बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राष्ट्रपति विद्यादेवी भण्डारीको कांग्रेसका नेता स्वर्गीय नविन्द्रराज जोशीप्रति श्रद्धाञ्‍जलि व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनप्रति दु:ख व्यक्त गरेकी छिन् ।

उनले सामाजिक सञ्‍जाल ट्‍विटरमार्फत् नेता जोशीप्रति श्रद्धाञ्‍जलि अर्पण गरेकी हुन् ।

उनले जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको उल्लेख गरेकी छिन् ।

इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको असामयिक निधनको खबरले दु:खी भएको छु । उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको छ । स्वर्गीय जोशीप्रति श्रद्धाञ्‍जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ राष्ट्रपति भण्डारीले लेखेकी छिन्।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *