आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेपालमा ४९० जना नयाँ संक्रमित थपिए

नेपालमा ४९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४९० जना नयाँ संक्रमित थपिएका हुन् ।   

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ रहेको छ । संक्रमित मध्ये दुई लाख ७४ हजार ६०४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या तीन हजार ६६ रहेको छ ।     
   
पछिल्लो २४ घण्टामा १५७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०६६ पुगेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *