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि  मनाउन लागिएको डेन्टल एशोसियसनले जानकारी दिएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ राख्न जरूरी रहेको चिकित्सकहरू बताउँछन् । वर्ल्ड फेडरेशनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १ सय ३० वटा डेन्टल एशोसियसनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस अवसरमा नेपालमा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिँदै आएको छ । ...
एकीकृत नमुना बस्ती चिरिच्याट्ट,संरचना कच्चा !

एकीकृत नमुना बस्ती चिरिच्याट्ट,संरचना कच्चा !

आर्थिक, समाचार
धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्। ‘ढोका पनि प्लास्टिकको छ, झ्याल पनि प्लास्टिकको छ’, वडाध्यक्ष राज गुरुङले भने, ‘बाहिर बोक्रो, भित्र खोक्रो भनेजस्तो छ। सानोतिनो ठक्करले पनि कतिपय घरका झ्यालढोका फुटिरहेका छन्। घर असुरक्षित भयो।’ काठका झ्यालढोका बनाउन वडा र गाउँपालिका कार्यालयले जति अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो वडाध्यक्ष गुरुङले गरे। भूकम्पका कारण विस्थापित भएका लाप्राकवासीलाई पुनःस्थापित गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो बस्ती निर्माण गरेको हो। बस्तीमा ५ सय ७३ वटा घर निर्माण सम्पन्न गरेको छ। भूकम्प गएकै दिन वैशाख १२ गते स्थानीयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ। सक्नेले एनआरएनएले बनाएको झ्यालढोका फाले...