तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न
तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न भएको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित सो कार्यक्रम मिडियाका अध्यक्ष उज्जवल जङ शाहको सभापतित्व र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको बिशिस्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रम समारोह माझ उद्योग र व्यापारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत बिभिन्न उद्योगपति, व्यापारी एवम् व्यवस्थापकहरुलाई सम्मानित गरियो । सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका बोर्ड डाईरेक्टर समेत रहेका अग्रज उद्यमी एवम् व्यवसायी कल्याण गोबिन्द श्रेष्ठलाई लाईफ टाइम एचिभमेण्ट अवार्डबाट विभुसित गरियो भने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल कर्पोरेट माइलस्टोन अवार्ड र नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्रा कर्पोरेट बेस्ट लिडर...








