आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेप्से आज उच्च विन्दुमा,८ अर्ब ६३ करोड ६६ लाख बराबरको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से नेप्से दुई हजार सात सय ३५ दशमलब ४६ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र ३१ गते बुधबार नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।       

नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २०.६१ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ४० विन्दुमा पुगेको छ ।    

त्यस्तै, आज ८ अर्ब ६३ करोड ६६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह बढेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *