आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अमर वान्तुको ‘कसो गरी भरौंला खै सपनाको झोली’ सार्वजनिक (भिडियो)

गीतकार अमर वान्तुको नयाँ गीत ‘कसो गरी भरौंला खै सपनाको झोली…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, संजिव वराइलीको एरेञ्ज र दीप घतानीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://youtu.be/sOyEp3bfcbw

‘पोखिएछौ विदेशको जंगल सहर गल्ली
कसो गरी भरौंला खै सपनाको झोली !
मलायामा होस् कि कतै रेगिस्तानी पर्देश
अझै पनि उस्तै रैछ परदेशीको सन्देश !
ज्यानै बाजी राख्दा पनि कमी छैन व्यथा
डोरी बाट पुग्ने हो कि बाकसमा कथा-बाकसमा कथा ।।

कसो गरी भरौंला खै सपनाको झोली’ गीतको भिडियोलाई दीपेन भाटले निर्देशन गर्नुभएको छ ।

गीतको भिडियोमा प्रज्जवल गौतम, निरुता खडका, मनोज ओली, रोजा तिमिलसिना र समभावी तिमिलसिनाको अभिनय रहेको छ ।

अन्नत तिमिलसिनाको क्रिएटिभ निर्देशन रहेको भिडियोमा राजकुमार केसीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको भिडियोमा अत्यन्तै मर्मस्पर्शीरुपमा वैदेशिक रोजागरीको पीडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *