बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेप्से आज (आइतबार) भारी अंकले गिरावट,८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (आइतबार) भारी अंकको गिरावट आएको छ । आज नेप्से ३५.८९ अंकले घटेर दुई हजार छ सय ९९ दशमलब ५१ विन्दुमा थामिएको छ ।   

नेप्सेका अनुसार आज ८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये एक समूह बाहेक अन्य सबै समूह घटेका छन् ।  

त्यस्तै, आज चार कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज सर्वाधिक शेयर बढ्नेमा महिला लघुवित्त वित्तिय संस्था, ज्याति लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड र दिव्याश्वरी हाइड्रोपावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *