बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

ज्योति लाईफको आईपीओको नतिजा चार माध्यबाट हेर्न सकिने

पछिल्लो समय सार्वजनिक निष्कासनमा आएका शेयरको बाँडफाँटको नतिजा चार माध्यबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ । यस अघि विभिन्न सञ्चार माध्यमलाई पनि उपलब्ध गराउँदै आईएको आईपीओ नतिजा लगानीकर्ताकै आग्रहमा सम्बन्धीत निकायको वेवसाइटमार्फत मात्र हेर्न सकिने व्यवस्था गरिएको हो । 

लगानीकर्ताहरुले आईपीओ बाँडफाँटको नतिजा विभिन्न सञ्चार माध्यमहरुलाई उपलब्ध गराएर गोपनियता भंग भएको गुनासो गरेपछि सिडिएससीले सञ्चार माध्यमहरुलाई उपलब्ध गराउँन छोडेको हो । अब सम्बन्धित कम्पनीको र विक्री प्रबन्धकको वेवसाइट र सिडिएससीको मेरो शेयरसँगै सिडिएससीले निर्माण गरेको नयाँ वेवसाइट आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपी (www.iporesult.cdsc.com.np) बाट आईपीओ बाँडफाँटको नजिता हेर्न सकिने भएको हो ।  

ज्योति लाईफ इन्स्योरेन्सको लागि सिडिएससीको नयाँ व्यवस्था अनुसार कम्पनीको वेवसाइट, विक्री प्रबन्धक एनएमबि क्यापिटलको वेवसाइट र मेरो शेयर सफ्टवेयर सँगै आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपी बाट नतिजा हेर्न सकिने भएको हो । बाँडफाँटको नजिता अपलोडका लागि केहि समय लाग्ने भएकाले लगानीकर्ताहरुलाई धैर्य भएर प्रतिक्षा गर्न समेत सिडिएससीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *